Latest News

0

विभु अधिकारी

बारा, माघ २९ –
बाराको सिमरामा जारी म्याजिक मोमेन्टस् चौथो सिमरा गोल्डकप फुटबल प्रतियोगितामा संकटा क्बल सेमिफाईनल प्रवेश गरेको छ । आज सम्पन्न खेलमा आयोजक नव जन जागृति युवा क्लव सिमरालाई २–० गोलले हराउँदै ए डिभिजन क्लव संकटा सेमिफाईनल प्रवेश गरेको हो ।   संकटाका लागि विदेशी खेलाडी श्यामुयल आङग्यानोले खेलको २८ औं मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै इन्जुरी समयमा रितेश खड्काले अर्को गोल गरेर संकताको जित पक्का गरेका हुन् । घरेलु मैदानमा दुई जना बिदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजक टिम संकटा विरुद्ध खेलको दोस्रो हापमा आक्रमक बनेको थियो । पहिलो हापमा एक शुन्य गोल अन्र्तरलले पछि परेको आयोजकले खेलमा भने संकटालाई दबाबमा राख्न सफल भएको थियो । प्रतियोगिता मंगलवार पोखराको सहारा क्लब र हिमालयन शेर्पा क्लवबीच प्रतिस्पर्धा हुने आयोजक जनाएको छ । आजको खेलको म्यान अफ दि म्याच संकटाका ईब्राईम ओलसोला भएका थिए ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top