चुरे भावरको राष्ट्रिय कार्यकर्ता भेला तय
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालको राष्ट्रिय कार्यकर्ता भेला यही माघ १६ र १७ गते सर्लाहीको हरिवनमा हुने भएको छ ।
पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा मुलुकको समसामयिक राजनीति, साङ्गठनिक सुदृढीकरण जारी आन्दोलनका विषयमा आवश्यक योजना बनाउन भेला गर्न लागिएको जनाइएको छ ।
चुरे क्षेत्रलाई समेटेर सङ्घीय प्रदेशको सीमाङ्कन बनाउन सरकारसँग भएका सम्झौता कार्यान्वयनका लागि भेलाले रणनीति निर्माण गर्ने न्यौपानेले जनाउनुभयो ।
Post a Comment