0

प्रसूति सेवा केन्द्रका लागि जग्गा दान

 १७ पुस 

 बैतडीको गाँजरी–६ इरानामा प्रसूति सेवा केन्द्र भवन निर्माणको लागि एक व्यक्तिले जग्गा दान गरेका छन् ।

गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीका अनुसार स्थानीय धनवीर सिंह धामीले प्रसूति सेवा केन्द्रको नाममा दुई रोपनी जग्गा दान गर्नुभएको हो ।
यसअघि पुस १५ गते पनि न्वादेउ–४ का हरिलाल बोहराले चार रोपनी दुई आना एक पैसा एक दाम र सोही ठाउँका नागी बोहराले १४ आना एक पैसा जग्गा स्वास्थ्य चौकीलाई दान गर्नुभएको थियो ।

Post a Comment

 
Top