पासपोर्ट बनाउन दक्षिण एसियामा सबै भन्दा महँगो देश नेपाल,
परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट वितरणलाई सरल र सहज बनाउन ६८ जिल्ला र देशबाहिर रहेका ३२ वटा दूताबासमा लाइभ इन्रोलमेन्ट सेन्टर खोल्ने भएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता अर्जुन बहादुर थापाले छिट्टै नै लाईभ इन्रोलमेन्ट सेन्टर खोल्ने प्रक्रिया अघि बढाउने जानकारी दिए । इन्रोलमेन्ट सेन्टरका लागि करिब एक अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । सो सेन्टर खोलिएपछि इन्टरनेटको माध्यमबाट विवरण भरिएका पार्सपोर्टका फारम सेन्टरबाट सीधै राहदानी बिभागमा आउने छन् ।
जसका कारण राहदानी निर्माण र वितरणमा अहिले भईरहेको ढिलाई अन्त हुने बताइएको छ । दैनिक सात सय ५० राहदानी वितरण गर्ने क्षमता भएको विभागमा दैनिक एक हजारभन्दा बढी आवेदन पर्ने गरेको बताइएको छ । राहदानी विभागले एमआरपी वितरणबाट मात्रै दैनिक एक करोड रुपैयाँ राजश्व उठाइरहेको पनि जनाइएको छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार मन्त्रालयले १५ हजार रुपैयाँ राजश्व लिएर ४८ घण्टाभित्रै राहदानी दिने व्यवस्था पनि गर्न लागेको छ । सामान्यतः एमआरपीको लागि पाँच हजार रुपैया दस्तुर लाग्ने भएपनि सेवाग्राहीले १० हजार रुपैयाँ तिरेर ७ दिनमा राहदानी लिनसक्ने व्यवस्था रहेको छ ।
पासपोर्ट बनाउन दक्षिण एसियामा सबै भन्दा महँगो देश नेपाल हो। भने अन्य देशहरुले अत्यान्तै सस्तो-सुलब मुल्यमा जनतालाई पासपोर्ट उपलब्ध गराएका छन।
Post a Comment