Latest News

0

विभु अधिकारी,बारा
 २९ माघ
हाम्रो नेपाल,हामी नेपाली,कर्मले जर्हा पु¥याए पनि
विवशताले जहाँ डो¥याए पनि हामी नेपाली
 बाराको पथलैयामा नेपाल तामाङ संघले सोनाम ल्होसार २८४९ डुल(सर्प) वर्षको अवशरमा आयोजना गरेको साङ्गितिक कार्यक्रममा “द एक्स”व्याण्डका गायक शिव मुखियाले राष्ट्रियताले भरिएको स्टेजमा गाउँदा उपस्थित दर्शकले पनि जोशिलो रुपमा गीतकै लयमा हामी नेपाली भनेर साथ दिएकाछन् ।
बख्खु, किटी र टोपीमा सजिएर साङ्गितिक कार्यक्रममा सहभागी युवती
 कामको खोजीमा विदेशिएका युवाहरुलाई गीतले भावुक समेत बनाएको थियो । वर्षौं देखि गुम्सिएर रहेकोे मनको वह गीतको शब्द बनेर आज पोखिएको जस्तो उनीहरुलाई लाग्यो ।                दुई वर्ष अघि कामका लागि मलेशिया पुगेका विवेक स्याङतानले भने–गीतले मेरो भावना व्यक्त गरेको छ । मेरो देशलाई औधि माया गर्छु,आर्थिक स्थितिले गर्दा नचाहेर पनि  विदेशिन बाध्य भएकोछु ।
  ल्होसार पर्व मान्न एक महिनाका लागि रतनपुर स्थित घर आएका विवेकले थपे,यो गीत सुनेपछि फेरि काममा फर्कने नफर्कने दोधारमा परेकोछु । घरमा बुढी भएकी आमा लगायत परिवारलाई छोडेर विदेशिएका हामी नेपालीलाई झन बढी माया हुँदो रहेछ । काम गर्ने देशमा मेची देखि महाकालीसम्म जहाँको नेपाली भेटेपनि आफ्नै परिवारको सदस्य भेटे जस्तो लागेर दुःखसुख साटासाट गरिहाल्छौं ।
 स्थानीय साङ्गितिक पनाम समूहको सहयोगमा सम्पन्न कार्यक्रममा गायक शिवले दर्शकलाई मनोरञ्जन  गराए ।  “एउटा चिठ्ठीको सहाराले तिम्रो मन जित्न चाहन्न” र “लुक्न देउ लामो केशमा त्यहाँ धेरै शीतलछ” उनको चर्चित गीतले दर्शकको मन जित्न सफल भएको थियो ।ती गीत फेरि गाउन विशेष अनुरोध गरेपछि उनले दोहो¥याएर नाच्दै गाए र दर्शकलाई पनि नाच्न,गाउन लगाए । निरन्तर ६ घण्टासम्म चलेको कार्यक्रम बख्खु, किटी र टोपीमा सजिएर आएका युवाले साथ दिएकाथिए ।    
   औराहाकी सुनिता मोक्तानले भनिन्–एउटा चिट्ठीको साहाराले भन्ने गीत असाध्यै मन परेकोले स्थानीय एफएमहरुमा पनि बजाईदिनका लागि धेरैपटक  अनुरोध गर्दै आएकोसिथएँ , आज गायकसङ्ग भेट्न पाउँदा खुशी लागेकोछ ।साङ्गितिक कार्यक्रममले यस पटक नयाँ  वर्ष मनाउन पाउँदा छुट्टै आनन्द आएको छ ।
 पनाम समूहका कल्याण आले मगरले विहानीको मिर्मिरे भ्mयालबाट चियाउँदा लगायतका गीत सुनाएर दर्शकलाई मुग्ध पारेकाथिए ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top