मन्दिर आगलागी एक सय भन्दा बढीको मृत्यु
दक्षिण भारतमा रहेको एक मन्दिरमा आइतबार भएको भीषण आगलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०२ पुगेको छ । भारतको केरेलाराज्यको तटिय सहर पारवुरामा रहेको पुत्तिङ्गल देवीको मन्दिरमा हिन्दु नयाँ बर्षको उपलक्ष्यमा भएको आतिशबादीमा यो आगलागी भएको बताइएको छ ।
मन्दिर परिसरमा जम्मा भएका व्यक्तिबीच भएको यस आगलागीमा परी १०२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय समयाअनुसार आइतबार बिहान ४ बजे सुरु भएको यस आगलागीमा सुरुमा ५० जनाको मृत्यु भएको बताइएको थियो भने, पछि यो सङ्ख्या बढेर १०२ पुगेको हो ।
अग्नीनियन्त्रक र प्रहरी आगलागी नियन्त्रण र घाइतेहरुको उद्धारको लागि सङ्घषरत रहेको बताइएको छ । हाल स्थिति नियन्त्रणमा आएको केरेलाका गृह मन्त्री रमेश चेन्नीथालाले भारतीय टेलिभिजन च्यानल एडीटीभीलाई जानकारी दिनु भएको छ ।
आगलागीमा परेर घाइते भएकाहरुमा केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेका छन् ।
Post a Comment