जिल्ला विकास समिती बाराको २० औं जिल्ला परिषद्मा पत्रकारहरु सहभागी भएनन् ।
स्थानीय विकास अधिकारी चिरञ्जीवी भण्डारीले आर्थिक वर्ष २०७०÷०७१ को लागी एक अर्ब ७१ करोड ४७ लाख ४७ हजार रुपैयाको बजेट प्रस्तावित गरेका छन ।
माननीय जिल्ला न्यायधीश नीलकण्ठ उपाध्यायको प्रमुख अतिथ्यमा परिषदको उदघाटन सत्र सम्पन्न्न भएको हो । नागरिक समाज बाराका अध्यक्ष सुखप्रसाद चौधरी, पूर्व राज्य मन्त्री ज्वाला साह ,पूर्व सभासद शिवचन्द्र कुशवाहा ,रामचन्द्र प्यासी , नेकपा एमाले बाराका अध्यक्ष बलबीर चौधरी, नेपाली काग्रेसका गोपाल जैसवाल ,नेपाल मजदुर किसान पार्टी बाराका अध्यक्ष मुतmी यादव ,नेकपा संयुतm बाराका अध्यक्ष बिनोद प्रसाद चौधरी ,नेकपा माले बाराका राजेन्द्र सहनी,राप्रपा नेपाल बाराका अध्यक्ष रजनारायण साह ,मधेशी जन अधिकार फोरम नेपालका बच्चा यादव ,मधेशी जन अधिकार फोरम लोकतान्त्रीक बाराका अध्यक्ष ओमप्रकाश चौधरी ,मधेशी जन अधिकार फोरम गणतान्त्रकिका मुर्तुजा अंसारी ,सदभावना पार्टीका जियालाल ठाकुर , तराई मधेश लोकतान्त्रीक पार्टी बाराका प्रयाग यादव ,एकिकृत नेकपा माओबादी बाराका रामनारायण पाल , बारा उधोगबाणिज्य संघका अध्यक्ष बिनोद साह, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष लक्ष्मी साह लगायतकाले परिषदको सफलताको कामना गरेका थिए ।
Post a Comment