नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। यो हत्याकान्डका बिर्सनै नसकिने र हालसम्म अनुत्तरित १० विषयको संगालो पुराना ब्लगहरुबाट यहाँ राख्दैछु।
१) निरीह गिरिजा र नखुलेको ग्रायन्ड डिजाइन शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन। संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ। हेर्नुस् उक्त शोक सन्देशको पूर्ण विवरण। पछि उनले पटक पटक ग्रान्ड डिजाइन खोल्दिन्छु भन्दै भाषण गरे। तर नखोलेरै बिते।
राजा, रानीसहित राजपरिवारका त्यत्रा सदस्यहरुको हत्या भयो, शवयात्रा भयो तर राज्यका हर्ताकर्ता भएका ज्ञानेन्द्र भने चुप थिए। त्यत्रो घटना हुँदा पनि एक शब्द बोलेका थिएनन् उनी। बरु शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन। संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ। हेर्नुस् उक्त शोक सन्देशको पूर्ण विवरणः
दिदी बहिनी तथा दाजुभाइहरू, राष्ट्रिय एकताका प्रतीक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहको अत्यन्त दुःखद एवं अप्रत्यासित निधनले हामी सम्पूर्ण नेपाली जनता स्तब्ध र शोकमग्न भएका छौँ। नेपालको ऐतिहासिक राजसंस्थाको गरिमा र मर्यादालाई झन्-झन् उज्ज्वल पार्दै जनताको सुख-दुःखमा निरन्तर समर्पित देशको प्रगति र एकताका निम्ति चिन्तनशील एवं संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रको पुनःस्थापना र विकासका निम्ति अविस्मरणीय योगदान पुर्याउने आफ्ना प्यारा राजारानीको अप्रत्यासित निधनको यो अत्यन्त दुःखद र पीडादायक राष्ट्रिय दुर्घटनाले नेपाली जनतालाई लामो समयसम्म मर्माहत गराइराख्नेछ।
मौसुफहरूको अप्रत्यासित निधनको यो घटनासँगै श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह, श्री ५ शाहज्यादी जयन्ती शाह र कुमार खड्गविक्रम शाहसमेतको सामूहिक एवं अप्रत्यासित निधनले हामी सबै नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ।
यो हृदयविदारक एवं राष्ट्रिय शोकको बेला देशभित्र र बाहिर बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूलाई शान्त र सयमित रहन तथा धैर्यका साथ यस राष्ट्रिय विपत्तिलाई सहनसक्ने साहस बटुल्न अपील गर्दछु। नेपाली जनताको एकता र सयमको प्रदर्शन नै राष्ट्रिय शोकको यस घडीमा दिवंगत आफ्ना प्यारा राजारानीप्रति भावपूर्ण श्रद्धाञ्जलि हुनेछ।
समस्त नेपाली जनता र श्री ५ को सरकारका तर्फबाट म स्वर्गीय श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानी एवं राजपरिवारका अन्य सदस्यहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मौसुफहरूको दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ आ-आफ्ना धार्मिक विधि विधान र विश्वासअनुसार पूजाप्रार्थना गर्न समस्त नेपाली जनतालाई आग्रह गर्दछु।
साथै यस घटनामा घाइते होइबक्सेका वर्तमान श्री ५ दीपेन्द्र वीर विक्रम शाहदेवलगायत श्री ५ अधिराजकुमारी कोमलराज्य लक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी देवी शाही, कुमार गोरखशमशेर राणा, धीरेन्द्र शाह र केतकी चेप्टरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हिजो भएको अत्यन्त दुःखद घटनाका बीच आफ्ना प्यारा राजारानीलगायत राजपरिवारका अन्य सदस्यहरूसमेतको अप्रत्यासित एवं दुःखद निधनको यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वाससहित यसप्रति श्री ५ को सरकार गम्भीर र संवेदनशील रहेको तथ्य पनि सबै नेपाली दिदीबहिनी र दाजुभाइमा अवगत गराउन चाहन्छु। जय नेपाल !
२) गोली चलेको सुन्दा एडिसीहरु के गरिरहेका थिए ? युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ? हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ? (राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरुबाट। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्।
राजदरबार हत्याकाण्डको अनुत्तरित प्रश्न
- जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको खबर भारतलगायतका विदेशी संचारमाध्यमले पहिले कसरी प्राप्त गरे ? नेपाली जनतालाई १७ घण्टासम्म कुनै सूचनासम्म नदिने गिरिजा सरकारको गृहमन्त्री पौडेलले तत्कालीन युवराज दीपेन्द्रले नै सबैलाई गोली हानी हत्या गरेका हुन् भनेर कसरी र केका आधारमा विदेशी संचारमाध्यमहरूसँग भन्न सके ? घटना घटेको बेला उनी कहाँ थिए ?
- युवराज दीपेन्द्रले आफ्नो विवाहको बारेमा विवाद भएपछि बढी रक्सी सेवनको अवस्थामा गोली हानी राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारलाई हत्या गरेको भनी प्रचार गरिएको सम्बन्धमा के प्रश्न स्वाभाविकरुपमा उठ्छ भने प्रेमिकालाई विवाह गर्न नपाएको हो भने आफूले आत्महत्या गर्न सक्ला वा त्यस कार्यमा सबभन्दा बढी अवरोध ल्याउने कसैलाई गोली प्रहार गर्न सक्ला, तर महाराजाधिराजको रोलक्रममा रहेको आफूसमेत आफ्नो तर्फका सबै परिवारको हत्या कसरी गर्न सक्दछ ? के मनोविज्ञान विशेषज्ञहरूले यसलाई संभव बताउलान् ?
- रक्सीको सेवनले होश गुमाएको एउटा व्यक्तिले कसरी छानी छानी आफ्नै परिवारको व्यक्तिलाई निशाना बनाउँछ ? प्रत्यक्षदर्शी भनी श्री ५ वीरेन्द्र सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्ने डा. राजीव शाहीले एकातिर युवराज दीपेन्द्र रक्सी सेवनको कारणले उभिन सक्ने अवस्थामा पनि थिएनन् भनेका छन् भने साथसाथै दीपेन्द्रले पछयाइ पछर्याई र लघारीलघारी आफ्नो आमा र भाइलाई गोली हाने भनेका छन्। यी दुवै कुरा एकैसाथ कसरी सत्य हुन सक्छन् ?
- एकातिर रक्सीको सेवनको कारणले होश गुमाएर मिनेटभरमै आफ्नो सम्पूर्ण परिवारलाई दीपेन्द्रले हत्या गरे भनेर प्रचार गरिएको छ, अर्कोतिर दीपेन्द्रले पलभरमै होशमा आएर ग्लानिस्वरुप आफूलाई पनि गोली हानेर आत्महत्या गरे भनिंदैछ। एक मिनेटअघि रक्सीले मातिएर आफ्नो पिता, मातालाई समेत हत्या गर्ने दीपेन्द्रको पलभरमै होश कसरी खुल्छ ? के यो कुरा अन्तरविरोधी छैन ?
- डा. राजीव शाहीले त्यस दिनको राजदरबारको पारिवारिक जमघटमा दीपेन्द्रको विवाहको कुनै कुरा नभएको बताएका छन्। त्यसो भए झन् दीपेन्द्रले विनाकारण किन उत्तेजित भएर गोली ठोके ?
- उक्त हत्याकाण्डमा राजा वीरेन्द्र र त्यसपछिको उत्तराधिकारी दीपेन्द्रसहित उनको परिवारको सबै सदस्यहरूको हत्या हुन्छ, तर त्यस अवस्थामा त्यसपछि राजगद्दी पाउनसक्ने व्यक्तिको सम्पूर्ण परिवार भने कसरी पूरै जीवित रहन्छ ? यो कसरी सम्भव भयो ? के यो संयोग मात्र हो भनेर पत्याउन सकिन्छ ?
- अत्यधिक रक्सी सेवनको कारणले युवराज दीपेन्द्रले आफ्नो मातापितासहित सबैको हत्या गरेको बताउने डा. राजीव शाहीले पारसको अनुरोधमा दीपेन्द्रले पारस शाहलाई भने केही पनि नगरेको बताउँछन्। के यो आफैंमा हास्यास्पद र अविश्वसनीय कुरा होइन ?
- डा. राजीव शाहीले अधिराजकुमारी श्रुतिले आफ्ना पति गोरखशमशेरलाई गोली लागेकोले सम्हाल्न जाँदा दीपेन्द्रले हानेको गोली लाग्न गएको भनेका छन् र उनले यो पनि भनेका छन् कि राजा वीरेन्द्रलाई गोली लागेर ढलेपछि उनी आफैंले राजा वीरेन्द्रको घाँटीबाट आएको रगत थाम्ने प्रयत्न गरेका थिए। उनले दीपेन्द्रले राजा वीरेन्द्रलाई एक पटक गोली हानेर बाहिर गई फर्केर आएपछि पुनः गोली हानेको बताएका छन्। त्यसरी गोली हान्दा डा. शाहीलाई चाहिं कसरी एउटै गोली पनि लागेन ?
- युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ?
- राजदरबारभित्र राजाको सुरक्षाको निम्ति भनी राखिएको हजारौंको संख्याको शाही सेना यो सब घटना घट्दा के हेरेर बसिरहेको थियो ?
- राजदरबारभित्रका भान्से र सेवा सुश्रुसामा रहेका अन्य व्यक्तिहरूको भूमिका के रह्यो ? उनीहरू घाइते भएका छन् कि छैनन् ? उनीहरू कुन अवस्थामा र कहाँ छन् ?
- राजपरिवारको उक्त काण्डमा गोली लागेकाहरूको स्वास्थोपचारमा मुख्य ध्यान नदिएर किन औपचारिकता र सुरक्षामा बढ्ता जोड दिइयो। राजदरबारबाट सबभन्दा नजिक रहेको र वीरेन्द्र सैनिक अस्पतालभन्दा पनि योग्य चिकित्सक एवं साधनस्रोत सम्पन्न शिक्षण अस्पताल महाराजगन्जमा किन घाइतेहरूलाई लगिएन – चिकित्सकलाई बाहिरबाट उपस्थित गर्ने क्रममा र साधनको अभावमा उपचारको प्रक्रिया ढिलो हुन जाने कुरालाई किन ध्यान दिइएन ?
- त्यत्रा विशिष्ट व्यक्तिहरूको उपचारको लागि विदेशबाट विशिष्ट चिकित्सकहरूलाई बोलाउने कार्य किन गरिएन ?
- मेडिकल रिपोर्टका अनुसार युवराज दीपेन्द्रको शव परीक्षणमा रक्सीको कुनै अंश पनि नरहेको बताइन्छ, वास्तविकता के हो ?
- युवराज दीपेन्द्रलाई देव्रे कन्चटमा र पछाडि गोली लागेको बताइन्छ। देव्रे कन्चटमा मात्रै गोली लागेको हो भने पनि त्यसले दीपेन्द्रले आफैंलाई गोली हानी आत्महत्या गरेको देखाउ“दैन, किनकि दीपेन्द्रको दाया“ हात चल्छ र दाया“ हात चल्ने व्यक्तिले आत्महत्याको लागि बाया“ हात चलाउने कुरा पत्याउन कसरी सकिन्छ ? त्यसैले दीपेन्द्रलाई गोली कहा“ लागेको थियो ?
- उक्त हत्याकाण्डमा मृत्यु हुनेहरूको शवको किन पोस्टमार्टम गरिएन ? यत्रो हत्याकाण्ड भएपछि त्यसको इमान्दारीपर्ूवक अनुसन्धान गर्ने हो भने पोस्टमार्टम अनिवार्य थिएन ? शिक्षण अस्पतालबाट त्यस विषयका विज्ञहरूलाई आउन सूचना गरेर पनि पछि किन आवश्यक छैन भनियो ? पोस्टमार्टम नगरी अन्तिम संस्कार गर्ने आदेश दिने व्यक्ति को हो ? किन त्यस्तो आदेश दिइयो ?
- राजदरबारभित्र रहेका उच्च सैनिक अधिकृतहरूसहित कतिपय सैनिकहरू र कतिपय कर्मचारीहरू हराइरहेको चर्चा भइरहेकै बेला राजधानीको सडक सामान्य रहेको बेलामा तेस्रो पटकको राति ९ बजेदेखि ३ बजेसम्मको कफ्र्यूको आदेशको उद्देश्य र अर्थ के हो ? पशुपति क्षेत्र वरपर कसैलाई जान नदिनुसँग यसको के सम्बन्ध हुनसक्छ ?
- उपचारमा खटिएका चिकित्सकहरूबाट प्राप्त जानकारीका आधारमा पत्रपत्रिकामा प्रकाशित भई जनमानसमा चर्चा भएअनुसार उक्त हत्याकाण्डमा घायल र मृत्यु हुनेहरूलाई चार प्रकारको गोली लागेको बताइन्छ। युवराज दीपेन्द्रले नै गोली चलाएको मान्ने हो भने पनि उनले दुवै हातमा दर्ुइथरि हतियार लिई गोली चलाउ“दा दर्ुइ प्रकारको गोली मात्र प्रयोग हुनसक्छ, त्यसो भए अरु गोलीहरू कहा“बाट आएका थिए ? के यसले एकभन्दा बढी व्यक्तिहरूबाट गोली प्रहार भएको देखाउ“दैन ?
- राजदरबारका प्रत्यक्षदर्शीर् भनिएका व्यक्तिहरू प्रारम्भमा किन चुप बसे र छानविन समिति बनेपछि हत्यारा दीपेन्द्र नै हो भनी एकपछि अर्को बयान जारी गरियो ? यसलाई हत्यारा दीपेन्द्र नै हो भनेर स्थापित गर्ने र आयोगलाई प्रभावित पार्ने षड्यन्त्र होइन भनेर कसरी भन्ने ?
- डा. राजीव शाहीले छानविन समिति बनिसकेपछि सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्न कसरी सके ? यो सेना प्रमुख वा त्यसभन्दा माथिल्लो स्तरको आदेशबिना सम्भव हुनै सक्दैन। त्यसैले डा. राजीव शाहीको पत्रकार सम्मेलन प्रायोजित थियो र अहिले सैनिक प्रधान कार्यालयले आफ्नो अनुमतिबिना डा. शाहीले पत्रकार सम्मेलन गरेकाले ?डा. शाही सेनाका डाक्टर हुन्) उनीस“ग स्पष्टिकरण माग गरिएको भनी गरिएको प्रचार पनि प्रायोजित हो भनेर किन नभन्ने ?
- यदि यो षड्यन्त्रयुक्त घटना होइन भने राजदरबारको उक्त जमघटमा भएको प्रत्यक्षदर्शीहरूले त्यस घटनाको वास्तविकताको जानकारी प्रम, सरकार र सम्बन्धित व्यक्तिहरूलाई समयमै दिएको हुनर्ुपर्दछ। त्यसका अतिरिक्त उपचारका लागि लगिएका घाइतेहरूले नै शुरुमा चिकित्सकहरूलाई हत्यारा को हो भनी जानकारी दिइसकेको र त्यस्तो जानकारी पाउनेमध्ये राजसभाका सदस्य डा. मृगेन्द्रराज पाण्डेसमेतको चर्चा छ। घाइतेहरूले जानकारी दिएका हत्यारा को हुन् ? के उनीहरूले पनि दीपेन्द्रलाई नै हत्यारा भनेका थिए ? यदि त्यसो हो भने राजसभाले दीपेन्द्रलाई कसरी राजा घोषित गर्यो त ?
- वर्तमान राजा ज्ञानेन्द्र घटना घटेको बेला पोखरामा रहेकोले प्रम गिरिजा नै घटनास्थलमा पुग्ने पहिलो सबैभन्दा अधिकारसम्पन्न व्यक्ति थिए। दरबारमा त्यत्रो हत्याकाण्ड भएपछि प्रमले किन तत्काल घटना घटेको भवन र कक्षहरूलाई शिलबन्दी गर्ने र घटना घटेको निश्चित क्षेत्रलाई विशेष सुरक्षा व्यवस्थाअर्न्तर्गत निगरानीमा राख्ने व्यवस्था गरेनन् ?
- प्रधान न्यायाधीशको अध्यक्षतामा गठन भएको छानविन समितिले किन आफ्नो अनुसन्धानको प्रक्रियामा किन विदेशी विशेषज्ञहरूको सहयाता लिन आवश्यक ठानिएको छैन ? कमसेकम उपचारमा खटिएका नेपाली चिकित्सकहरूले तयार पारेको मेडिकल रिपोर्टको जा“च गर्ने र त्यस आधारमा निस्कने निष्कर्षाई पुष्टि गर्न चिकित्सा क्षेत्रका विदेशी विज्ञहरूको अनिवार्य आवश्यकता देखिन्छ। आयोगले किन त्यसतर्फध्यान दिइरहेको छैन ?
- हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ? कुनै पनि षड्यन्त्र नभएको भन्ने घोषणाले नै षड्यन्त्रको आभाष दिंदैन ? अनि यो हत्याकाण्डमा राजदरबारभित्रको राजनीतिक द्वन्दमा सापेक्षतामा उदार पक्ष लिने राजा वीरेन्द्र र उनको उत्तराधिकारीको मृत्यु हुनु र अनुदार पक्षका भनिने व्यक्तिहरू बा“च्नुलाई के संयोग मात्र मान्न सकिन्छ ? के यसले यो हत्याकाण्ड विदेशी प्रतिक्रियावादी शक्तिहरू तथा देशभित्रका चरम अनुदार तत्वहरूबाट भएको राजनैतिक षड्यन्त्र हुनसक्ने कुरातर्फसंकेत गर्दैन ?
राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरु। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्। विदेशी संचारमाध्यमले पहिले कसरी प्राप्त गरे ? नेपाली जनतालाई १७ घण्टासम्म कुनै सूचनासम्म नदिने गिरिजा सरकारको गृहमन्त्री पौडेलले तत्कालीन युवराज दीपेन्द्रले नै सबैलाई गोली हानी हत्या गरेका हुन् भनेर कसरी र केका आधारमा विदेशी संचारमाध्यमहरूसँग भन्न सके ? घटना घटेको बेला उनी कहाँ थिए ?
- युवराज दीपेन्द्रले आफ्नो विवाहको बारेमा विवाद भएपछि बढी रक्सी सेवनको अवस्थामा गोली हानी राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारलाई हत्या गरेको भनी प्रचार गरिएको सम्बन्धमा के प्रश्न स्वाभाविकरुपमा उठ्छ भने प्रेमिकालाई विवाह गर्न नपाएको हो भने आफूले आत्महत्या गर्न सक्ला वा त्यस कार्यमा सबभन्दा बढी अवरोध ल्याउने कसैलाई गोली प्रहार गर्न सक्ला, तर महाराजाधिराजको रोलक्रममा रहेको आफूसमेत आफ्नो तर्फका सबै परिवारको हत्या कसरी गर्न सक्दछ ? के मनोविज्ञान विशेषज्ञहरूले यसलाई संभव बताउलान् ?
- रक्सीको सेवनले होश गुमाएको एउटा व्यक्तिले कसरी छानी छानी आफ्नै परिवारको व्यक्तिलाई निशाना बनाउँछ ? प्रत्यक्षदर्शी भनी श्री ५ वीरेन्द्र सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्ने डा. राजीव शाहीले एकातिर युवराज दीपेन्द्र रक्सी सेवनको कारणले उभिन सक्ने अवस्थामा पनि थिएनन् भनेका छन् भने साथसाथै दीपेन्द्रले पछयाइ पछर्याई र लघारीलघारी आफ्नो आमा र भाइलाई गोली हाने भनेका छन्। यी दुवै कुरा एकैसाथ कसरी सत्य हुन सक्छन् ?
- एकातिर रक्सीको सेवनको कारणले होश गुमाएर मिनेटभरमै आफ्नो सम्पूर्ण परिवारलाई दीपेन्द्रले हत्या गरे भनेर प्रचार गरिएको छ, अर्कोतिर दीपेन्द्रले पलभरमै होशमा आएर ग्लानिस्वरुप आफूलाई पनि गोली हानेर आत्महत्या गरे भनिंदैछ। एक मिनेटअघि रक्सीले मातिएर आफ्नो पिता, मातालाई समेत हत्या गर्ने दीपेन्द्रको पलभरमै होश कसरी खुल्छ ? के यो कुरा अन्तरविरोधी छैन ?
- डा. राजीव शाहीले त्यस दिनको राजदरबारको पारिवारिक जमघटमा दीपेन्द्रको विवाहको कुनै कुरा नभएको बताएका छन्। त्यसो भए झन् दीपेन्द्रले विनाकारण किन उत्तेजित भएर गोली ठोके ?
- उक्त हत्याकाण्डमा राजा वीरेन्द्र र त्यसपछिको उत्तराधिकारी दीपेन्द्रसहित उनको परिवारको सबै सदस्यहरूको हत्या हुन्छ, तर त्यस अवस्थामा त्यसपछि राजगद्दी पाउनसक्ने व्यक्तिको सम्पूर्ण परिवार भने कसरी पूरै जीवित रहन्छ ? यो कसरी सम्भव भयो ? के यो संयोग मात्र हो भनेर पत्याउन सकिन्छ ?
- अत्यधिक रक्सी सेवनको कारणले युवराज दीपेन्द्रले आफ्नो मातापितासहित सबैको हत्या गरेको बताउने डा. राजीव शाहीले पारसको अनुरोधमा दीपेन्द्रले पारस शाहलाई भने केही पनि नगरेको बताउँछन्। के यो आफैंमा हास्यास्पद र अविश्वसनीय कुरा होइन ?
- डा. राजीव शाहीले अधिराजकुमारी श्रुतिले आफ्ना पति गोरखशमशेरलाई गोली लागेकोले सम्हाल्न जाँदा दीपेन्द्रले हानेको गोली लाग्न गएको भनेका छन् र उनले यो पनि भनेका छन् कि राजा वीरेन्द्रलाई गोली लागेर ढलेपछि उनी आफैंले राजा वीरेन्द्रको घाँटीबाट आएको रगत थाम्ने प्रयत्न गरेका थिए। उनले दीपेन्द्रले राजा वीरेन्द्रलाई एक पटक गोली हानेर बाहिर गई फर्केर आएपछि पुनः गोली हानेको बताएका छन्। त्यसरी गोली हान्दा डा. शाहीलाई चाहिं कसरी एउटै गोली पनि लागेन ?
- युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ?
- राजदरबारभित्र राजाको सुरक्षाको निम्ति भनी राखिएको हजारौंको संख्याको शाही सेना यो सब घटना घट्दा के हेरेर बसिरहेको थियो ?
- राजदरबारभित्रका भान्से र सेवा सुश्रुसामा रहेका अन्य व्यक्तिहरूको भूमिका के रह्यो ? उनीहरू घाइते भएका छन् कि छैनन् ? उनीहरू कुन अवस्थामा र कहाँ छन् ?
- राजपरिवारको उक्त काण्डमा गोली लागेकाहरूको स्वास्थोपचारमा मुख्य ध्यान नदिएर किन औपचारिकता र सुरक्षामा बढ्ता जोड दिइयो। राजदरबारबाट सबभन्दा नजिक रहेको र वीरेन्द्र सैनिक अस्पतालभन्दा पनि योग्य चिकित्सक एवं साधनस्रोत सम्पन्न शिक्षण अस्पताल महाराजगन्जमा किन घाइतेहरूलाई लगिएन – चिकित्सकलाई बाहिरबाट उपस्थित गर्ने क्रममा र साधनको अभावमा उपचारको प्रक्रिया ढिलो हुन जाने कुरालाई किन ध्यान दिइएन ?
- त्यत्रा विशिष्ट व्यक्तिहरूको उपचारको लागि विदेशबाट विशिष्ट चिकित्सकहरूलाई बोलाउने कार्य किन गरिएन ?
- मेडिकल रिपोर्टका अनुसार युवराज दीपेन्द्रको शव परीक्षणमा रक्सीको कुनै अंश पनि नरहेको बताइन्छ, वास्तविकता के हो ?
- युवराज दीपेन्द्रलाई देव्रे कन्चटमा र पछाडि गोली लागेको बताइन्छ। देव्रे कन्चटमा मात्रै गोली लागेको हो भने पनि त्यसले दीपेन्द्रले आफैंलाई गोली हानी आत्महत्या गरेको देखाउ“दैन, किनकि दीपेन्द्रको दाया“ हात चल्छ र दाया“ हात चल्ने व्यक्तिले आत्महत्याको लागि बाया“ हात चलाउने कुरा पत्याउन कसरी सकिन्छ ? त्यसैले दीपेन्द्रलाई गोली कहा“ लागेको थियो ?
- उक्त हत्याकाण्डमा मृत्यु हुनेहरूको शवको किन पोस्टमार्टम गरिएन ? यत्रो हत्याकाण्ड भएपछि त्यसको इमान्दारीपर्ूवक अनुसन्धान गर्ने हो भने पोस्टमार्टम अनिवार्य थिएन ? शिक्षण अस्पतालबाट त्यस विषयका विज्ञहरूलाई आउन सूचना गरेर पनि पछि किन आवश्यक छैन भनियो ? पोस्टमार्टम नगरी अन्तिम संस्कार गर्ने आदेश दिने व्यक्ति को हो ? किन त्यस्तो आदेश दिइयो ?
- राजदरबारभित्र रहेका उच्च सैनिक अधिकृतहरूसहित कतिपय सैनिकहरू र कतिपय कर्मचारीहरू हराइरहेको चर्चा भइरहेकै बेला राजधानीको सडक सामान्य रहेको बेलामा तेस्रो पटकको राति ९ बजेदेखि ३ बजेसम्मको कफ्र्यूको आदेशको उद्देश्य र अर्थ के हो ? पशुपति क्षेत्र वरपर कसैलाई जान नदिनुसँग यसको के सम्बन्ध हुनसक्छ ?
- उपचारमा खटिएका चिकित्सकहरूबाट प्राप्त जानकारीका आधारमा पत्रपत्रिकामा प्रकाशित भई जनमानसमा चर्चा भएअनुसार उक्त हत्याकाण्डमा घायल र मृत्यु हुनेहरूलाई चार प्रकारको गोली लागेको बताइन्छ। युवराज दीपेन्द्रले नै गोली चलाएको मान्ने हो भने पनि उनले दुवै हातमा दर्ुइथरि हतियार लिई गोली चलाउ“दा दर्ुइ प्रकारको गोली मात्र प्रयोग हुनसक्छ, त्यसो भए अरु गोलीहरू कहा“बाट आएका थिए ? के यसले एकभन्दा बढी व्यक्तिहरूबाट गोली प्रहार भएको देखाउ“दैन ?
- राजदरबारका प्रत्यक्षदर्शीर् भनिएका व्यक्तिहरू प्रारम्भमा किन चुप बसे र छानविन समिति बनेपछि हत्यारा दीपेन्द्र नै हो भनी एकपछि अर्को बयान जारी गरियो ? यसलाई हत्यारा दीपेन्द्र नै हो भनेर स्थापित गर्ने र आयोगलाई प्रभावित पार्ने षड्यन्त्र होइन भनेर कसरी भन्ने ?
- डा. राजीव शाहीले छानविन समिति बनिसकेपछि सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्न कसरी सके ? यो सेना प्रमुख वा त्यसभन्दा माथिल्लो स्तरको आदेशबिना सम्भव हुनै सक्दैन। त्यसैले डा. राजीव शाहीको पत्रकार सम्मेलन प्रायोजित थियो र अहिले सैनिक प्रधान कार्यालयले आफ्नो अनुमतिबिना डा. शाहीले पत्रकार सम्मेलन गरेकाले ?डा. शाही सेनाका डाक्टर हुन्) उनीस“ग स्पष्टिकरण माग गरिएको भनी गरिएको प्रचार पनि प्रायोजित हो भनेर किन नभन्ने ?
- यदि यो षड्यन्त्रयुक्त घटना होइन भने राजदरबारको उक्त जमघटमा भएको प्रत्यक्षदर्शीहरूले त्यस घटनाको वास्तविकताको जानकारी प्रम, सरकार र सम्बन्धित व्यक्तिहरूलाई समयमै दिएको हुनर्ुपर्दछ। त्यसका अतिरिक्त उपचारका लागि लगिएका घाइतेहरूले नै शुरुमा चिकित्सकहरूलाई हत्यारा को हो भनी जानकारी दिइसकेको र त्यस्तो जानकारी पाउनेमध्ये राजसभाका सदस्य डा. मृगेन्द्रराज पाण्डेसमेतको चर्चा छ। घाइतेहरूले जानकारी दिएका हत्यारा को हुन् ? के उनीहरूले पनि दीपेन्द्रलाई नै हत्यारा भनेका थिए ? यदि त्यसो हो भने राजसभाले दीपेन्द्रलाई कसरी राजा घोषित गर्यो त ?
- वर्तमान राजा ज्ञानेन्द्र घटना घटेको बेला पोखरामा रहेकोले प्रम गिरिजा नै घटनास्थलमा पुग्ने पहिलो सबैभन्दा अधिकारसम्पन्न व्यक्ति थिए। दरबारमा त्यत्रो हत्याकाण्ड भएपछि प्रमले किन तत्काल घटना घटेको भवन र कक्षहरूलाई शिलबन्दी गर्ने र घटना घटेको निश्चित क्षेत्रलाई विशेष सुरक्षा व्यवस्थाअर्न्तर्गत निगरानीमा राख्ने व्यवस्था गरेनन् ?
- प्रधान न्यायाधीशको अध्यक्षतामा गठन भएको छानविन समितिले किन आफ्नो अनुसन्धानको प्रक्रियामा किन विदेशी विशेषज्ञहरूको सहयाता लिन आवश्यक ठानिएको छैन ? कमसेकम उपचारमा खटिएका नेपाली चिकित्सकहरूले तयार पारेको मेडिकल रिपोर्टको जा“च गर्ने र त्यस आधारमा निस्कने निष्कर्षाई पुष्टि गर्न चिकित्सा क्षेत्रका विदेशी विज्ञहरूको अनिवार्य आवश्यकता देखिन्छ। आयोगले किन त्यसतर्फध्यान दिइरहेको छैन ?
- हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ? कुनै पनि षड्यन्त्र नभएको भन्ने घोषणाले नै षड्यन्त्रको आभाष दिंदैन ? अनि यो हत्याकाण्डमा राजदरबारभित्रको राजनीतिक द्वन्दमा सापेक्षतामा उदार पक्ष लिने राजा वीरेन्द्र र उनको उत्तराधिकारीको मृत्यु हुनु र अनुदार पक्षका भनिने व्यक्तिहरू बा“च्नुलाई के संयोग मात्र मान्न सकिन्छ ? के यसले यो हत्याकाण्ड विदेशी प्रतिक्रियावादी शक्तिहरू तथा देशभित्रका चरम अनुदार तत्वहरूबाट भएको राजनैतिक षड्यन्त्र हुनसक्ने कुरातर्फसंकेत गर्दैन ?
राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरु। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्।
३) डा. पाण्डेसित अरुण सायमिको प्रश्न मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ?
राजदरबार हत्याकाण्डको पोस्टमार्टम
By move10, on June 8th, 2007
-डा. अरुण सायमी-
बुद्धको जन्मभूमि शान्तिप्रिय देश नेपाल जेठ १९ गते राजदरबारभित्र भएको विभत्स रक्तपातले आज विश्व मानचित्रमा रातो रगतले रंगिएको छ। नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने एउटा शान्तिप्रिय राजाको रगतले आज सारा नेपाल रक्ताम्य भएको छ। अत्यन्तै लोकप्रिय तत्कालीन युवराजाधिराज (पछि महाराजाधिराज) श्री ५ दीपेन्द्रबाट यो हत्या भएको आरोप लागिराखेको भए पनि अधिकांश नेपाली जनताको हृदयले यसलाई स्वीकार्न सकेको छैन। गएको एक सातादेखि सारा नेपालीको मन र मस्तिष्कमा यही कुरा खेलिराखेको छ।
एउटा डाक्टरको रूपमा मेरो मन र मस्तिष्कमा पनि यही दुःखद् घटना दिनरात उठिराखेको छ। विशेष गरी यो घटनाका ‘मेडिकल’ पक्षहरूमा मेरो ध्यान केन्द्रित भएको छ।
कुनै पनि दुर्घटनामा प्राथमिकता र मुख्य लक्ष्य दुर्घटनामा परेकाहरूको नजिकैको र सबभन्दा सुविधा भएको अस्पतालमा लगेर उपचार गर्ने हुन्छ। जेठ १९ गतेको राजदरबारमा भएको दुर्घटनापछि सबैलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगियो। वीरेन्द्र सैनिक अस्पतालभन्दा नारायणहिटी राजदरबार नजिकैको शिक्षण अस्पताल र वीर अस्पताल बढी सुविधायुक्त भए पनि सबैलाई सैनिक अस्पतालमा लगियो। यस्तो दुर्घटना हुँदा एक-एक मिनेटको पनि महत्त्व हुन्छ। सम्बन्धित चिकित्सकहरूका अनुसार वीरेन्द्र सैनिक अस्पतालमा ‘अपरेसन थिएटर’ र उपकरणहरूको कमी थियो। धेरै सामानहरू शिक्षण अस्पतालबाट मगाउनुपरेको थियो। राजपरिवारका सदस्यहरूको ‘ट्रली’ मा राखेर अस्पतालको खुला लवीसम्म अपरेसन गर्नुपरेको थियो।
यसरी यस घटनामा बिरामीहरूको स्वास्थ्यभन्दा सुरक्षा र गोपनीयतालाई नै बढी महत्त्व दिएको देखियो। शिक्षण अस्पतालको अपरेसन थिएटर र डाक्टरहरूलाई तम्तयार राखेर पनि त्यहाँ बिरामीहरू लगिएनन्, किन ?
मेरो मनमा उठिराखेको दोस्रो कुरा वीरेन्द्र सैनिक अस्पतालमा श्री ५ दीपेन्द्रलाई पुर्याउँदा उहाँको स्वास्थ्यस्थिति कस्तो थियो ? यस घटनाका प्रत्यक्षदर्शी डा. राजीव शाहीले आफ्नो अन्तरवार्तामा भन्नुभएको छ- श्री ५ दीपेन्द्रको अवस्था ‘क्लिनिकल्ली डेड’ थियो। वीरेन्द्र सैनिक अस्पतालमा गएका दुई चिकित्सकहरूले पनि श्री ५ दीपेन्द्र त्यहाँ ल्याउँदा ‘पुपिल्स फिक्स्ड एन्ड डायलेटेड’ थियो भनेका छन्। जसको मतलब ‘ब्रेन डेथ’ थियो भन्ने हुन्छ। कृत्रिम श्वासप्रणालीमा राखेरमात्र मुटु चलिराखेको थियो भनिन्छ। यतिबेला मलाई तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई जीवनको अन्तिम क्षणमा शिक्षण अस्पताल ल्याउँदाको उहाँको स्थितिको सम्झना भइरहेको छ। उहाँको पनि ‘पुपिल्स फिक्स्ड एन्ड डायलेटेड’ थियो। कृत्रिम श्वासप्रणालीमा राखिएको थियो तर मुटु चलिराखेको थियो र ब्लडप्रेसर पनि थियो। उहाँको परिवारको इच्छाअनुसार मुटु चलेसम्म मैले उपचार चलाइराखें। त्यतिबेला मैले धेरै आलोचनाहरू सुन्नुपर्यो। मरिसकेको मनमोहनलाई डाक्टर अरूण सायमीले चुनावसम्म बचाउन कोसिस गर्यो भनेर मलाई आरोप लगाइयो। उपचार टोलीमा संलग्न डा. उपेन्द्र देवकोटालेसम्म मनमोहन ‘क्लिनिकल्ली डेड’ भनेर अन्तरवार्ता दिनुभयो। अहिले म सम्बन्धित चिकित्सकहरूसँग प्रश्न गर्न चाहन्छु- त्यतिबेला मनमोहन अधिकारीको र अहिलेको श्री ५ दीपेन्द्रको ‘न्युरोलोजिकल स्टाटस’ मा के फरक थियो – के श्री ५ दीपेन्द्रको ‘ब्रेन डेथ’ भएको छ कि छैन भनेर निश्चय गर्न ‘क्यालोरी टेस्ट र एपनिया टेस्ट’ गरिएको थियो ?
मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ?
हेर्दाखेरि सामान्य कुरा भए पनि यस घटनाले इतिहासको कालखण्डमा हामीलाई धिक्कार्नेछ। अनन्त कालसम्म सारा नेपालीले एउटा प्रश्न गरिरहनेछन् श्री ५ दीपेन्द्रले राजपरिवारको हत्या गरेको भए किन हत्यारालाई नेपाल अधिराज्यको राजा बनाइयो ?
एउटा डाक्टरको नाताले मेरो मनमा खेलिराखेको चौथो कुरा ‘पोस्टमार्टम’ सम्बन्धी हो। सुन्नमा आएको छ, घटनामा परी देहावसान हुने कसैको पनि ‘पोस्टमार्टम’ गरिएन। शिक्षण अस्पतालमा ‘फोरेन्सिक एक्र्सपर्ट’ हरूलाई बोलाएर पनि त्यसै फर्काइयो। बेलायतमा राजकुमारी डायनाको कार दुर्घटनामा देहान्त हुँदा ‘पोस्टमार्टम’ गरियो। सञ्चारमाध्यमलाई सबै कुरा तुरुन्त बताइयो। तर, नेपालमा मात्र किन सबै कुरा गोप्य राख्न खोजियो। हत्यारा को हो भनेर सत्य र तथ्य जान्नका लागि श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट उच्चस्तरीय समिति गठन गरिबक्सेको छ। तर ‘पोस्टमार्टम’ नै नभएकाले सबै अनुसन्धान अधुरो हुनेछ। देशमा अनेक हल्लाहरू फैलिराखेका छन्- श्री ५ दीपेन्द्रको शरीरको पछाडि पनि गोली लागेको थियो रे – उहाँलाई अरू कसैले गोली हानेको छ रे – ‘पोस्टमार्टम’ भएको भए सबै नेपाली जनताले यसको सही र चित्तबुझ्दो जवाफ पाउने थिए होला।
सबै पार्थिव शरीरको शवपरीक्षा (‘पोस्टमार्टम’) किन भएन ? ‘पोस्टमार्टम’ कसको आदेशबाट किन भएन, त्यसको उत्तर जनसमक्ष आउनुपर्दछ।
अन्त्यमा नेपाली जनताले श्री ५ वीरेन्द्र र श्री ५ ऐर्श्वर्यलाई जत्तिकै श्री ५ दीपेन्द्रलाई पनि माया र आदर गर्छन्। आफूले यति माया र आदर गरेको श्री ५ दीपेन्द्रले आफ्नै मातापिता, भाइबहिनीको हत्या गर्लान् भनेर पत्याउन नेपाली जनताको हृदयले कहिल्यै सक्ने देखिँदैन। यद्यपि असम्भव भन्ने कुरा मूर्खको शब्दकोषमा मात्र हुन्छ भनिन्छ। सत्य र तथ्य जे भए पनि नेपाली जनतालाई श्री ५ दीपेन्द्रले नै यो हत्या गरेको हो भन्ने विश्वास गर्न कठिन हुनेछ।
४) प्रतिवेदनमा शंका घटनाको छानबिन गर्न तत्कालीन प्रधान न्यायाधीश र सभामुखको दुई सदस्यीय उच्चस्तरीय समिति बनाइयो। प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो।
तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपूर्व दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन। रानाभाटले दीपेन्द्रले चलाएको भनिएको हतियार देखाउँदै त्यसलाई आफ्नै हातमा लिएर पत्रकारहरुतर्फ सोझ्याउँदै भनेका थिए- हान्दिम् ?
माथिका अंश असार ३, २०५८ मा देशान्तरमा छापिएको समाचारबाट सारिएको हो। पूरा पढ्न यहाँ क्लिक गर्नुस्। यसमा राजदरबार हत्याकाण्डको प्रतिवेदनका सम्बन्धमा गहकिला प्रश्नहरु उठाइएका छन्।
५) चक्र बाँस्तोलाको षड्यन्त्र सिद्धान्त बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका हुन्। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा भनेका छन् – राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।
त्यसको पछाडि को होला?
राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्।
६) त्यो घटनामा कुनै षड्यन्त्र थिएनः डा. उपेन्द्र देवकोटा १९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो।
‘नारायणहिटी हत्याकाण्ड’ इतिहासको गर्तमा
By move10, on June 8th, 2007
[असार ३, २०५८ मा देशान्तरमा छापिएको यो समाचारमा पनि राजदरबार हत्याकाण्डको प्रतिवेदनका सम्बन्धमा गहकिला प्रश्नहरु उठाइएका छन्]
काठमाडौं। नेपाल अधिराज्यभित्र सबैलाई न्याय दिने गहन जिम्मेवारी बोक्नुभएका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा बनेको दुइ सदस्यीय आयोगले समेत २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको ‘शाही संहार’ को कारण उजागर गर्न सकेन। यसैले ‘नारायणहिटी पर्व’को रहस्य अब इतिहासको जिम्मा लागेको छ। वर्तमान यसको जरो पहिल्याउन तर्सेको प्रतीत हुन्छ।
सुरुमा निर्धारित समयले नपुगेर समितिकै सिफारिशमा चार दिन थपिएपछि यसले यो हत्याकाण्ड पछाडिका एक-एक षड्यन्त्र पर्दाफास गर्छ कि भन्ने आशा पनि नरहेको होइन। किनभने यो समितिलाई उसले आवश्यक देखेका सबै मानिसहरूसूग सोधपुछ गर्नसक्ने कार्याधिकार दिइएको थियो। आ“ट गरेको भए यसले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट समेत आवश्यक जानकारी लिन सक्दथ्यो।
जसरी यसपर्ूव विवाहलाई नै विवाद, तनाव र उत्तेजनाको माध्यमको रुपमा परिभाषित गर्दै आइएको थियो, भावी युवराज र आफ्नो भतिजा भएकाले त्यसप्रति मौसुफको कस्तो धारणा थियो – युवराजाधिराजबाट कहिल्यै सहयोगकोअपेक्षा व्यक्त भयो-भएन – मौसुफ सरकारबाट आफ्ना दाज्यू महाराजाधिराज र भतिजा युवराजलाई कस्तो सुझाव टक्र्याइबक्सेको थियो – राजपरिवारभित्र विगत महिना, दर्ुइ महिनायता ठूला विवादका विषय के भएजस्तो लाग्छ – भन्ने कुरामा महाराजाधिराजबाट जानकारी समेत लिन सक्दथ्यो समितिले। तर यो समितिले महाराजाधिराजसूग त्यो सहयोग लिने आ“ट त गरेन नै, बा“की जानकारी लिइएकाहरूसूग पनि घटनास्थलमा तत्काल भएको घटना विवरण र औषधोपचारमा मात्र आफूलाई केन्द्रित गर्यो। यसैले न्यायिक क्षेत्रसूग सम्बद्ध धेरै मानिसहरूले यो समितिको प्रतिवेदनलाई ‘र्सार्वजनिक मुचुल्का’को सांकेतिक नाम दिएका छन्।
अधिवक्ता सुशील पन्त भन्नुहुन्छ- ‘यति धेरै मानिससूग सोधखोज गरिसकेपछि प्रधानन्यायाधीशजस्तो यो मुलुकको गरिमामयी र सबैले विश्वास गरेको व्यक्तिको संयोजकत्वमा बनेको आयोगले आफ्नो निष्कर्षदिन सक्नर्ुपर्दथ्यो। अपराध अनुसन्धानमा पोख्त कानुन व्यवसायीहरूलाई समावेश गर्न नसकेको हुनाले उहा“हरूले नै कतिपय प्रश्नको जवाफ पाउनुभएन होला। त्यसैले आफ्नो दृष्टिकोण बन्न सकेन कि †’
त्यसो त यो समितिले घटनास्थलका प्रत्यक्षदर्शी र घाइतेहरूको उपचारमा संलग्न व्यक्तिहरुको बयानका आधारमा मात्र आफ्नो छानविन केन्द्रित गर्यो। केही कानुनविद्हरूको तर्क के छ भने दर्ुघटनाका पछाडिको कारण खोज्नेहरूले सिधै दर्ुघटनाबाट हात हाल्दैनन्। यसका लागि अपराध हुन र गर्न सकिने विभिन्न सिद्धान्तहरूमा काम थालिन्छ र हरेकलाई प्राप्त प्रमाणका आधारमा पुष्टि गर्ने प्रयत्न गरिन्छ। जुनमा प्रमाणको अभाव हुन्छ, त्यो फेल हुन्छ, अर्को स्थापित हुँदै जान्छ र जरोमा पुग्दछ। प्रत्यक्षदर्शीको बयान मात्र अपराध प्रमाणित हुँदैन र त्यसको जरो खोतल्न सकिँदैन। एक उच्च सरकारी अधिवक्ता भन्छन्, ‘ज्यान मारेको देख्ने कैयौँ हुन्छन् तर सबै मुद्दा प्रमाणित हुँदैन।’ त्यसैले कानुनमा प्रत्यक्षदर्शीको आफ्नै महत्व त हुन्छ तर त्यतिमात्र पर्याप्त हुँदैन। तर उच्चस्तरीय समितिले त्यसैलाई आधार बनाएको छ।
प्रमाणसग त्रास उच्चस्तरीय समितिको प्रतिवेदन र समितिका सदस्यहरूको व्यवहारले अझै पनि एक, दर्ुइ कुरामा प्रश्न गर्ने ठाउँ राखिदिएको छ। प्रतिवेदन भन्छ, आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो। तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो – भनिन्छ, मान्छे अचेतावस्थामा पुग्दा ऊ त्यसपर्ँव तत्काल सचेत हुँदा उसका हातमा जे थिए, सूगै रहन्छन्। आफैँले गोली हानेर अचेत भएको भए युवराजको हातमै पेस्तोल हुनुपर्ने थियो। त्यस्तै हाल छ कम्व्याट ड्रेसको। वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त सबुद-प्रमाणको सूचीमा एकजोर कम्व्याटको पनि उल्लेख छ। तर त्यो काटिएको छ वा छैन स्पष्ट खुल्दैन। अचेतावस्थामा अस्पताल भर्ना भएर शल्यक्रियासमेत भएको र ३ दिन लाइफ सपोर्टको माध्यमले जीवित राखिएको व्यक्तिको शरीरबाट नकाटिकन सो ड्रेस खोल्न सकिँदैन। किनभने उपचार गर्दा विरामीलाई सकभर कम पीडा होस् भन्नेमा डाक्टरहरुले ध्यान पुर्याएका हुन्छन्। त्यहाँबाट प्राप्त सूचीमा एउटा अण्डरवेयर काटिएको कुरा खुल्छ, तर कम्व्याटको कुरा खुल्दैन।
त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन र्सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले पर््रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपर्ूव दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन।
समय अस्वाभाविक छ
समितिले प्रतिवेदनमा उल्लेख गरेको समयलाई पनि अस्वाभाविक मानिएको छ। तत्कालीन युवराज दीपेन्द्रको ८ः३९ मा देवयानीसूग सर्म्पर्क भएको छ र ९ः१५ बजे शाही परिवारका तीनजना सदस्यहरू श्री ५ वीरेन्द्र, श्री ५ ऐर्श्वर्य र अधिराजकुमार नीराजन एकैसाथ मृत घोषित गरिएका छन्। ८ः३९ र ९ः१५ का बीचमा जम्मा ३६ मिनेट हुन्छ। प्रतिवदेनमा उल्लेख भए बमोजिम यो समयावधिमा युवराज दीपेन्द्रको देवयानीसूग टेलिफोन वार्ता भयो ३२ सेकेण्ड। त्यसपछि देवयानीले गजेन्द्रसिंह बोहरा र राजु कार्कीलाई फोन गरिन्। त्यसपछि गजेन्द्रले द्वारेआमा जमुना अधिकारी, अर्दली रामकृष्ण के.सी.लाई युवराजको सयनकक्षमा पठाएका छन्। कपडा खोल्न नसकेकोले उनीहरूले सघाएका छन्। केही समय त्यहा“ लाग्छ। त्यसपछि युवराज वाथरुममा वाकवाकी गर्न गएका छन्, केही समय त्यहा“ लाग्छ। फर्केपछि पनि उनी दुवैजनालाई सुत्न जान आग्रह गर्दछन्। त्यसको केहीपछि नै आर्मी कम्ब्याट लगाएर चारथरि हतियार लोड गरी जुत्ता लगाएर बाहिर निस्किए भनिन्छ। यसले थुप्रै समय खान्छ, अझ त्यस्तो व्यक्ति जो केही समय पहिले आफ्नो शरीरको कपडा खोल्न पनि नसकेर मडारिरहेको थियो, उसलाई कति समय लाग्यो होला – त्यसपछि ऊ फटाफट गएर गोली नै चलाएको छैन, तीनचोटी भित्र-बाहिर गर्दै चलाएको छ र अन्तिममा आफ्नो कोठाको भर्याङछेउ पुगेर आमाको हत्या गरी बगैँचामा फर्केर भाइको हत्या गरी आफू आत्महत्या गरेको छ। त्यो सबै सकिएपछि दरबारबाट झण्डै २०-२५ मिनेटको ड्राइभिङ दूरीमा रहेको अस्पताल पुर्याइएको छ। अस्पताल पुग्दाको अवस्थाका बारेमा राजाको ड्युटीमा रहेका क्याप्टेन पवन खत्री नै भन्दछन्- ‘हस्पिटलमा आ“खा हेरिबक्सेको थियो। पल्स चेक गरे ठीक थियो, अलिअलि ब्लिडिङ भइरहेको थियो, मैले कराएँ- सरकार ज्यूँदै होइसिन्छ, छिटो गरिस्योस् भनेर। हस्पिटल पुग्दा ड्युटीमा कोही थिएन- होहल्ला गरेपछि ड्युटीमा डाक्टरहरू आए।’ अर्थात् अस्पताल पुगेर तत्काल उपचार भएनछ। जीवित रहेको मान्छेलाई मृत घोषित गर्न केही समय त लाग्यो होला नि † तीनजना एकसाथ कसरी मृत घोषित हुन सके – यसलाई ‘क्रिमिनल रियाक्टमेन्ट’ अर्थात् त्यस्तै डमी दृश्यमञ्चन गरेर मात्रै पुष्टि गर्न सकिन्छ। यथार्थमा यो प्रतिवेदन प्रत्यक्षदर्शीको भनाइ मात्र हो- यसमा अकाट्य र विश्वसनीय प्रमाणको अभाव छ। वर्तमानले यसको रहस्य पत्ता लगाउन सकेन। यसको जिम्मा भविष्यको गर्भमा छोडिएको छ।
प्राविधिक परीक्षणमा दीपेन्द्र निर्दोष † प्रत्यक्षदर्शीहरूले भनेजस्तो एक्लो श्री ५ दीपेन्द्रको हातबाट राजदरबार हत्याकाण्ड भएको हो भन्ने कुरालाई घटनास्थलमा प्राप्त वस्तुको प्राविधिक जा“च र घाइतेहरूको रगत लगायतका अन्य परीक्षणहरूले पुष्टि गर्न सकेनन्। त्यसैले घटना झनै रहस्यमय बन्न पुगेको छ। छानविन समितिले हालै र्सार्वजनिक गरेको प्रतिवेदनमा कतिपय बुँदाहरूले प्रत्यक्षदर्शीहरूको भनाइलाई उल्टै खण्डन गरिदिएको छ। साथै प्रतिवेदनका धेरै कुराहरू परस्पर बाझिएका पनि छन्।
प्रत्यक्षदर्शीहरूले श्री ५ दीपेन्द्रले अल्कोहल, गा“जा र कालो पदार्थ सेवन गरेको बताए तापनि छानविन समितिले श्री ५ दीपेन्द्रको ब्रेनको अप्रेसन गर्दा अल्कोहल इत्यादि भेटिएन भने सहायक रथि डा. खगेन्द्रबहादुर श्रेष्ठलाई गरेको प्रश्नको जवाफमा भनिएको छ- ‘मैले डाक्टरहरूलाई सोद्धाखेरि अल्कोहलको पार्ट चाहिँ छैन। यसबारे थप जानकारी समितिले मागेको देखिँदैन भने यसलाई अझ भरपर्दो पार्न रक्त परीक्षण रिपोर्ट पनि समावेश गरेको छैन। श्री ५ दीपेन्द्रको अप्रेसनमा संलग्न डा. उपेन्द्र देवकोटा, डा. सुशीलकृष्ण शिल्पकार र डा. अच्युत शर्मा र एकजना एनेस्थेसियन डाक्टरसूग डा. खगेन्द्रबहादुर श्रेष्ठले रक्त परीक्षणबारे सोधपुछ गर्दा त्यस्तो केही छैन भनेका छन्। तर रिपोर्ट भने कसैले लेखेका छैनन्। प्रतिवदेनमा भनिएको छ। अन्य कुनै पनि स्वास्थ्य परीक्षण गरेको कुरा प्रतिवेदनमा उल्लेख छैन।
उच्चस्तरीय छानविन समिति घटनास्थलमा सबुत प्रमाणहरूको स्वतन्त्र छानविन गर्न पनि हिच्किचाएको देखिएको जस्तो देखिन्छ।
नेपालको वैज्ञानिक र विज्ञहरू उपस्थित राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान -रोनाष्ट)को प्रयोगशालालाई घटनास्थलको सबुत प्रमाण परीक्षण गराउन उपयुक्त ठानिएन। घटनास्थलको निरीक्षण गर्न पनि रोनाष्टका विज्ञहरू बोलाइएनन्। बरु सुरक्षित ठानियो- नेपाल प्रहरी अर्न्तर्गतको विधि विज्ञान प्रयोगशालालाई सहयोग पनि त्यही कार्यरत कर्मचारीहरूबाटै लिइयो। प्रहरी सेवा अर्न्तर्गत भएको हुनाले यसमा शंका गर्न सकिने ठाउँ दिइएको छ। दुवैतिर परीक्षण गराएको भए, सो समितिको छानविन अझ बढी विश्वसनीय हुने थियो। रोनाष्टको प्रयोगशालाको अनुसन्धान प्रमुख डा. सेवकराम भण्डारी भन्नुहुन्छ, “ठूला घटना हुँदा परीक्षण र घटनास्थल निरीक्षणको जिम्मा हामीकहा“ आउँथ्यो। यसपटक यति ठूलो घटनाको जिम्मा नआएको देखेर हामी चकित परेका छौँ।”
भण्डारीका अनुसार घटनास्थलका हातहतियार, रगत, कपडा र रौँको परीक्षण गरेर दोषीहरू पत्ता लगाउन सकिन्छ। घटनास्थलको सुकेको रगत परीक्षण गर्दा पनि कसको रगत र त्यसमा अल्कोहल र अन्य लागूपदार्थको सेवन गरे नगरेको सजिलै छुट्याउन सकिन्छ। तर समितिको प्रतिवेदनमा समावेश प्रहरीद्वारा गरिएको परीक्षण रिपोर्टले यी सबै पक्ष केलाएको देखिँदैन। प्रहरीको रिपोर्टले पञ्जा प्रयोग भएका कारण घटनास्थलका हतियारमा फिंगर प्रिन्टस नरहेको जनाएको छ। जसको कारण क-कसले हतियार चलाए भन्ने कुनै भरपर्दो आधार छैन।
अझै अस्पष्ट घटनाका धेरै पाटाहरू अझै स्पष्ट खुलेको छैन। कसलाई कति गोली लागेका थिए भन्नेबारे उपचारमा संलग्न डाक्टरहरूको बयानमा एकमत देखिँदैन। कसैले दर्ुइवटा त कसैले चारवटा भनेका छन्। श्री ५ वीरेन्द्रको शरीरमा सबै चिकित्सकहरूले विभिन्न कोणबाट गोली लागेको संकेत गरेका छन्। वीरेन्द्र सैनिक अस्पतालले घटनाबाट मृत्यु हुनेको घाउ र चोटको स्थिति र मृत्युको कारणमा श्री ५ वीरेन्द्रको बाया“ कानबाट रगत बगेको, दाया“ कानबाट गोली लागी बाया“ कान अगाडि कन्चटबाट हड्डीहरू टुक्राटुक्रा भई छाला समेत च्यातिएको तथा रगत र गिदी बाहिर निक्लिएको जनाएको छ। साथै घा“टी, काखी र दाया“ कुहिनुमा गोली लागेको उल्लेख गरेको छ। श्री ५ ऐर्श्वर्यको टाउको, अनुहार क्षतविक्षत भएको करीब ८० प्रतिशत गिदी बाहिर निक्लिएको, टाउको पछाडिका हड्डी टुक्रा भई झुण्डिएका, आ“खा वरपरको हड्डी फुटेको, निधारमा प्वाल परेको, चिउँडोको हड्डी र दा“तहरू झरेका, छातीको माथिल्लो भागमा ६ वटा गोली लागेको, नीराजनको टाउकोको पछाडिबाट दर्ुइवटा गोली लागेको, दाया“ कानबाट रगत बगेको, दाया“ पाखुराबाट गोली लागेको, पेटमा ७ वटा गोली गडेका, बाया“ त्रि्रामा घाउ भएको, श्री ५ अधिराजकुमारी श्रुतिको देब्रेपट्टकिो नितम्बमा प्वाल परेको, घाउबाट रगत बगिरहेको, कम्मर नजिक गोली लागेको। श्री ५ शान्ति राज्यलक्ष्मी देवी सिंहको टाउको क्षतविक्षत भई पछाडिबाट गिदी निक्लिएको, धेरै ठाउँमा गोली लागेको, श्री ५ अधिराजकुमारी शारदाको घा“टी, कोवाटापरी गोलीहरू लागेर गलामा प्वाल परेको, चिउँडोको वाया“पट्टकिो हड्डी टुक्रा भएको। श्री ५ जयन्तीको बाया“ कन्चटबाट गिदी र हड्डीहरू टुक्राटुक्रा भई निस्किएको, पाखुराको हड्डी मासु क्षतविक्षत भएको, कुमार खड्गविक्रम दाया काखीबाट गोली लागेको, श्री ५ दीपेन्द्रको वाया“ कन्चटबाट गोली प्रवेश गरी दाया“ निस्केर गएको कुरा दर्शाएको छ।
हस्पिटलको मेडिकल रिपोर्टले घाउचोटको स्थिति मृत्युको कारण यसरी छुट्याए तापनि पोष्टमार्टम नगरेका कारण कुन अंग ड्यामेज भएर मृत्यु भयो, घाउचोटको स्थिति के थियो – जस्ता वास्तविकता अझै अस्ष्ट हुन पुगेका छन्।
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्रीद्वय इन्दिरा गान्धी र राजीव गान्धीको हत्या गरिँदा पनि इन्स्िटच्युट अफ अलइण्डिया मेडिकल फोरेन्सिक मेडिसिन विभागका प्रोफेसरहरूले पोष्टमार्टम गरेका थिए। त्यस्तै श्रीलंकाका राष्ट्रपति रणसिंघे प्रेमादासाको हत्या गरिँदा पनि अफिस अफ मेडिकल जुडिसियल अफिसरबाट पोष्टमार्टम भएको थियो। चिकित्सकहरू भन्छन्, यहा“ पनि हुनै आ“टेको थियो, खै, कसले के स्वार्थका लागि दिएन। मृत घोषित गरिसकेपछि चिरफार गर्न नहुने तर्कसूग चिकित्सकहरू सहमत छैनन्। उनीहरूको तर्क छ, मृत घोषित भइसकेपछि श्री ५ ऐर्श्वर्यको मुहारको प्लाष्टिक र्सजरी डा. के.डी. जोशीले गर्दा फरक पर्ने तर पोष्टमार्टम चाहिँ गर्न नहुने कसरी सान्दर्भिक हुनसक्छ – बडागुरुज्यू केशरीराज पाण्डेले समेत धार्मिक निष्ठाका कारणले पोष्टमार्टम गर्नुहुन्न भनी आफूले नबताएको जानकारी दिइसक्नुभएको छ।
पोष्टमार्टम विशेषज्ञ डा. हरिहर वस्तीले समितिलाई दिएको जवाफमा पोष्टमार्टम नगर्दा अपराध खुल्न नसक्ने र त्यसले अपराधीलाई लुक्न सहज गराउने जवाफ दिनुभएको छ। उहा“ले भन्नुभएको छ- “कुनै पनि अस्वाभाविक मृत्यु, …, शंकास्पद ज्यान र सबै अवस्थामा लाश जा“च गरेर प्रतिवेदन दिनु पर्ने भन्ने हाम्रो प्रावधान छ। त्यही अनुसार काम भैराखेका छन् र प्रश्नहरु आइरहन्छन् कि प्रष्टसंग सबैले देखेको दर्ुघटना छ त्यसमा लाश जा“च किन गराउने, त्यसै क्षत्विक्षत् भैसकेको छ मृत्युको कारण थाहा छूदैछ, जस्तै, मृत्युको कारण थाहा छूदैछ किन लाश जा“च गराउने भन्ने … पोष्टमार्टमको विश्वव्यापी जुन एउटा प्रयोग भैराखेको छ यो खाली मृत्युको कारणलाई मात्रै होइन यसले विविध धेरै कुरामा मद्दत गरिराखेको हुन्छ। एउटा मृत्युको कारण प्रमुख हो। त्यो देखि बाहेक मृत्युको समय, यसै अनुसन्धानबाट निश्कन्छ कुन समयमा मृत्यु भएको थियो भन्ने कुरो र विभिन्न इन्सिडेन्टहरु, घट्नाहरु हुन सक्छन् त्यो मृत्युमा। एउटा मात्रै घट्ना नभएर घट्नाको शिलशिलेवार हुन सक्छ। एकपछि अर्को के भयो भन्ने कुरो शिलशिलेवार पोष्टमार्टम … निक्लिदैन, निश्कर्षनिकाल्न सकिंदैन र त्यसैले अस्वभाविक घट्ना सबै किसिमको मृत्युमा लाश जा“च गर्नु अनिवार्य हुन्छ र विश्वव्यापी रुपमा गरिन्छन्। जस्तो बम एक्स्प्लोजनमा, … हरुमा … प्रष्ट छ, त्यसमा कुनै शंका छैन तर पनि लाश जा“च गरिन्छ। प्लेन क्र्यासमा जा“च गरिन्छ। आइडेण्टिफिकेशन लगायत व्यक्तिहरुको सनाखत लगायत अब किनभने यसले दर्ुघटनाको कारण पनि कतिपय अवस्थामा यसले निकाल्छ। किनभने यस्तो कतिपय अवस्थामा जस्तो प्लेन क्र्यासमा प्लेन एक्सिडेन्ट हुनुको कारण पोष्टमार्टम गरिसकेपछि सबै … पोष्टमार्टम गरिसके पछि पत्ता लाग्न सक्छ। ” पोष्टमार्टमले घटनाको सिलसिलेवारलाई पनि छुट्याउँछ तर त्यसो गरिएन। एउटै मानिसको शरीरमा गडेका तीन किसिमका खोका चिकित्सकहरूले अप्रेसन गरी बाहिर निकाल्दा पनि घटनाको यथार्थ र वास्तविकता प्रष्ट हुन सकेको छैन।
७) दीपेन्द्रलाई राजा बनाउन खोज्दा राजपरिषद्मा विवाद राजपरिषद् बैठकमा श्री ५ युवराजाधिराजलाई श्री ५ महाराजाधिराज घोषणा गर्नुअघि केही विवाद उत्पन्न भएको थियो। श्री ५ युवराजाधिराज दीपेन्द्रले नै गोली चलाएको भन्ने आधार के हो र यदि गोली चलाएकै हो भने मौसुफलाई कसरी श्री ५ महाराजाधिराज मान्ने भन्ने प्रश्न राजपरिषद्का सदस्यहरूले उठाएका थिए। त्यो दिन गोरखापत्रले छापेको समाचार यस्तो थियो।
भारत र अमेरिकाले मिलेर दरबार हत्याकान्ड गरेको रे
By Salokya, on April 3rd, 2010
बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका हुन्। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा यस्तो बताएका हुन्। उनको यस्तो धारणालाई अहिले भारतीय मिडियाले पनि प्रचार गरिरहेको छ। टाइम्स अफ इन्डिया रअन्य भारतीय मिडियाहरुले यसलाई समाचार बनाएका छन्।
बाँस्तोलाले त्यो लेखमा दरबार हत्याकान्डबारे बताउँदै त्यसबेला गिरिजालाई समेत मार्ने षड्यन्त्र भएको बताएका छन्। जानकारका अनुसार गिरिजा आफैले पनि त्यो कुरा कसैलाई बताएका छन् रे। निकट भविष्यमा निस्कने कोइरालाको आत्मकथामा पनि यो विषयमा खुलासा हुने बताइएको छ। भारत र अमेरिका मिलेर दरबार हत्याकान्ड गरेको भन्ने आरोप अरु बेला पनि नलगाइएका हैनन्। दरबार हत्याकाण्डको छैटौं दिन माओवादी नेता डा. बाबुराम भट्टराईले कान्तिपुरमा लेखेको लेखमा त्यस्तो दाबी गरेका थिए। प्रचण्डले भने राष्ट्रियताको आन्दोलन चर्काउने क्रममा यस्तै यस्तै कुरा गरेका थिए। पूर्व अमेरिकी नौसैनिक अधिकारी वाइने र्याडसनले पनि मन्थली रिभ्यु पत्रिकाको सेप्टेम्बर २००२ को अंकमा दरबार हत्याकान्डमा अमेरिकी गुप्तचर एजेन्सी सीआईएको संलग्नता रहेको दाबी गरेका थिए। कहिले नखुल्ने रहस्यको रुपमा रहेको दरबार हत्याकान्डबारे बाँस्तोलाले पछिल्लो पटक के भनेका छन् त? हेर्न भित्र आउनुस्-
चक्र बाँस्तोलाले यस्तो लेखेका छन्-
राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।
त्यसको पछाडि को होला?
राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्।
नेपालको अन्तर्राष्ट्रिय भु-राजनीति नै यस्तो छ। अमेरिकी र भारतीयले ज्ञानेन्द्रलाई समेत प्रयोग गरे। कुन उद्देश्यका लागि? राजा वीरेन्द्र अलिकति राष्ट्रवादी रहेछन्। कांग्रेसको नेतृत्व पनि राष्ट्रवादी र लोकतान्त्रिक रहेछ भनेर यो पूरै धारलाई मार्न खोजिएको हो। तर, यस सम्बन्धमा गिरिजाबाबुसँग मेरो चर्चा भएन। उहाँले ‘ग्र्यान्ड डिजाइन’ भन्नुभयो। धेरै मानिसले यो गिरिजाबाबुले ‘सत्ता प्राप्तिका लागि प्रयोग गर्नुभएको अस्त्र हो’ भनेर बुझ्छन्। तर, कुरो त्यस्तो होइन। यी प्रमाणित गर्नेभन्दा पनि बुझ्ने कुरा हुन्। कोसँग के कुरा भयो भनेर उहाँले कहिल्यै बताउनुभएन। दोस्रो, नेपालको राजनीति कस्तो छ भने अन्तर्राष्ट्रिय स्वार्थ २४ सै घन्टा खेलिरहेको देखिन्छ। उहाँका गतिविधि पनि त्यसैबाट प्रभावित भएका होलान्।
त्यो घटनामा कुनै षड्यन्त्र थिएनः डा. उपेन्द्र देवकोटा
By move10, on June 2nd, 2007
१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो।
मैले ती तीन दिनमा जे देखेँ -डा. उपेन्द्र देवकोटा-
आर्मीको केटोले मोटर हाँकेको ताल देख्दै मैले युवराजलाई ठूलै अनिष्ट भएछ भन्ने अनुभव गरिसकेको थिएँ। अस्पतालको ढोकैदेखि सैनिक कर्मचारीहरूको भागदौड देखिन्थ्यो। प्रस्ट थियो, मलाई यहाँ ल्याउनेहरू सीधै माथि युवराज भएका ठाउँमा लैजान चाहन्थे, तर बीचैमा अरूले तानेर ‘ट्रमा हल’ तिर लगे। कोही ‘यता डाक्टरसा’ब’ भन्दैथिए त कोही ‘माथि डाक्टरसा’ब’ भन्दैथिए।
त्यतिबेलासम्म मैले युवराजलाई गोलीको चोटपटक लागेको छ भन्ने कुरा मात्र थाहा पाएको थिएँ। मलाई हलतिर डोर्याउँदै सबैभन्दा पहिले देब्रेतिर एक बिरामी भएपट्टी लगियो। बिरामीको अनुहार पूरै फुङ्ग उडेको, कमीज, सुरुवाल र अलिअलि फुलेको कपाल रगतपच्छे भएको र घाँटीमा साईबाबाको लकेट झुण्डिएको थियो। बिरामीलाई एयर ब्यागको मद्दतले सास फेर्न सघाउन खोजिँदैथियो। मैले थाहा पाईन बिरामी को थियो, तर निर्जीव छ भन्ने कुराको भेउ टाढैबाट पाईसकेको थिएँ। मैले आँखा हेरेँ, नाडी छामे र भनेँ, “बितिसके।”
त्यसपछि डाक्टर खगेन्द्र श्रेष्ठले “बर्बादै भयो, कोही बाँकी छैनन्, सबैको संहार भएको छ” भन्दै मलाई हलको पल्लो छेउतिर लैजानुभयो। त्यहाँ सेतो तन्नाले ढाकिएको एउटा शव थियो। उहाँले तन्ना हटाउनुभयो र भन्नुभयो, “श्री ५ बडामहारानी सरकार !” बडामहारानीको टाउकोको माथिल्लो भाग क्षत-विक्षत भएको थियो। मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उहाँले मलाई भुइंमा भएको अर्को स्ट्रेचरतिर डोर्याउनुभयो र तन्ना हटाउँदै भन्नुभयो, “अधिराजकुमार निराजन सरकार ! र, यता अधिराजकुमारी शारदा !” मलाई यत्ति नै काफी भैसकेको थियो।
डाक्टर श्रेष्ठले फेरि अर्को स्ट्रेचर भएतिर लैजानुभयो, जहाँ एकजना बिरामीलाई पुनर्जीवन दिने प्रयास गरिँदैथियो, र भन्नुभयो, “अधिराजकुमारी श्रुति।” जीवित एकजना त देखेँ, तर बिरामीको अवस्था एकदम नाजुक थियो, मुटु मुश्किलले चलिरहेको थियो, नाडी चलेको थिएन, झट्ट हेर्दा कुनै बाहिरी चोटपटक देखिँदैनथ्यो, त्यसैले मैले भन्ठानेँ आन्तरिक रक्तस्राव वा फोक्सोको बाहिरी र भित्री पत्रबीच हावा भरिएर फोक्सोले काम नगरेको अवस्था हुनसक्छ। अधिराजकुमारीको टाउकोमा चोट थिएन र अरू डाक्टरहरूले हेरिराखेका थिए, त्यसैले डाक्टर श्रेष्ठले मलाई हतार-हतार साईबाबाको लकेट लगाएको उही मैले भित्र पस्ने बित्तिकै देखेको बिरामीतिर लैजानुभयो र भन्नुभयो, “श्री ५ महाराजाधिराज सरकार !”
मेरो लागि सबैभन्दा भारी क्षण त्यही थियो। म झसङ्ग भएँ सम्पूर्ण राजपरिवारको अन्त्य ! यतिबेलासम्म पनि मलाई के भएको हो भनेर कसैले भनेको थिएन, तर मैले यो सबै गोलीको चोटपटकले हो भन्ने बुझिसकेको थिएँ। म के अनुमान लगाउन थालेँ भनेँ, यो जसले गरेको भए पनि पूरै राजपरिवारलाई सिध्याउन खोजेको रहेछ। मेरो दिमागमा विभिन्न सम्भावनाका कुरा खेल्न थालेः सेनाले हो ? कि माओवादीले ? तर मैले कसैलाई सोधिनँ, राजाप्रति आफ्नो अन्तिम सम्मान प्रकट गरेँ र बाहिर निस्केँ।
मलाई तीन वर्षअघि काठमाडौँमा अन्तर्राष्ट्रिय न्यूरोर्सर्जिकल सम्मेलन हुँदा राजासँग भेटेको झझल्को आयोः उहाँ अति भद्र होइबक्सन्थ्यो र देशको लागि अत्यन्त चिन्ता गरिबक्सन्थ्यो। श्री ५ को निधन भएको कुरा स्वीकार गर्न निकै कठिन थियो। मेरो लागि मैले आफ्नै मातापितालाई गुमाए जस्तै ठूलो क्षति थियो त्यो।
त्यसपछि म माथिल्लो तलातिर लागेँ। सैनिक स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई अवस्था अनुसार प्राथमिकता दिएर राखेका थिए। अपरेसन गर्दा लगाउने हरियो लुगा फेरेर म अपरेसन थिएटरमा पसेँ। बाटोमा चारजना अरू घाइते बिरामीहरू थिए जसलाई मैले त्यतिबेला चिनिनँ। युवराजको टाउकोको दुवैतर्फ दुईवटा घाउ थिए, जसबाट रगत र गिदीका टुक्राहरू बाहिर निस्केको देखिन्थ्यो। युवराजलाई ‘अन्डरवेयर’ बाहेक सबै कपडा फुकालेर सुताईएको थियो। शरीरमा अरू घाउचोटहरू थिएनन्। छातीमा सास फेर्न सजिलो पार्ने ट्यूब हाल्ने र सलाईन पानी दिने काम भैसकेको थियो र यो सबै बडो कुशलतापूर्वक गरिएको थियो। मनिटरमा रक्तचाप र मुटुको चाल ठीकै देखिन्थ्यो- अधिकतम ११० र न्यूनतम ७० वा ८०। आँखाका नानी फैलिसकेका र अचल थिए, तर हातखुट्टा भने चलेका थिए। यसको अर्थ, मस्तिष्क अझै मरिसकेको थिएन। युवराज सास फेर्न प्रयास गरिबक्सँदै थियो भने स्वास्थ्यकर्मीहरू रबर ब्यागबाट हावा दिएर सास फेर्न सजिलो पारिदिँदै थिए।
त्यतिबेलाको मेरो मूल्याङ्कनमा युवराजको बेहोसीको अवस्था ‘ग्लास्गो कोमा स्कोर’ मा ४ थियो, ३ होईन जुन भनेको एकदमै न्यूनतम हो। तर बचाउने सम्भावना धेरै कम थियो। हामीले यथासम्भव राम्रो उपचारको प्रयास र कुनै चमत्कार नै हुनसक्ने मौका सिर्जना गर्नुपर्ने थियो। युवराजको उपचारमा एकदमै कुशल स्वास्थ्यकर्मीहरू संलग्न थिए। हामीले युवराजलाई कृत्रिम श्वास-प्रश्वास उपकरणमा राख्यौँ र अपरेसनको लागि चार पोका रगत जुटायौँ। हामीसँग सैनिक अस्पतालका न्यूरोर्सजन डाक्टर शर्मा हुनुहुन्थ्यो, वीर अस्पतालका प्लाष्टिक र्सजन डाक्टर जोशीलाई बोलाईयो र सौभाग्यवश, अपरेसन थिएटरका सहयोगीहरू पहिले मसँगै एभरेष्ट नर्सिङ होममा काम गरेका स्वास्थ्यकर्मीहरू थिए। उनीहरू मेरो काम गर्ने तरिकासँग परिचित भएकाले सजिलो भयो। तर अपरेसनमा हात हाल्नुअघि मैले न्यूरोर्सर्जिकल केसका अरू घाईतेहरू पनि छन् कि भनेर हेरेँ।
धीरेन्द्र होसमै हुनुहुन्थ्यो, तर उहाँ बढी स्वाँ-स्वाँ गरिरहनुभएको थियो। अधिराजकुमारी कोमलको छातीमा घाउ थियो, गोलीले धन्न मुटु भेटेको रहेनछ। कुमार गोरख पनि त्यहीँ हुनुहुन्थ्यो। केतकी चेष्टरको कुममा चोट लागेको थियो र उहाँ अलिअलि बोल्न सक्नुहुन्थ्यो। युवराजको देब्रे कानको ठीक पछाडि गोली छिरेको एक सेन्टिमिटर चौडा घाउ थियो। दाहिनेपट्टि कानभन्दा माथि चाहिँ अलि ठूलो गोली निस्केको घाउ थियो। त्यहाँ मैले बिरामीलाई राम्रो उपकरण र दक्ष जनशक्ति भएको वीर अस्पतालको न्यूरोर्सजरी सघन उपचार कक्ष (आईसीयू) मा लैजानु पर्छ कि भन्ने बारे निर्णय लिनुपर्ने भयो। तर स्थानान्तरणले विरामीको बाँच्ने झिनो आशा अझै कम गरिदिन सक्छ भन्ने मलाई लाग्यो। हामीले पछि एमआरआई गर्न बाधा नहोस् भनेर टाउकोमा धातुका टुक्राहरू छन् कि छैनन् थाहा पाउन युवराजको मष्तिष्कको एक्स-रे गर्यौँ। टाउकोमा धातु रहेनछ। भित्र धातु रहेको अवस्थामा एम्आरआई गर्नु ठूलो भूल हुन्थ्यो। हामीले देब्रेपट्टिको घाउ खोलेर ठूलो पार्यौँ, गिदीका मृत तन्तुहरू हटायौँ, घाउ सिलायौँ, बिरामीलाई अर्कोतिर फर्कायौँ र निर्धारित प्रक्रिया अनुसार, अपरेसन गर्दा काटिएको ठाउँमा हुने रक्तस्राव रोक्न काटेको भाग डामेर डढाउँदै जाने, हाडका टुक्राटुक्री हटाउने र पछि हुनसक्ने संक्रमणको उपचारका लागि मष्तिष्कको आवरणलाई अलिकति खुला राख्ने काम गर्यौँ।
त्यसपछि डाक्टर जोशीले छालाको बाहिरी पत्र मिलाईदिनुभयो। बल्ल मैले र्सजनको कोठामा जाने समय पाएँ। त्यहाँ गएर केही साथीहरूसँग कुरा गरेपछि मात्र थाहा भयोः तिनै युवराज, जसको भरखरै मैले अपरेसन गरेँ, बाट यो सबै भएको रहेछ। यो सुनेपछि मलाई एक हिसाबले व्यक्तिगत रूपमा केही राहत महसूस भयो। निश्चय नै, राजपरिवारको लागि यो भयङ्कर विपत्ति थियो, तर कुनै बाहिरी शक्तिको काम भईदिएको भए देशकै लागि झन् अनिष्टकर हुनसक्थ्यो। समय बितेको पत्तै पाएनछु, बाहिर उज्यालो हुन थालिसकेछ। हामीले एम्आरआई गर्यौँ। गोली मष्तिष्कको धेरै भागमा क्षति पुर्याई आन्तरिक रक्तस्राव समेत गराएर पार भएको रहेछ। यो सबै साह्रै नराम्रो लक्षण थियो। उपचारको योजना सुनिश्चित नै थियो- बिरामीलाई आईसीयूमा लैजाने, एन्टिबायोटिक जारी राख्ने, मष्तिष्कमा पर्ने चाप घटाउन कृत्रिम श्वास-प्रश्वास जारी राख्ने, टाउकोलाई ३० ड्रि्री कोणमा उठाईदिने।
यति गरेपछि डाक्टर श्रेष्ठ “हामी अब छुट्टिअौँ र भोलि बिहान दश बजे भेटौँ” भन्दै हुनुहुन्थ्यो, त्यत्तिकैमा अधिराजकुमार ज्ञानेन्द्र कुनै पनि बखत आईपुग्न सक्ने खबर आयो र पर्खेर बस्यौँ। अबको परिस्थिति सम्हाल्न कमसे कम राजपरिवारका एक जना त जीवितै छन् भन्ने खबरले सैनिक अस्पतालमा केही राहत अनुभव गराएको महसूस हुन्थ्यो। अधिराजकुमारको आगमन भयो। उहाँ सबै मृत र घाईतेहरूको छिटोछिटो निरीक्षण गर्दै माथि पुस्तकालयमा सवारी भयो र डाक्टर श्रेष्ठ र मलाई त्यहीँ बोलाईबक्स्यो। अधिराजकुमारले मलाई हेरेर सोधिबक्स्यो, “भन्नुस्, युवराजलाई कस्तो छ -” मैले बिना कुनै संशय स्थिति अवगत गराएँ, “टाउकोमा निधारको पछाडिपट्टि मष्तिष्क छेडिएको घाउ भएको अवस्था सामान्यतया घातक नै हुन्छ।” मैले युवराज अझै जीवित भए पनि बाँच्ने सम्भावना एकदमै क्षीण भएको बताएँ। अधिराजकुमार असाध्यै गम्भीर तर अविचलित होईबक्सन्थ्यो। उहाँलाई मैले संयमित, निर्णय क्षमता नगुमाएको र समयप्रति सजग पाएँ। उहाँहरूलाई जनतालाई के बताउने, सञ्चारमाध्यमलाई के जानकारी दिने भन्ने समस्या थियो। तर मैले के भन्नै पर्छ भने औषधोपचारको मामिलामा कुनै प्रकारको हस्तक्षेप भएन।
हामी बिहान दश बजे भेट्ने सल्लाह गरेर छुट्टियौँ। घर गएर नुहाईधुवाई सकेको मात्रै थिएँ अस्पतालबाट बिरामीको स्थितिको पुनः मूल्याङ्कनको लागि नौ बजे आईपुग्न फोन आयो। मैले अस्पताल फोन गरेँ र बिरामीलाई लठ्याउन दिईएका सबै औषधिहरू बन्द गर्न अह्राएँ। म त्यहाँ नौ बजे पुग्दा युवराजको अवस्थामा केही सुधार भएको थियो, उहाँ खुट्टा चलाउने, सास फेर्ने र खोक्ने प्रयत्न गरिबक्सँदै थियो। अवस्था त्यति राम्रो नभए पनि हिजो जत्तिकै थियो र हाम्रो अगाडि जोडतोडका साथ उपचार जारी राख्ने सिवाय अरू विकल्प थिएन। हामीले माथि यही खबर गर्यौँ, र मेरो विचारमा त्यसपछि राजा वीरेन्द्रको स्वर्गारोहण भएको र युवराज दीपेन्द्रलाई श्री ५ महाराजाधिराज तथा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक घोषणा गर्ने प्रक्रियाको सुरूआत भयो। आइतबार एकदमै धपेडीको दिन रह्यो। हामीले धीरेन्द्रलाई हेर्नुथियो र दिनभरि केही खान पाएका थिएनौँ। त्यही दिन साँझपखदेखि राजा दीपेन्द्रको अवस्था द्रुतगतिले खराब हुँदैगयो। स्वास्थ्यकर्मीहरूको बैठक बस्यो।
हामीले अधिराजकुमार ज्ञानेन्द्रलाई भेट्यौँ, बाँच्ने आशा शून्य रहेको अवगत गरायौँ र विकल्पहरू बतायौँ परिवारजनको पूर्ण सहमतिमा कृत्रिम श्वास-प्रश्वास उपकरण बन्द गर्ने, कि प्रकृतिको नियमअनुसार स्वाभाविक रूपमा मुटु चल्न नछाडेसम्म यथावत राख्ने। अधिराजकुमार ज्ञानेन्द्रद्वारा सबै कुरा सुनिबक्स्यो र हुकुम भयो, “म यसबारे मुमासँग सल्लाह गर्छु” उहाँ छिट्टै फर्किबक्स्यो र हुकुम भयो, “ठीक छ डाक्टर, प्राकृतिक रूपले मुटु चल्न नछाडेसम्म उपचार जारी राख्नुस्।” साथै भाइ (धीरेन्द्र) लाई बचाउन हरसम्भव प्रयास गर्न पनि हुकुम भयो।
सोमबार बिहान सबेरै राजा दीपेन्द्रको मुटु चल्न छाड्यो। कृत्रिम तरिकाबाट व्युँताउन गरिएको प्रयास पनि निष्फल रह्यो। उहाँलाई हामीले युवराजको रूपमा उपचार शुरु गरेका थियौँ र राजाको रूपमा गुमायौँ। त्यो घटनामा कुनै षड्यन्त्र थियो कि भनेर सोध्नुहुन्छ भने मैले भन्नै पर्छ, प्रत्यक्षतः थिएन। तर यो देशमा षडयन्त्र छ। त्यो षडयन्त्र हो, हाम्रा युवाहरूलाई लागू औषधको कुलतमा फँसाउने। राजपरिवार पनि यसबाट अछुतो रहेनछ। यो षडयन्त्र लागू पदार्थको धन्दा गर्ने माफियाको हो।
(नेपाली टाइम्स, अङ्ग्रेजी साप्ताहिक २२-२८ जून, 2001 मा प्रकाशित विवरणमा आधारित)
८) स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी। ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ।
ज्ञानेन्द्र अधिराजकुमारबाट प्रमोशन भएको यो दिन
By move10, on June 3rd, 2007
दीपेन्द्र राजा, ज्ञानेन्द्र राज्यसहायक बनेको यो दिन जेठ २० गतेदेखि नै ज्ञानेन्द्रको हातमा सत्ता आइसकेको थियो। सिकिस्त घाइते भएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिए पनि राज्य सहायक भने ज्ञानेन्द्र भएका थिए। घण्टौँको अन्यौलपछि राजपरिषद्को बैठकले राजा वीरेन्द्रको मृत्यु भएको अौपचारिक घोषणा गरेको थियो। त्यो दिन सेनाले कू गर्छ भन्ने निकै हल्ला थियो। दरबारको समाचार छाप्ने समाचारपत्रको कार्यालयमा सेनाले घेरा हाल्यो भन्ने हल्ला फैलिएपछि हामी पनि बिहानको विशेष संस्करण निकालेर केही पनि हुनसक्ने भन्दै कार्यालयबाट निस्केर सुरक्षित हुन खोजेका थियौँ। राजपरिषद्को बैठक बसेको भवनबाहिर उत्तेजित भीडले दीपेन्द्रलाई हत्यारा भन्दै समाचार प्रसारण गरेको रिसमा जीन्युजका नेपालस्थित संवाददातालाई झण्डै कुटेका थिए।
जताततै अन्यौल थियो। रेडियो र टेलिभिजनले समाचार नै प्रसारण गरेको थिएन। खाली एकोहोरो धूनमात्रै बजाइरहेको थियो। विदेशी सञ्चारमाध्यमहरु भने लगातार समाचार दिँदै थिए। अन्ततः आजको दिन यति नै बेला अर्थात् दिउँसो १ बजे राजपरिषदका अध्यक्ष केशरजंग रायमाझीले यस्तो घोषणा गर्दै दीपेन्द्र हिजैदेखि अर्थात् जेठ १९ गतेदेखि नै राजा बनाइएको बताए।
राजपरिषदमा विवाद राजपरिषद् बैठकमा श्री ५ युवराजाधिराजलाई श्री ५ महाराजाधिराज घोषणा गर्नुअघि केही विवाद उत्पन्न भएको थियो। श्री ५ युवराजाधिराज दीपेन्द्रले नै गोली चलाएको भन्ने आधार के हो र यदि गोली चलाएकै हो भने मौसुफलाई कसरी श्री ५ महाराजाधिराज मान्ने भन्ने प्रश्न राजपरिषद्का सदस्यहरूले उठाएका थिए।
राजपरिषद्का सदस्य जयप्रकाशले घटनाको वास्तविकता के हो थाहा पाउनुपर्यो, त्यसबारे मुलुकले नै जान्न चाहेको छ भनी बैठकमा आवाज उठाएका थिए र त्यसमा कतिपय सदस्यले सहमति जनाएका थिए।
श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव शारीरिक रूपमा अशक्त होइबक्सेकाले कार्यभार वहन गर्न अर्समर्थ होइबक्सेको कारण जनाई नेपाल अधिराज्यको संविधानको धारा ३४ को उपधारा (७) बमोजिम मौसुफका काका श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहलाई नेपाल अधिराज्यको राज्य सहायक घोषणा राजपरिषद्को बैठकमा डा. रायमाझीले गर्नुभएको थियो।
त्यही बैठकमा सभापति डा. रायमाझीले औपचारिक रूपमा पहिलो पटक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव शुक्रबार सवा नौ बजे राति नारायणहिटी राजदरबारमा स्वर्गारोहण होइबक्सेको घोषणा गर्नुभएको थियो। मौसुफका मुमा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाह तथा भाइ श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहको पनि स्वर्गारोहण होइबक्सेको घोषणा गर्नुभएको थियो। राजपरिवारका अरू सदस्यका बारेमा भने समितिको निर्णयमा केही उल्लेख छैन।
बिहान नौ बजेका निम्ति बैठक निर्धारित गरिए पनि औपचारिक रूपमा सवा बाह्र बजे मात्रै बैठक सुरु भएको थियो। सभापति रायमाझीको कार्यकक्षमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरूबीच दुइ घन्टा लामो अनौपचारिक छलफलपछि राजपरिषद्को औपचारिक बैठक बसेको थियो। त्यही अनौपचारिक बैठकमा प्रस्तावको मस्यौदा तयार गरिएको थियो।
कान्तिपथ बहादुर भवनस्थित राजपरिषद्को भवनअघि राजदरबारमा भएका घटना सुन्नका निम्ति बिहानैदेखि ठूलो जनसमूह एकत्रित भएको थियो।
त्यो दिन गोरखापत्रले छापेको समाचार यस्तो थियो-
श्री ५ युवराजाधिराज दीपेन्द्र महाराजाधिराज घोषित मौसुफ उपचार्रार्थ अस्पतालको सघन कक्षमा/श्री ५ अधिराजकुमार ज्ञानेन्द्र राज्यसहायक
काठमाडौँ, जेठ २० गते। परम प्रजावत्सल परम आदरणीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव गएराति ९.१५ बजे नारायणहिटी राजदरवारमा स्वर्गारोहण होइबक्सेको हुँदा नेपाल अधिराज्यको संविधान, २०४७, राजगद्दी उत्तराधिकारीसम्बन्धी कानुन, रीत र परम्पराअनुसार मौसुफका ज्येष्ठ सुपुत्र श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव हिजोको मितिदेखि श्री ५ महाराजाधिराज होइबक्सेको छ।
राजपरिषद्को आज बसेको आकस्मिक बैठकले सो घोषणा गरेको हो।
साथै, श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव शारीरिक अशक्तावस्थाका कारणले हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा सघन उपचार अवस्थामा होइबक्सेकाले नेपाल अधिराज्यको महाराजाधिराजको हैसियतले कार्यभार वहन गर्न अर्समर्थ होइबक्सेको, मौसुफका मुमा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी र भाइ श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाह स्वर्गे होइबक्सेकोले आजै बसेको राजप्रतिनिधि परिषद्को बैठकले नेपालअधिराज्यको संविधान, २०४७ बमोजिम र्स्वर्गवासी महाराजाधिराजका माहिला भाइ मौसुफका काका श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहलाई नेपाल अधिराज्यको राज्यसहायक घोषणा गरेको छ।
नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ३४ -५) अनुसार बसेको राजपरिषद्को आकस्मिक बैठकले सो निर्ण्र्ाागरेको हो।
आफ्ना प्यारा राजा र राजपरिवारका अन्य सदस्यहरूको स्वर्गारोहण भएको अनौपचारिक जानकारी पाएका राजधानीवासीहरू राजपरिषद्को आकस्मिक बैठक बिहान ९ बजे बस्ने सूचना रेडियो नेपालबाट थाहा पाउनासाथ राजपरिषद्को कार्यालय भवन अगाडि जम्मा भएका थिए।
तर, राजपरिषद् सदस्यहरू जम्मा हुन केही समय लागेका कारण बैठक दिउँसो १२ः१५ बजे मात्र शुरु भएको थियो। सो बैठकले गरेको निर्ण्र्ााराजसभा स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीले सुनाउनु भएपछि मात्र श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव, श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाह र श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाहको दुःखद् स्वर्गारोहण भएको र वर्तमान श्री ५ महाराजाधिराज अशक्तावस्थामा सघन उपचारमा रहिबक्सेको औपचारिक जानकारी र्सार्वजनिक भएको थियो।
त्यसअघि राजपरिषद् स्थायी समितिको बैठक बसेको थियो। त्यसपछि परिषद्को बैठकमा श्री ५ महाराजाधिराजको घोषणा तथा राज्यसहायकको घोषणा गरिएको थियो। राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रियसभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, मन्त्रीहरू, प्रमुख विपक्षी दलका नेता माधवकुमार नेपाल, पर्ूव प्रधानमन्त्रीहरू, प्रधान सेनापति, प्रहरी महानिरीक्षकलगायत परिषद्का पदेन र अन्य सदस्यहरूको उपस्थिति थियो।
बैठक बस्नुअघि परिषद् भवनमा उपस्थित हुनुभएका सदस्यहरू अत्यन्त शोकाकुल मुद्रामा हुनुहुन्थ्यो। कतिपय सदस्यहरू सो अवस्थामा रोइरहनुभएको देखिन्थ्यो।
राजपरिवारमा हिजो राति भएको दुःखद काण्डको पीडादायी समाचार थाहा पाएपछि आज बिहानैदेखि राजधानीबासीहरू नारायणहिटी राजदरबार तथा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल आसपास पुगेका थिए भने धेरैजसो सो घटनाको विस्तृत जानकारी पाउनका लागि विभिन्न सञ्चार उपकरणहरूको समीपमा रहेका थिए।
मौसुफहरूको स्वर्गारोहण भएका कारण राजधानी स्तब्ध थियो। पसलहरू सामान्य मात्र खुलेका थिए भने सवारीका साधनहरू ज्यादै नै कम चलेका थिए। राजधानीका हरेक गल्लीहरूमा समेत शोकाकुल जनसमुदायको भीड लागेको थियो।
स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे
By move10, on June 4th, 2007
अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी।
ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ-
प्यारा देशवासीहरू, अस्ति राति घटेको दुर्घटनाले हामी सबै नेपालीको जीवनमा गहिरो आघात पुर्याएको र सुखद पारिवारिक जमघटमा भएको कहालीलाग्दो अप्रत्याशित घटनाले सम्पूर्ण नेपालीलाई व्याकुल पारेको छ ।
हामीलाई प्राप्त विवरणअनुसार उक्त घटना आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव, श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाह, श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहसमेत अन्य शाही परिवार नातेदारहरू गम्भीर रूपमा घाइते होइबक्सी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारको लागि लगिएको थियो ।
चिकित्सकहरूको अथक प्रयास हुँदाहुँदै पनि श्री ५ महाराजाधिराज जेठ १९ गते शुक्रबार हामी सबैसित सधैंको लागि बिदा होइबक्सँदै स्वर्गारोहण होइबक्स्यो ।
साथै श्री ५ बडामहारानी, श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह तथा राजपरिवारका अन्य सदस्यहरू श्री ५ अधिराजकुमार श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह र श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी देवी शाह पनि स्वर्गारोहण होइबक्स्यो । यसै गरी शाही नातेदार कुमार श्री खड्ग विक्रम शाहको पनि स्वर्गारोहण भयो । यस शोक समाचारबाट विह्वल भएका हामी सबैले श्रीपरमेश्वरको टारेर नर्टर्ने यस इच्छालाई स्वीकार गर्न बाध्य हुनुपरेको छ ।
प्रजावत्सल श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव स्वर्गारोहण होइबक्सेको हुँदा नेपाल अधिराज्यको संविधान, २०४७, राजगद्दी उत्तराधिकारसम्बन्धी कानुन रीत र परम्पराअनुसार राजपरिषद्को बैठकले मौसुफका ज्येष्ठ सुपुत्र राजगद्दी उत्तराधिकारी श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव २०५८ साल जेठ १९ गतेदेखि नेपाल अधिराज्यका श्री ५ महाराजाधिराज होइबक्सेको घोषणा गरेको छ ।
तर हामी सबैले आ-आफ्नो कर्तव्यलाई बिर्सन नहुने बेला आएको छ । हाम्रा परमपूज्य मुमाज्यूमाथि आइपरेको यस शोकको बेला सबै देशवासीहरूसहित हामी मौसुफमा श्रद्धाभक्तिपूवक समवेदना चढाउँछौं ।र वर्तमान श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव हाल सघन उपचारको अवस्थामा होइबक्सेकोले मौसुफबाट शारीरिक अशक्तताका कारण नेपाल अधिराज्यका श्री ५ महाराजाधिराजको हैसियतले कार्यभार सञ्चालन गर्न अर्समर्थ होइबक्सेकोले नेपाल अधिराज्यको राज्य सहायकको अभिभारा हाम्रो काँधमाथि आइपरेको छ ।
नेपालको गौरवमय स्वतन्त्रतालाई सदा अटुट राखिबक्सूदै श्रद्धेय दाज्यूबाट देश र जनताको भलाइको निम्ति गरिबक्सेका योगदानले हाम्रो इतिहासमा मौसुफको स्थान सधैं अटल रहनेछ । मौसुफको अन्त्येष्टि समारोहको अवसरमा प्यारा देशवासीहरूले दर्साएको स्वतःस्फूर्त सम्मानलाई हामीले मौसुफप्रतिको सदाशय र स्नेहको द्योतकका रूपमा लिएका छौं ।
मौसुफबाट बक्सेको मार्गनिर्देशनलाई मनन गर्दै हामी आफ्नो कर्तव्य नभुली सदाझैं यस विपद्को बेलामा हामी सबै नेपाली एक भई पारस्परिक सहयोग, सद्भावना र मेलमिलाप राखी यस देशको प्रतिष्ठा अक्षुण्ण राख्ने मौसुफको सपनालाई साकार पार्न प्रयत्नशील हुनेछौं । यस कार्यमा सबैको सहयोग पाउनेछु भन्ने कुरामा म विश्वस्त छु ।
यस घडीमा श्रीपरमेश्वरमा श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेवको शीघ्र स्वास्थ्यलाभको लागि म सम्पूर्ण नेपालीको तर्फबाट पर््रार्थना गर्दछु । र्स्वर्गवासी श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहका साथै यस दुःखद घटनामा दिवंगत होइबक्सेका अन्य राजपरिवारका सदस्यहरू तथा शाही नातेदारको दिवंगत आत्माको चिरशान्तिको लागि पनि श्री परमात्मासूग प्रार्थना गर्दछु । जय नेपाल †
९) राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ। त्यतिबेला कान्तिपुरमा छापिएको समाचार पढ्नुस्
राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते
By move10, on June 6th, 2007
छ वर्षअघि जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ।
सोमबार बिहान ११ बजे आयोजित समारोहमा ज्ञानेन्द्रले वैदिक र परम्परा विधिअनुरूप राजमुकुट पहिरेका थिए। वडा गुरुज्यू केशरीराज पाण्डेले राजमुकुट पहिराएका थिए। सेनाले १ सय १ तोपको सलामी चढाएको थियो। राज्यरोहण गर्नासाथ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दाम राखेर अभिवादन चढाएका थिए। त्यसपछि क्रमशः प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी, उपप्रधानमन्त्री रामचन्द्र पौडेल, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता माधवकुमार नेपाल, संवैधानिक अंगका प्रमुख, सरकारका मुख्य सचिव, प्रधानसेनापति, शाही नेपाली सेना, नेपाल प्रहरी तथा राजप्रासाद सेवाका उच्चपदस्थ अधिकारीले दाम राखेर अभिवादन गरेका थिए।
तीन दिनअघि राजपरिषद्को बैठकद्वारा घोषित श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव सोमबार बिहान ३.४५ बजे स्वर्गारोहण भएको घोषणा गर्दै उनका सबैभन्दा नजिकका हकदार माहिला काका राजगद्दी उत्तराधिकारी श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई श्री ५ महाराजाधिराज घोषणा गरेको थियो। चार दिनको अवधिमा तीन जना राजा भएको यो घटना नेपालको इतिहासमा पहिलो हो। राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीले सोमबार बिहान सवा दश बजे राजपरिषद्को आकस्मिक बैठकमा उक्त घोषणा गरेका थिए। जम्मा सात मिनेट जति बसेको राजरिषद्को बैठकमा डा. रायमाझीले श्री ५ महाराजाधिराज घोषणा गरिएको प्रस्ताव पढेर सुनाएका थिए। राजपरिषद्को घोषणापछि ज्ञानेन्द्रको राज्यरोहण समारोह भएको थियो।
ज्ञानेन्द्रको राज्यारोहणलगत्तै गोली हानेर चार जनाको ज्यान लिइएको बारेमा त्यो दिनको कान्तिपुरमा छापिएको समाचार यस्तो थियो-
राजधानी तनावग्रस्तः चारको मृत्यु, कैयौं घाइते कान्तिपुर टिम काठमाडौं, २२ जेठ- तीन दिनअघि राजदरबारमा भएको अप्रत्याशित घटना पछि राजधानीमा बढेर गएको तनावका कारण सरकारले सोमबार बेलुका ४ बजेदेखि १३ घण्टा लामो कर्फ्यु जारी गरेको छ। तर कर्फयु सुरु हुनुअघि र पछि शहरमा उत्पन्न आक्रोशमा कारण चार जना व्यक्तिको मृत्यु भएको छ भने ३० भन्दा बढी गोली लागेर घाइते भएका छन्।
प्रहरी सूत्रका अनुसार पुरानो बानेश्वर हाइटका ६३ वर्षय पूर्व डिएसपी पशुपत्रि्रसाद लोहनी, नुवाकोट घर भई सोह्रखुट्टे बसोबास गर्दै आएका दीपक श्रेष्ठ, काभ्रेका रामकृष्ण श्रेष्ठको र नाम नखुलेकी एक बालिकाको सुरक्षाकर्मीले प्रहार गरेको गोलीबाट मृत्यु भएको छ। सोमबार दिनभरको नारा जुलुसमा गोगबु, लाजिम्पाट, कालिमाटि, सामाखुसी, ग्वार्काे, बागबजारलगायतका ठाउँमा गोलीप्रहारबाट ३० जनाभन्दा बढी र्सवसाधारण घाइते भएका छन्। घाइतेहरुको शिक्षण अस्पताल, वीर अस्पताल र अन्य नर्सिङ होममा उपचार भैरहेको छ। तर दिनभरको घटनाका सम्बन्धमा गृह मन्त्रालयका प्रवक्ता गोपेन्द्रबहादुर पाण्डेले ‘आफूलाई केही जानकारी नरहेको’ बताउनुभयो।
सोमबार बिहान मुलुकका नयाँ राजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको गद्धी आरोहणको तयारी भइरहेको बेला राजधानीका तीनै शहर तनावग्रस्त थिए। शहरका अधिकांश भाग अश्रुग्यासको गन्धमा रुमलिएका थिए। एकाबिहानैदेखि सडकमा उत्रेको जनसमूहहरूलाई विभिन्न ठाउँमा अश्रुग्यासले तितरबितर पारेपछि मात्रै गद्दी आरोहण सहजै सम्पन्न हुन सक्यो। सोमबार बिहानैदेखि शहरका टोल र गल्लीबाट दर्जनौं साना-ठूला जुलुस निस्किए। राजारानीको तस्वीर बोकेर जुलुसमा निस्कने अधिकांश नागरिक शहरको मध्यभागमा जम्मा हुन पुगेका थिए।
घटनाको स्पष्ट छानबिनलगायत ‘हत्याराको पहिचान गर्न सम्पूर्ण नेपाली एक भएर आवाज उठाउनुपर्ने’ नारामा अधिकांश नागरिकको एउटै स्वर शहरमा गुञ्जिएको थियो। शहरका भित्री गल्ली र चोकहरुमा स्वर्गीय राजा, रानीको तस्वीर राखेर माल्यार्पण गर्ने, शोक पुस्तिकामा हस्ताक्षर गर्ने एवं निःशुल्क कपाल मुण्डन गर्ने-गराउने लहर नै चलेको थियो।
झुण्ड झुण्डमा शहरका बिभिन्न भागबाट आएको जुलुस लिएर आएका नागरिक बागबजार, रत्नपार्क, दरबारमार्ग, पुतलिसडक, कमलादी, लाजिम्पाट, ठमेल, पानीपोखरीलगायतका ठाउँमा जम्मा भएका थिए। प्रदर्शनकारीले बरोबर राजदरबार वरपर एकत्रित हुने अवसर खोजिरहेका थिए। प्रदर्शनकारीहरू मोटरसाइकलबाट पनि आएका थिए। राजदरबार आसपासमा बिहानैदेखि प्रहरी तैनाथ गरिएकाले जुलुस उक्त क्षेत्रमा प्रवेश गर्न पाएन। प्रहरीले मध्यान्ह १२ बजेदेखि अश्रुग्यास, लाठी प्रहार र बल प्रयोग गर्ने काम सुरु गरेको थियो। दिनभरमा सयौं सेल अश्रुग्यास र हवाई फायर गरिएको थियो। झडपमा त्रिचन्द्र क्याम्पसको पर्खाल भत्किएको छ। सोमबार बिहान श्री ५ दीपेन्द्रको स्वर्गारोहणको समाचार सुनेपछि शहरमा भेला भएको जनसमूह अझ आक्रोशित बनेको थियो। श्री ५ दीपेन्द्रको स्वर्गारोहणको समाचार सुन्नेवित्तिकै मौसुफको पार्थिव शरीर राखिएको वीरेन्द्र सैनिक अस्पताल वरपर जम्मा भएको जनसमूह निकै आक्रोशित भएको थियो। स्थिति धेरै घन्टासम्म तनावग्रस्त रहृयो। शवयात्राका लागि बाटो खुलाउन प्रहरी अर्समर्थ भएपछि सेनाका जवानले भीडलाई मुश्किलले हटाएका थिए।
‘हामी सत्य चाहन्छौं’ भन्दै हिंडेका जुलुसका सहभागी र सुरक्षार्थ खटिएका प्रहरीबीच शहरका विभिन्न भागमा पटक-पटक झडप भएको थियो। बरोबर अश्रुग्यास छाडेर र कतिपय ठाउँमा ढुङ्गा प्रहार गरेर प्रहरीले विभिन्न ठाउँबाट आएर एकत्रित हुन पुगेको ठूलो जन समूहलाई तितरबितर बनाएको थियो। भीड आक्रोशित देखिएपनि कतिपय कपाल मुण्डन गरेका प्रदर्शनकारीहरु स्वर्गीय राजारानीको तस्वीर बोकेर ‘मौन जुलुस’का रुपमा अगाडि बढेका थिए।
लामो समयदेखि ‘खोज अभियान’मा जुट्दै आएका ८२ बषिर्य भीम थापाले ‘सबै उठ हत्यारा खोज’को नारा सहरका पर्खाल र भित्तामा लेख्न थालेका थिए। शुक्रबार भएको इतिहासकै अकल्पनीय र बिस्मयकारी घटनाले आक्रोश उत्पन्नपछि राजधानीबासी निकै सशंकित र भयभित देखिन्थे। सोमबार मध्यान्हदेखि शहरमा कर्फयु लगाउने हल्ला सुरु भएपछि असन, नरदेवी, क्षेत्रपाटिलगायतका भित्री टोलमा काम विशेषले पुगेका बासिन्दा ‘अब कता जाने’ भन्दै यता र उता दौडिरहेका थिए। पुतलीसडक र शहरका अन्य केही भागमा आपत्तिजनक नारा पनि लगाइएको थियो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार चार बजेदेखि बुधबार विहानसम्म कर्फयु लगाएपनि कर्फ्यु अवधीमा समेत प्रदर्शनकारीले राजधानीका विभिन्न थलोमा टायर बालेर सडक अवरुद्ध गरेका थिए। प्रदर्शनकारीले मिनभवनमा ट्रलिबस कार्यालयको बा.१ झ.३९६५ नम्बरको मारुती कार र बबरमहलमा एउटा मोटरसाइकल जलाएका थिए भने माइतीघरदेखि बबरमहलका बीचमा किनाराका रुख ढाली बाटो अवरुद्ध गरेका थिए।
अर्कातिर, र्स्वर्गबासी महाराजाधिराज दिपेन्द्र वीर विक्रम शाहको पार्थिव शरीर चक्रपथ रिङ्गरोडबाट आर्यघाट ल्याइने थाहा पाएपछि त्यस क्षेत्रका बासिन्दाले सडकमा फुल तथा अविर बिछ्याएका थिए। र, कर्फयुको परवाह नगरी सडक किनारासम्म आएर शवयात्रा हेरेका थिए। घरका झ्याल, छत तथा ढिस्कामा बसेर शवयात्रा हेर्नेहरुमा केटाकेटी देखि बूढाबूढीसम्म थिए। सडकको दायाँ-बाँया शाही नेपाली सेना तथा नेपाल प्रहरीका जवानले पहरा दिइरहेका थिए।
सरकारले पर्याप्त समयको पूर्व सूचना विना कर्फ्यु जारी गरेको भन्दै राजधानीबासीले आक्रोश प्रकट गरेका थिए। स्थानीय प्रशासन ऐन २०२८ अनुसार कफर्यु लागू गर्नुपूर्व पूर्णरूपमा सुसूचित गर्नुपर्छ। काठमाडौंमा कफर््यु जारी गरेपछि स्थानीय प्रशासनले शाही नेपाली सेनाको समेत मद्दत मागेको छ। उक्त मागअनुसार सेनाले सुरक्षाको दृष्टिले सम्वेदनशील मानिएका स्थानहरुमा चेक प्वाइण्ट स्थापना गर्ने र गस्ती -पेट्रोलिङ) गर्ने कार्य गरिरहेको छ।
कर्फ्युमा सेनाले संवेदनशील ठाउमा चेक प्वाइण्ट खडा गरि वेरियर समेत राखि सडक बन्द गर्ने प्रचलन छ र सेना र प्रहरीको गस्ति टोलीले सिधा गोली हान्ने, शंकास्पद घरमा खानतलासी गर्ने जस्ता कार्य गर्न सक्ने गरि पूर्व आदेश पाएका हुन्छन्। राजधानीमा सोमबारदेखि लागेको कफर्युमा बालाजुस्थित १ नं बाहिनी र लगनखेलस्थित राजदलगण १३ नं वाहिनीबाट सैनिक खटिएका छन्। नेपालमा विभिन्न ठाउँमा पटक-पटक स्थानीय प्रशासनले कफर्यु लगाएको भए पनि सैनिक परिचालन गरेर २०४६ सालमा तीन दिन र २०४७ सालमा केही दिन कफर्यु लगाइएको थियो।
राजदरबारमा भएको घटनाको विरोधमा ललितपुरका विभिन्न भागमा पनि सोमबार नारा, जुलुस प्रदर्शन गरियो। हत्याकाण्डको छानबिन गर्न र हत्यारालाई सजायू माग गरी जुलुशका सहभागीले नारा लगाएका थिए। ललितपुर उपमहानगरपालिकाका क्षेत्रमा पनि सोमबार अपरान्ह ३ः३० बजेदेखि मंगलबार बिहान ५ः०० बजेसम्म कर्फ्यु लगाइएको छ।
यस्तै, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ लेखिएको व्यानर लिएर भक्तपुरबासीले मौन जुलुश निकाले। सुकुलढोकाबाट सुरु भएको जुलुश तौमढी, पाँचतले न्यातपोल मन्दिर, तेखापुखु, दुधपाटी, बसपार्क, दरबार क्षेत्र हुँदै नगर परिक्रमा गरेको थियो। अर्को एक समूहले नारासहितको जुलुश प्रदर्शन गरेको थियो। दरबार क्षेत्र लगायत हरेक टोल, चोक गल्लीहरुमा स्थानीय जनसमुदायले राजारानी तथा राजपरिवारका सदस्यहरुको तस्वीरमा फूलका गुच्छा र माल्यार्पणका लागि दोबाटो चौबाटोमा राखिएका थिए। यसैगरी, विभिन्न संघ संस्थाले शोक पुस्तिका राखी हस्ताक्षर संकलन गरेका छन्।
मध्यपुर ठिमी नगरको संखधर साख्वः चोक र ठिमीका विभिन्न ठाउँमा राजारानीको फोटामा माल्यार्पण गरिएको थियो। प्रत्येक पाटीपौवामा शोकाकुल वृद्धवृद्धा भगवानको नाम जपिरहेका भेटिन्थे। नगरका सम्पूर्ण पसलहरु तथा सवारी साधन बन्दरहेका थिए। नगरबासीहरु कोही हातमा रेडियो लिएर पाटीमुनि झमझम परेको पानीमा ओत लागिरहेका देखिन्थे।
राजगद्दीमा नयाँ राजा आरोहण गरिसकेपछि परम्परागत रुपमा राजदरबार दही पुर्याउने प्रचलन धान्दै आएका भक्तपुरका एकथरि नेवारहरु काठमाडौंमा व्याप्त तनावबाट अत्यासमा परेका थिए। सिंहदरबारबाट पुतलीसडक हुँदै राजदरबार जान हतारिएका देखिन्थे।
१०) मास्क लगाएकोले हत्या गर्न सक्दैन : विवेक शाह घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने पूर्व सैनिक सचिव विवेक शाह बताउँछन् आफ्नो पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ? पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
शाहको पुस्तक ‘मैले देखेको दरबार’ र ‘भटट प्रतिवेदन’ उस्तै
By Salokya, on January 17th, 2011
दरबारमा दुई जना राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट भई काम गरेका पूर्व सैनिक सचिव विवेक शाहको पुस्तक “मैले देखेको दरबार” अहिले चर्चामा छ। आम मानिसको चासो यसले हत्याकान्डका विषयमा केही नयाँ खुलासा गर्छ कि भन्ने हो। यदि त्यस्तै सोचेर किताब किन्नुभएको भए तपाईँलाई यो किन्न खर्चेको आफ्नो नौ सय रुपैयाँको माया लाग्न सक्छ। किनभने हत्याकान्डका विषयमा यो पुस्तकको सार ‘भटट प्रतिवेदन’ अर्थात् ज्ञानेन्द्रले तत्कालीन प्रधानन्यायाधीश र सभामुखको सदस्यतामा बनाएको उच्चस्तरीय छानबिन प्रतिवेदनलाई सही प्रमाणित गर्नु मात्रै हो।
जेठ १९ को जुन रात दरबारमा गोली चल्दै थियो, त्यतिबेला लेखक शाह दरबारबाट निकै टाढा नयाँ बजारमा आफ्ना साथीहरुसँग रक्सी खाँदै थिए। पुस्तकको पेज १९ मा लेखिएको छ- ‘…हामी ड्रिङ्कस गरिरहेका थियौँ।’ रक्सी खाइरहेकै बेला दरबारबाट खोजी भयो भनी घरमा फोन आएपछि दरबारमा फोन गर्दा बल्ल उनले दरबारभित्र फायरिङ भयो रे भन्ने थाहा पाएका थिए। मृत्यु भएको कुरा त सैनिक अस्पताल, छाउनीमा शव देखेपछि मात्रै थाहा भएको रहेछ उनलाई। गोली चल्दा घटनास्थलबाट निकै टाढा ड्रिङ्कसमा मस्त व्यक्तिले हत्याकान्डका विषयमा कसरी नयाँ कुरा दिनसक्ने आशा गर्नुभएको तपाईँले ?
यो आशा गर्नु नै बेकार छ। उनले हत्याकान्डका विषयमा जति कुरा थाहा पाए, ती सबै अरुका मुखबाट सुनेका हुन्। जुन कुरा तपाईँले पनि अहिलेसम्म सुन्दै आउनु भएको छ। भटट प्रतिवेदन (प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोग सदस्य तारानाथ रानाभाटले भटट शब्द उच्चारण गर्दै हान्दिम भनी दीपेन्द्रले चलाएको भनिएको बन्दूक पत्रकारतिर तेर्स्याएको कारण यो कान्डलाई भटट कान्ड पनि भनिन्छ। रानाभाटको चर्तिकला हेर्ने भए यहाँ क्लिक गर्नुस्) मा प्रत्यक्षदर्शीहरुको बयानमा पनि त्यही कुरा छ।
शाहले पेज ५४ मा लेखेका छन्- घटनास्थलको वास्तविकता त्यही हो। अर्थात् भटट प्रतिवेदनले जस्तो देखाएको छ, त्यही हो। घटनाका बेला उनी प्रत्यक्षदर्शी नभएकोले घटना हुनुको कारण बारे उनले अनेक थरि अनुमान लगाएका छन्, जस्तो कि तपाईँले पनि लगाउनु हुन्छ। फरक यति हो, उनले दरबारलाई नजिकबाट देखेका कारण उनको अनुमान हाम्रो अनुमानभन्दा फरक हुनसक्छ।
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने उनी बताउँछन् पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ?
पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
उनले ठहर गरे सरह पुस्तकमा भनेका छन् कि दायाँ हातले स्वचालित मेसिनगनले फायर गरेर अन्त्यमा देब्रे हातले देब्रे कञ्चटमा गोली हानी दीपेन्द्रले आत्महत्या नै गरेका हुन्। ‘उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ’ (पेज ३८)
दीपेन्द्रको रामकहानी दीपेन्द्रलाई दोषी ठहर गर्न सहायक हुने गरी उनले पुस्तकमा तत्कालीन युवराजका विभिन्न प्रसंग लेखेका छन्। आमाबाबु भएर पनि माया नपाएर टुहुरो जस्तो भएको दीपेन्द्र, सानैदेखि जिद्दी स्वभावका मात्र प्रसंग यसमा छैनन्, झण्डै झण्डै युधीर थापाको उपन्यासको प्लट जस्तो लाग्ने गरी दीपेन्द्रको यौनलोलुप प्रवृत्तिको पनि बयान गरिएको छ।
दीपेन्द्र सार्वजनिक रुपमा जस्तो देखिन्छन्, भित्र त्यस्तो नभएको उनको कथन छ। दीपेन्द्रको परपीडक प्रवृत्तिको बयानका लागि एक शीर्षक नै छुट्याएका छन् उनले। ठूलो मान्छेलाई मुक्का हानेर लडाएर छटपट गर्दा हाँस्ने, गुलेली हानेर परेवा झार्ने, नमरे तडपाउने, जिउँदो मुसा समातेर पुच्छरमा आगो लगाउने घटनाको बयान पुस्तकमा छ।
त्यसैगरी केटीका मामिलामा साह्रै कमजोर प्रमाणित गर्न पुस्तकमा दीपेन्द्रले सुरुमा सुप्रिया शाहसँग अफेयर चलाएको, ७ क्लासदेखि नै उनलाई लभलेटर लेख्ने गरेको, बेलायतमा पढ्न गएदेखि देव्यानीसँग पनि अफेयर चलेको, त्यसपछि दुवै जनासँग एकै पटक अफेयर चलाएको, बेलायत मै हुँदा एक जापानी केटीसँग पनि अफेयर चलेको, ती जापानीसँग पनि विवाह गर्छु भने फकाउने गरेको प्रसंगसहित पेज ४७ मा उनले लेखेका छन्- बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरुका मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो। यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो। बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्न पनि उनले भ्याएका छन्।
भारतको हात ? उनले हत्याकान्डका पछाडि भारतको हात हुनसक्ने भनी लगाएको अनुमान सर्वसाधारणले ज्ञानेन्द्र पारसको हात हुनसक्ने भनी लगाएको अनुमान जस्तो मात्रै हो। पुस्तक पढ्दा त्यस्तै देखिन्छ। बरु केही नयाँ रहस्य यस क्रममा खोलिएका छन् जस्तो कि हतियार कारखाना नेपाल मै खोलेर एसेम्बल हतियार दक्षिण एसियामा बेच्ने वीरेन्द्रको योजना, माओवादी समस्या समाधानका लागि वीरेन्द्रले बनाएको विशेष योजना। भारतको हात हुनसक्ने अनुमान जस्तै अर्को एउटा अनुमान पनि उनले गरेका छन्। वीरेन्द्र र ऐश्वर्य तन्त्रमन्त्रमा धेरै विश्वास गर्थे रे। तान्त्रिक प्रयोगको उल्टो परिणामस्वरुप हत्याकान्ड भएको त हैन ? उनले यस्तो अनुमान पनि गरेका छन्।
हत्याकान्डको विषयमा मूलतः यिनै कुरा पुस्तकमा छन्। त्यसबाहेक उनको पुस्तकको अधिकांश भाग उनको डायरीले ओगटेको छ, जुन इतिहासप्रति रुचि राख्नेहरुका लागि राम्रो छ। रुचि नराख्नेलाई यो वाक्कलाग्दो हुन्छ। किनभने प्रसंग र सन्दर्भ बिना के भनेको हो बुझ्न पनि गाह्रो हुन्छ केहीलाई। केही प्रसंगहरु ‘नेपाली विकिलिक्स’ जस्ता छन्। आगामी दिनमा म त्यस्ता केही विषय लेख्नेछु।
एमाले र कांग्रेस का केहि ठुला नेता लाइ “लाइ डिटेक्टर र चरम यातना” सहित को पुछताछ कार्यक्रम गर्ने हो भने यी ठुला हत्याकाण्ड का बारेमा धेरै खुलासा हुने छ !
थाहा पाउनेले नै लुकाएका विषयमा हामीले अन्दाज गरेर पत्ता लाग्दैन र अर्थ पनि छैन । यो गम्भीर षड्यन्त्रका पछाडी पारस र ज्ञानेन्द्र पनि बलिका बोकामात्रै हुन सक्छन् । पारस आफैँ पनि विदेश बस्दा समेत ठाउँ ठाउँमा आक्रमणमा परेका छन् भनेर विदेशी समाचार माध्यममा आए र सुनिएको हो । भनिन्छ सुरक्षित हुन पनि उनी विदेश बसेका थिए । छिमेकी ठानिएको देशले नै अपराधीको सूचीमा सूचिकृत गरेका पूर्व युवराज पारस पनि मिर्जादिल सादबेग, जमीम शाह र फैजान अहमद, कमलसिँह नेपाली जस्तै टार्गेटमा रहेका व्यक्ति हुन् । त्यसै गरि मदन भण्डारी र जीवराज आश्रितको हत्या पनि रहस्यकै भुमरीमा छ । पार्टी र श्रीमती स्वयमले सत्ता सम्हाल्दा खोज्न नसकेको वा नचाहेको उत्तर वँश नाश भैसकेकाहरूको कसैले खोजिदिने पनि छैन । कीर्तिपुरमा मारिएका अमर लामा एकमात्र प्रत्यक्षदर्शी र सहभागी प्रमाण पनि कस्ले मेटाएको थाहा हुन सकेन । पाकिस्तानी दुतावासका प्रथम सचिव मोहमद असद चीमा, फैजान अहमद र जमीम शाहलाई गोली हान्ने भारतीय स्पेशल टास्कफोर्सका व्यक्ति हुन् भन्ने पत्ता लागेर पनि केही कार्यवाही हुन सकेन भने राजदरवार हत्या सामान्यले गर्ने कुरै भएन । कालन्तरमा आफू रिटायर भए पछि कुनै विदेशी जासुस प्रमुखले आफ्नो कार्यकालको “सफल प्रयोग” लेखिदिने छन् र षड्यन्त्रको चुरो उनीहरूले नै ओकलिदिए पछि हामी माझ ऐना झै छर्लङ्ग हुने गरी आउने छ ।
चक्र बास्तोला को कुरा सहि लाग्छ | उनि भन्छन भारत र अमेरिकाको संलग्नता | गिरिजा लाइ पनि सिध्याउने सड्यन्त्र भा को भन्ने कुरामा पनि सत्यता छ जस्तो लाग्छ | गिरिजा नेपाल को लागि क्यान्सर नै भएपनि दह्रो नेता थ्यो | केहि राम्रो काम पनि गर्यो | जस्तो १) गाउमा गरिब मारेर बसिराको माउबादिलाइ ये मोरा हो आन्दोलन यसरी गर्न पर्छ बनेर सिकायो आजकाल प्रचण्ड नेपाल को आर्को गिरिजा भा को छ | २) ठुलो रक्त पात हुन् बाट देश लाइ रोक्यो |
गिरिजा को साथ् माउबादिले न पाको भए ज्ञानेन्द्रले पुरै सेना परिचालन गरेर जे पनि हुन् सक्थ्यो |
नेपाल लाइ आफ्नो रखौटी बनाउन चाहनेले दर्बार काण्ड गरायो ,गिरिजालाई पनि सिध्याउन खोज्यो भन्दा बिस्वास गर्न सकिन्छ | यस अर्थ मा प्रचन्डले पनि लाइन क्रस गरे सायद खतरा हुन् सक्छ |
१. गिरिजा निरिह हुनै सक्दैनन् ! गणतन्त्र आएपछि नेपाल को सर्बाधिक सक्तिशाली व्यक्ति गिरिजा प्रसाद कोइराला नै थिए ! २. दर्बार हत्याकाण्ड हुदा नेपाल को सक्तिशाली प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला नै थिए ! ३. कुनै देश को सरकार प्रमुख लाइ देश मा के हुदै छ या के हुने वाला छ त्यो कुरा को जानकारी नभएको कुरा मा विश्वास गर्न सकिन्छ ? ४. आफु लाइ गाह्रो हुदा पटक पटक ग्रान्ड डिजायन को कुरा गर्ने सजिलो हुदा चुप लागेर बस्ने गिरिजा प्रसाद यदि त्येहा ग्रान्ड डिजायन नै थियो भने त्यो ग्रान्ड डिजायन मा गिरिजा को समेत संलग्नता थियो भन्ने पुस्टि ल्याब बाट परिक्षन गराउनु पर्दैन ! ५. घटना क्रम ले मदन भण्डारी को हत्या काण्ड र दर्बार हत्याकाण्ड को तार एकै ठाउ मा जोडिएको कुरा मा संका गर्नु पर्दैन ! ६. एमाले र कांग्रेस का केहि ठुला नेता लाइ “लाइ डिटेक्टर र चरम यातना” सहित को पुछताछ कार्यक्रम गर्ने हो भने यी ठुला हत्याकाण्ड का बारेमा धेरै खुलासा हुने छ ! ७. ज्यान बचाउन ज्ञानेन्द्र ले मौन धारण गरेका पनि हुन सक्छन ! या यिन कै संलग्नता थियो भने आज सम्म पुस्टि भएको खोइ ? अहिले त उन मा केहि अधिकार पनि छैन र सक्ति पनि छैन ? ८. चतुर राजनीतिक खेलाडी हरु ले आफु ले गरेको अपराध सोझा नेपाली लाइ भावनात्मक रुप मा बहकाएर ज्ञानेन्द्र लाइ अपराधि घोसित गर्ने चाल चलेको छर्लंगै भएको छ ! यदि प्रमाण जुटाएर कारबाही गर्न सके भने मानुम्ला ज्ञानेन्द्र दोषी हुन् ! होइन भने नेपाली नेताहरु नै दर्बार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्ड का नाइके हुन् !!!
एक ऋण आवश्यक छ? तपाईं एक ऋण को लागि देख गरिएको छ? तपाईं ऋण कुनै किसिमको प्राप्त गर्न प्रयास गरिएको छ? तपाईं एक किफायती ऋण प्राप्त गर्न चाहनुहुन्छ भने MOHS LOAN कम्पनी एन्ड्रयू अब लागू हुन्छ। ऋण 3% को एक धेरै कम ब्याज दर मा पेशकश छ। अब हामीलाई सम्पर्क गर्नुहोस् यदि तपाईं इमेल मार्फत रुचि छन्: andrewmohsfirm@gmail.com +2349061800717
कुनै पनि वित्तीय कठिनाइ तपाईं? तपाईं आफ्नो व्यवसाय सुरु गर्न चाहनुहुन्छ? यो ऋण कम्पनी जीवनको वित्तीय कठिनाइ संग गरिब र मान्छे मदत गर्ने एकमात्र उद्देश्य साथ संसारभरि मानव अधिकार संगठन स्थापित भएको थियो। तपाईं एक ऋण को लागि लागू गर्न चाहनुहुन्छ भने, विवरण इमेल तल संग फिर्ता हामीलाई प्राप्त: elenanino0007@gmail.com
गिरिजा नेपाल को लागि क्यान्सर नै भएपनि दह्रो नेता थ्यो | केहि राम्रो काम पनि गर्यो |
जस्तो
१) गाउमा गरिब मारेर बसिराको माउबादिलाइ ये मोरा हो आन्दोलन यसरी गर्न पर्छ बनेर सिकायो आजकाल प्रचण्ड नेपाल को आर्को गिरिजा भा को छ |
२) ठुलो रक्त पात हुन् बाट देश लाइ रोक्यो |
२. दर्बार हत्याकाण्ड हुदा नेपाल को सक्तिशाली प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला नै थिए !
३. कुनै देश को सरकार प्रमुख लाइ देश मा के हुदै छ या के हुने वाला छ त्यो कुरा को जानकारी नभएको कुरा मा विश्वास गर्न सकिन्छ ?
४. आफु लाइ गाह्रो हुदा पटक पटक ग्रान्ड डिजायन को कुरा गर्ने सजिलो हुदा चुप लागेर बस्ने गिरिजा प्रसाद यदि त्येहा ग्रान्ड डिजायन नै थियो भने त्यो ग्रान्ड डिजायन मा गिरिजा को समेत संलग्नता थियो भन्ने पुस्टि ल्याब बाट परिक्षन गराउनु पर्दैन !
५. घटना क्रम ले मदन भण्डारी को हत्या काण्ड र दर्बार हत्याकाण्ड को तार एकै ठाउ मा जोडिएको कुरा मा संका गर्नु पर्दैन !
६. एमाले र कांग्रेस का केहि ठुला नेता लाइ “लाइ डिटेक्टर र चरम यातना” सहित को पुछताछ कार्यक्रम गर्ने हो भने यी ठुला हत्याकाण्ड का बारेमा धेरै खुलासा हुने छ !
७. ज्यान बचाउन ज्ञानेन्द्र ले मौन धारण गरेका पनि हुन सक्छन ! या यिन कै संलग्नता थियो भने आज सम्म पुस्टि भएको खोइ ? अहिले त उन मा केहि अधिकार पनि छैन र सक्ति पनि छैन ?
८. चतुर राजनीतिक खेलाडी हरु ले आफु ले गरेको अपराध सोझा नेपाली लाइ भावनात्मक रुप मा बहकाएर ज्ञानेन्द्र लाइ अपराधि घोसित गर्ने चाल चलेको छर्लंगै भएको छ ! यदि प्रमाण जुटाएर कारबाही गर्न सके भने मानुम्ला ज्ञानेन्द्र दोषी हुन् ! होइन भने नेपाली नेताहरु नै दर्बार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्ड का नाइके हुन् !!!