0

विप्लवले चीनबाट हतियार ल्याउँन खोज्दा 

 माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै पुनः सशस्त्र संघर्षको तयारीमा रहेको विप्लव माओवादी विभाजन भएको झन्डै २ वर्ष हुन लाग्यो ।

योबीचमा विप्लव माओवादीले सशस्त्र युद्ध गर्दैछ भनेर धेरै हल्लीखल्ली गरियो । तर, योबीचमा विप्लव माओवादीले सशस्त्र युद्ध गर्दैछ भनेर अपुष्ट खबर सुन्नुबाहेक उसका खासै गतिविधि देख्न र सुन्नमा आएको छैन । आखिर विप्लवले गर्ने भनेको सशस्त्र युद्धको तयारी कहाँ पुग्यो ? के उसले साँच्चै सशस्त्र युद्ध गर्दैछ रु आम मानिसले यस्ता अनेक प्रश्न उब्जाइरहेका बेला विप्लव माओवादीले गर्ने भनिएको सशस्त्र युद्ध सुरु हुनु अगावै पार्टीमा किचलो बढेको र सशस्त्र युद्धको कुरा तुहिने स्थितिमै पुगेको खबर प्राप्त भएको छ । विश्वस्त स्रोतले जनाए अनुसार, विप्लव माओवादीले सशस्त्र युद्धका लागि अनुकूल परिस्थिति सिर्जना गर्न त सकेको छैन नै यसका लागि व्यवस्थापन गर्न पनि सकेको छैन ।
महत्वपूर्ण कुरा के छ भने विप्लवले सशस्त्र युद्धका लागि आवश्यक पर्ने हतियारका लागि एक वर्षदेखि प्रयास गरिरहे पनि अझै गर्न सकेको छैन । उसले हतियार खरीदका लागि पटकपटक गरेका प्रयत्न र प्रयास दुवै विफल हुन पुगेको विश्वस्त स्रोतको दाबी छ । स्रोतका अनुसार, विप्लव माओवादीले चीनबाट हतियार ल्याउनका लागि दोस्रोपटक गरेको प्रयास पनि असफल भएको छ । पहिलोपटक विप्लव माओवादीले चीनका व्यापारीसँग हतियार खरिद गर्न लागेको कुरा चुहिएर चीन सरकार समक्ष पुगेपछि तुहिएको थियो ।
पछि चीन सरकारले यसबारे एमाओवादीलाई पत्र नै लेखेर ‘के नेपालमा संविधान जारी पछिको अहिलेको अवस्थामा हतियार चाहिएको हो ?’ भनेर जिज्ञासा राख्दै पत्र पठाएको थियो । यसबारे एमाओवादीमा विप्लव माओवादीलाई कसरी हेर्ने भन्ने बहस नै सुरु भएको थियो । यसको खुलासा केही समय भएको थियो ।
स्रोतका अनुसार, चीनसँग पहिलोपटक हतियार खरिद गर्न असफल भएपछि विप्लवले आफ्नै हेडर्क्वार्टरका सुदीप मल्ललाई हतियार खरिदका लागि चीन पठाए पनि उनी पनि असफल भएर फर्किएको खबर छ । ‘चीनबाट हतियार ल्याउन पटक–पटक विप्लव माओवादीले प्रयास गरे पनि ऊ असफल भएको छ,’ स्रोतले भन्यो, ‘हतियारको गलफत्ती हल गर्न नसकेपछि विप्लव माओवादीमा समस्या खडा भएको छ ।’

Post a Comment

 
Top