शिक्षामा बजेट बढाउन सकारात्मक
चैत २९
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु ले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्न माग गर्दै अर्थमन्त्री विष्णु पौडेललाई आज ध्यानाकर्षण गराएको छ ।
सङ्गठनका अध्यक्ष नवीना लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विद्यार्थीको प्रमाणपत्रका आधारमा निश्चित समयका लागि निब्र्याजी शैक्षिक ऋण उपलब्ध गराउनसमेत माग गरेको छ । चालू आर्थिक वर्षमा करिव १३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ ।

विद्यार्थीलाई उद्यमशीलताका लागि रोजगारी सिर्जना गर्न दश जोड दुई उतीर्ण विद्यार्थीलाई रु पाँच लाख, स्नातक उत्तिर्ण विद्यार्थीलाई रु सात लाख र स्नातकोत्तर तह उत्तिर्णलाई रु १० लाख उपलब्ध गराउन आग्रह गरेको उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए।
मन्त्री पौडेलले मुलुकमा बेरोजगारी समस्या समाधान गर्न र शिक्षा क्षेत्रको विकासबाट राष्ट्र निर्माणका लागि सो सङ्गठनले उठाएका मागलार्ई नीतिगत सम्बोधनको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
Post a Comment