0


जीवन थापा(जीवन संघर्स) 
पथलैया बारा 

आहा कति राम्री मैया! माइक्रोमा ठेलम्ठेल गरेर उभिएकी यौटी 17-18 बर्षे नानी को सलको सप्कोले बेला बेला मलाई तरंगित गर्दै थियो । दुई जनाको सिट पहिल्यै प्याक भै सकेको हुनाले थोरै स्पेसमागेर सिटको छेउमा अडिकिएको थिएँ म । प लडिहाल्ने स्थिती पनि थिएन किनकी त्यै नानिको बलियो आड मैले पाएको थिएँ । सिरिरि हावा चल्दा कैले अत्तरको वास्ना आउथ्यो त कैले कपालको त्यान्द्रा म्यान्द्राले नाकमा हिर्काउथ्यो र वास्नै आउथियो । 
त्यस्तो अफ्ट्यारो बाटोमा एकोहोरो टोलाउनु पनि चानचुने चुनौती चै थिएन मेरो लागि । झलस्स हुदा झर्नुपर्ने ठाउँ बाट माइक्रो फुत्तै कटेछ । हतार हतार रोक्न लगाएँ । 
ओर्लिने बेला बल्ल उसको मीठो आवाज सुनियो - "अंकल झरेपछि म बस्छु है ।" 

Post a Comment

 
Top