0

राज हमाल सुपरस्टार होइनन् स् कलाकार संघ

चलचित्र कलाकार संघले मानव तश्करीको आरोपमा भारतमा पक्राउ परेका कलाकार राज हमालको बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कलाकार संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाली चलचित्रका सुपरस्टार राज हमाल पक्राउ परेको भन्दै जुन किसिमले समाचारलाई सनसनिदार रुपमा प्रस्तुत गर्दै नेपाली कलाकारको मात्र हैन, नेपालकै छविमा नकारात्मक प्रभाव पार्ने अभिष्टले भारतिय संचारमाध्यमहरुले पितपत्रकारिता गरिरहेका छन्, त्यसप्रती संघ खेद प्रकट गर्दछ ।’तर एकजना नेपाली कलाकारमाथी लागेको मुद्दाप्रति संघ चिन्तित छ भन्दै बिना आग्रह पूर्वाग्रह मुद्दाको न्यायिक निरुपण होस् भन्ने चाहना कलाकार संघले राखेको छ । अध्यक्ष नबल खड्काले जारी गरेको विज्ञप्तीमा समाचार संप्रेषण गर्दा संयमता अपनाउन नेपाली संचारमाध्यमलाई पनि आग्रह गरिएको छ ।

Post a Comment

 
Top