0

मस्यौदा समितिको कार्यावधि १५ दिन थप 

– व्यवस्थापिका–संसद्को आजको बैठकले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिको कार्यावधि १५ दिन थप गरेको छ ।

बैठकमा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यावधि थपसम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२ पेस गरे।
 बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा ‘खुल्ला विश्वविद्यालय विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो ।
त्यस्तै, स्वास्थ्यमन्त्री रामजनम चौधरीले ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी सदनमा प्रस्तुत गरेको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भयो ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले नेपाल, भारत, भुटान र बङ्गलादेशबीच मालबाहक, व्यक्तिगत र यात्रु सवारी नियमनसम्बन्धी सम्झौता अनुमोदन गरियोस भन्ने प्रस्ताव पेस गरे ।

Post a Comment

 
Top