मेरो भूमिका प्रखर पार्ने दायित्व तपाई जनता जनार्दन कै हो
ज्ञानेन्द्र शाह, पूर्वराजा
नेपालका गाउँ ठाउँ घुमौं र नेपाली जनतालाई भेटौं भन्ने भावनाबाट म सदा प्रेरित रहेको छु । त्यसैले हिमाल, पहाड र तराई पूगेर देश दर्शन गर्ने अनि देशवासीहरुका सुख दुख बुझ्ने मेरो एक नियमित प्रक्रिया बनेको छ । यसैअनुरुप म अहिले जनक, सीता र बुद्धजस्ता अनेकौं सुपूज्य पात्रहरुको जन्मभूमिका साथै विद्या, बुद्धि र भगवत सिद्धि एवं अनेकौं मठ, मन्दिर र देवस्थलहरुले भरिपूर्ण रहेको तथा आफ्नै मौलिक धर्म, संस्कृति र ऐतिहासिक गौरव गाथा बोकेर फैलिएको नेपालको उर्वर भूमि तराईका केही जिल्लाहरुको भ्रमणमा संलग्न छु ।
भ्रमणका क्रममा देख्दै जाँदा, सुन्दै जाँदा र बुझ्दै जाँदा आम नेपालीले भोग्नुपरेको अहिलेको कठिन अवस्थाबाट सचेत नेपालीका साथ म पनि चिन्तित छु । नारा र योजना निकै उच्चखालका दिइए पनि धरातल र व्यवहारको प्रचलनमा हेर्दा आज उराठलाग्दो अवस्था देखिन्छ । त्यसैले हाम्रो आफ्नो राष्ट्र, हाम्रो आफ्नो क्षेत्र र हाम्रो आफ्नोपनको उच्चतम विकासका निमित्त हामी सबै चनाखो बन्नुपर्ने टड्कारो आवश्यकता मैले देखेको छु ।
हाम्रो यो सुन्दर नेपाल पुस्तौंदेखि सदा स्वतन्त्र, सार्वभौम रही आएको राष्ट्र हो । जो जहाँ रहे बसे पनि हामी सबै नेपाली हौं – नेपाली नेपाली वीचको एकता र नेपाली नेपालीहरुको आ-आफ्नो मौलिकतालाई हामीले कायम राख्नु पर्दछ । राष्ट्रको राष्ट्रिय विधि व्यवस्थाले कोही कसैलाई काखा पाखा गर्नु हुँदैन । हाम्रा विविध भाषा, हाम्रा विविध सनातनी धर्म, पद्धति, संस्कृती र रीतिरिवाज आधुनिक राज्य व्यवस्था तथा प्रविधिका कारण लोप हुनु हुँदैन । हामीले हाम्रो मौलिकता, विविधता र विशेषतालाई जगेर्ना गर्दै आ-आफ्नो क्षेत्र र समूदायबाट समावेशी भई राष्ट्रि्रय विकासमा जोड दिनुपर्दछ । सबै क्षेत्र, जात, जाति, वर्ण, धर्म, वर्ग, समूदाय सबैले यो सुन्दर नेपालरुपी वगैंचामा फल्ने फूल्ने मौका पाउनु पर्दछ, नेपालको परिचायक र मौलिकपन पनि यही नै हो ।
तराई लगायत मुलुकका विभिन्न भूभागबाट कामका लागि हाम्रा होनहार युवा तथा महिला समुदाय विश्वका विभिन्न देशमा कामको खोजीमा जाने क्रम बढ्दो छ । यसरी हाम्रो जनशक्तिको पलायन हुन नदिन र आ-आफ्नै ठाउँमा समुचित रोजगारीको व्यवस्था गर्न तथा विदेशिएकाहरुलाई स्वदेशमा नै फर्काएर आफ्नै ठाउँको विकासमा लगाउन विशेष पहल हुनुपर्ने देखिन्छ । त्यसैगरी हाम्रा चेलिवेटी र दिदीवहिनीहरुलाई शिक्षा, शीप, तालिम एवं विभिन्न आयमूलक इलमका काममा लगाई आत्मनिर्भर बनाउन पनि राज्यको ध्यान जानुपर्ने देखिन्छ । महिला एवं पिछडिएका जनसमुदायमा रहेको भेदभाव, थिचोमिचो र अवान्छित गतिविधि रोक्न पनि विशेष प्रयास हुनुपर्ने देखिन्छ ।
कुनै पनि स्थितिमा मान्छेले आफ्नो मानवीय मूल्य फाल्नु हुँदैन र आफ्नो राष्ट्रि्रय आदर्श र मौलिकपनलाई त्याग्नु हुँदैन । अतीतलाई एकहोरो सरापेर र पुराना कुरालाई उसै फेरेर मात्र कूनै फलदायी परिवर्तन आउने होइन । नाम, रुप, आकार र प्रकार बदल्दैमा एकाएक नविनताको श्रृजना हुँदैन । इतिहासका गल्ती सच्याउने, गलत गर्नेलाई सुधारको मौका दिने र सुधारोन्मुख बनाउन प्रेरित गर्ने अनि दूूरगामी सोच राखेर समयकोे प्रवाहमा विवेकपूर्वक अघिबढ्ने हाम्रो प्रयत्न हुनुपर्दछ । त्यसैले मुलुकलाई कसरी सही बाटोमा लैजाने, भएका भुलचुकलाई कसरी सच्चाउने र आम, जनअपेक्षित, निश्चित एवं निर्विवादित गन्तव्यमा पुग्ने भन्ने कुरामा हामीले गहिरो सोच राख्नै पर्दछ ।
नेपाली जनताले अब कुनै प्रकारको पूर्वाग्रहमा डोरिएर वा कसैवाट डराएर होईन, स्वयमं भित्रको अन्तरआत्मालाई बुझेर अघि सर्नु पर्ने आवश्कता मैले देखेको छु । आफ्नो ब्रम्हले देखेको राष्ट्र, सत्य र हाम्रो सामाजिक यथार्थलाई जनसमक्ष हामीले प्रस्तूत गर्नुपर्ने हुन्छ ।
जनताको यस्तो विवेकसम्मत, तर्कसंगत राष्ट्रिय प्रस्तुतीमा मेरो पनि सदाझंै सहयोग रहनेछ । हामी परस्पर मिलौं र मिलेर जाउँ – कोही कसैले कोही कसैलाई निषेध नगरौं र नेपाल राष्ट्रका सबै भूभागलाई – निरन्तर सपार्दै, सुधार्दै, बनाउंदै अघि बढौं । यही मेरो अन्तर्मनको चाहना हो ।
एक सचेत देशभक्त एवं राष्ट्रिय दायित्वप्रति ख्याल राख्ने चरित्रका रूपमा मेरो पनि अंह भूमिका हुने कुरा सबैमा विदितै छ । यसै आशयका साथ आफ्नो मातृभूमिप्रति र आम नेपाली जनताप्रति मैले आफ्नो कर्तव्य भुलेको छैन ।
हामी केही गछौर्ं र गरेर देखाउदछौं भनेर भन्नेहरुलाई अघि बढाएर विश्वासका साथ हामीले आ-आफ्नो तर्फबाट दायित्व निर्वाह गर्नु पर्दछ । मार्ग प्रशस्त गरिदिने र गरिदेउन् भन्ने आकांक्षाका साथ मद्दत गरिदिने हाम्रो राष्ट्रिय धर्म हो । तर, गर्न तम्सिनेहरु स्वयं राष्ट्रिय कर्तव्यबाट विमूख बन्छन् र हाम्रो विश्वासमा ठेस पूर्याउँछन् भने त्यस्तामा हाम्रो गहिरो ध्यान र समयको सही मूल्यांकन हुनूपर्दछ ।
हामी को हौं, के थियौं र आज कस्ता भयौं भन्ने कुराको हेक्का हामीले सदा सर्वदा राख्नुपर्दछ । अनि अब के गर्ने ? कसरी जाने ? भन्ने कुरामा निरन्तरको सजगता पनि हामी सबैको हुनुपर्दछ । जनता नै त्यो महान् शक्ति हो, जो सदा अजय हन्छ । तर, समय सन्दर्भलाई बुझेर विवेकका साथ सदैव जागरुक बन्ने काम भने जनताबाट हुनै पर्दछ । त्यस्तो आम जनजागरणको अवस्थामा मेरो राष्ट्रि्रय भूमिकालाई अझ बढी प्रखर पार्ने दायित्व पनि तपाई जनता जनार्दन कै हो । त्यस्तो अवसरमा नेपाली जनताको मन, मुटु र स्पन्दन आत्मसाथ गरेर मन, वचन र कर्मले राष्ट्र सेवाको महान् अभियानमा संलग्न हुन म मातृभूमिप्रति सदा समर्पित रहनेछु । एक जिम्मेवार राष्ट्रभक्तका रुपमा मैले यो भ्रमणमा पाएको अपार माया, श्रद्धा, स्नेह र स्वागतप्रति म तराईका प्यारा दाजुभाइ दिदीबहिनीहरुसंग कृतार्थ छु । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
(पूर्वराजा ज्ञानेन्द्रले जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहमा गर्नुभएको सम्बोधन)

Post a Comment