Latest News

0

अधिकारी विभु
बारा,
बाराको सिमरामा संचालित म्याजिक मोमेन्टस चौथो सिमरा गोल्डकपको मङ्गलबार सम्पन्न अन्तिम क्वार्टर फाईलन खेलमा हेमन गुरुङ्गको एक मात्र गोलले साहारा क्लब पोखरालाई पाखा लगाउँदै यति हिमालयन शेर्पा सेािफाईनलमा प्रवेश गरेकोछ । विजयी टीमले सेमिफाईनलमा सङ्कटासङ्ग प्रतिस्पर्धा गर्नेछ ।
   खेलको उत्तरार्धको २४ मिनेटमा म्यान अफ दी म्याच घोषित समेत भएका गुरुङ्गको गोल नै निर्णयक भएको थियो ।
   दुबै पक्षका खेलाडि वीछ बल खोसाखोसको स्थितिमा गुरुङ्गले करिव ३५ यार्ड परबाट प्रहार गरेको बल सहाराका सुमन गुरुङ्गको डाढमा छोएर किपर विशाल श्रेष्ठको अगाडि ड्रप भै उनलाई नाघेर जाली चुमेकोथियो ।विशालले बलको सही अनुमान गर्नबाट चुकेको प्रशिक्षक किरण श्रेष्ठले बताए ।
      हेम तामाङ्गका कर्नर किकलाई साहाराका आदित्य चौधरीले पुस गर्न नसक्दा गोल हुनबाट बचेकोथियो ।
  हिमालयनले पूर्वार्धमा लगातार तीन कर्नर किक हान्ने मौका पाएपनि सदुपयोग गर्न सकेका थिएनन् ।
 शुरु देखि नै तीव्र प्रतिस्पर्धा भए पनि खेलको उत्तरार्धमा दुबै पक्षले केही अवशर गुमाएपछि शुन्य गोलको स्थिति रहेकोथियो ।
  उत्तरार्धको शुरुमा नै हिमालयनका कप्तान पुकार गहतराजले सेण्टर देखि वन भर्सेज वन बाट बललाई विपक्षीको पेनाल्टी एरियासम्म पु¥याई गरेको कडा प्रहारलाई साहाराका किपर विशालले उत्कृष्ट तरिकाले बचाएकाथिए ।
  खेलको अन्त्यतिर साहाराले पाएको सुनौलो अवशर समेत गुमाउन पुगेकोथियो ।
 हिमालयनको पेनाल्टी जोनमा किपर विनय श्रेष्ठ अगाडि बढेको मौका छोपी खाली पोष्टमा साहाराका राजु आले मगरले प्रहार गरेको बल क्रसबारमाथिबाट बाहिरिएकोथियो ।
  हिमालयनका प्रशिक्षक मेघराज केसीले आफ्नो खेलाडीको शुरुमा तालमेल नमिलेका स्वीकार्दै साहाराको खेल राम्रो भएको बताए ।तर, पाएको अवशरको सदुपयोग सकेको उनले थपे ।
  साहाराका प्रशिक्षक किरण श्रेष्ठले खेलाडीले राम्रो खेले पनि पाएको थुपै्र अवशर गुमाउदाँ नियन्त्रणमा रहेको म्याच पनि हार्न बाध्य भएको बताए ।
 लक्ष्मी हुण्डाई मनाङ्गमस्र्याङ्दी र एमएनबी मछिन्द्र वीच पहिलो सेमिफाईनल खेल भोलि हुने आयोजकले जनाएकोछ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top