0
पिसाव फेरेको निहुँमा हत्या गर्ने  प्रक्राउ पिसाव फेरेको निहुँमा हत्या गर्ने अभियुक्त राईलाई प्रक्राउ गरी सार्वजनिक









वैशाख २,
गत चैत्र २६ गते पाँचथरको आरुबोटेमा भएको सांस्कृतिक कार्यक्रम बाट घर फर्कने क्रममा वलने ९मा साथीको हत्या गर्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
रवि ३ का १८ वर्षिय सुखविर राईले पिसाव फेरेको निहुँमा हत्या गरेको अभियोग लागेर फरार भएका रवि १ का देउके भनिने अनिल कुमार राईलाई गत चैत्र २८ गते धरान प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथरलाई वुझाएका थियो ।
पक्राउ परेका राईलाई  पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो । अनिलले लगाएको मखलरले घाँटीमा वाँधेर हत्या गरेको अभियुक्त राईले पत्रकार सम्मेलनमा वताए । उनलाई जिल्ला अदालत पाँचथर बाट आजै म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

Post a Comment

 
Top