भत्तजन चढेको डुंगा पल्टिँदा १ बालकको मृत्यु वैशाख १–
बिक्रम बाबा दर्शन गरेर फर्कदै गरेका भत्तजन चडेको डुंगा पल्टिँदा एक जना बालकको ज्यान गएको छ ।
आज दिउँसो १ बजेतिर भक्तजन चढेको डुंगा राप्ती नदिमा डुबेर पल्टिँदा सोलखुम्बु लुक्का निवासी पाँच वर्षिय देव श्रेष्ठको ज्यान गएको हो । डुंगा पल्टिँदा घाईते भएका देव श्रेष्ठको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा ज्यान गएको हो ।
सोलखुम्बु लुक्ला स्थायी घर भएपनि उनका परिवार चितवनको कसरा बस्दै आएका थिए । डुंगा पल्टिँदा चितवन विरेन्द्र नगरका २४ वर्षिय आत्मा गुरुङ्ग र सोलुखुम्बुको लुक्का निवासी ईन्द्र बहादुर श्रेष्ठ पनि घाईते भएका छन् । उनिहरु दुबैको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ।
४०÷५० जना यात्रु सवार डुंगा डुबेर पल्टिएको प्रहरीले जनाएको छ । डुंगामा सवार अन्यको उद्धार गरिएको छ । अन्यलाई भने मेला स्थलमै प्राथमिक उपचार भएको मेला व्यवस्थापन समितिले जनाएको छ । बढी भारका कारण डुंगा पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
मेला सुरु भएको छैटौ दिन आज डुंगा पल्टिएको हो । राप्ती खोलाको पुल हुँदै बिक्रम बाबाको दर्शन गर्न जाँदा टाढा पर्ने भएपछि भत्तजनहरु जोखिम मोल्दै डुंगा चढ्ने गर्दछन् ।
Post a Comment