0
 स्वर्ण पदक जित्नेलाई ५ लाख वाहेक थप पुरस्कार
 युवा तथा खेलकुद्मन्त्री सत्यनारायण मण्डलले भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई ५ लाख रुपैयाँ वाहेक थप पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
 
१२ औं सागका लागि छनोट भएका विभिन्न १८ वटा खेलका खेलाडीहरुलाई शनिबार वधाइ दिने क्रममा युवा तथा खेलकुद्मन्त्री मण्डलले स्वर्ण जित्ने खेलाडीहरुलाई मन्त्रालयले दिने ५ लाख रुपैयाँ वाहेक मन्त्रीपरिषद्बाट निर्णय गरेर थप रकम दिने घोषणा गर्नुभयो । 
 
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्ने खेलाडीलाई ३ लाख र कास्य जित्ने खेलाडीलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
 
युवा तथा खेलकुद्मन्त्री मण्डलले सरकारले स्वर्णपदक विजेतार्लाइ त्यसवाहेक  थप रकम दिने घोषणा गरेपनि रकमको मात्राबारे भने स्पष्ट पार्नुभएन । १२ औं साग आगामी माघ २२ गतेदेखि फागुन ४ गतेसम्म भारतको गुवाहटी र सिलोङमा हुँदै छ । 

Post a Comment

 
Top