0
 बाग्लुङमा पनि चियाखेती 


इलाम, झापा, पाँचथर, ताप्लेजुङ र पूर्वको अन्य केहि जिल्लामा भईरहेको चियाखेती अव बाग्लुङ जिल्लामा पनि सुरु भएको छ । ‘गोल्डेन टि स्टेट’ प्रालिले अमरभूमि–९ सिरबारेमा चियाको व्यावसायिक खेती सुरु गरेको हो । पहिलो चरणमा ५०० रोपनी क्षेत्रफलमा ५० हजार चियाका बिरुवा रोपिएको प्रालिका सञ्चालक इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । जग्गा व्यवस्थापन गरेर तीन हजार हेक्टर क्षेत्रफलमा चियाखेती विस्तार गर्ने लक्ष्य लिइएको छ । माटो परीक्षण र सम्भाव्यता अध्ययनपछि चियाखेती सुरु गरिएको हो । सञ्चालक सापकोटाले राष्ट्रिय उत्पादन र आर्थिक समृद्धिमा टेवा पु¥याउन चियाखेती सुरु गरिएको बताए । वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल चियाखेतीका लागि बागलुङ सम्भावनायुक्त ठाउँ रहेको बताछन् । “चियाको सम्भाव्यताबारे परीक्षण गरिरहेका छौँ ,” उनले भने । 

Post a Comment

 
Top