– दुखाई कम गर्न लामो समय पेनकिलरको खानेहरुमा मुटुको समस्या बढी देखिएको छ। युके मेडिकल रिसर्च काउन्सिल र ब्रिटिस हर्ट फाउन्डेसनले गरेको अध्ययनले यस्तो परिणाम देखाएको हो। दुखाई कम गर्न प्रयोग हुने ब्रुफिन र डिक्लोपेन्सको धेरै प्रयोगले हर्ट अट्याकको सम्भावना बढी देखाएको हो। अध्ययनले धुमपानका अम्मली र शरीरको तौल धेरै भएकाहरुमा यसको प्रयोग अझ बढी खराव रहेको देखाएको छ। अध्ययनले देखाएको तथ्यांकअनुसार यसरी पेनकिलरको निरन्तर प्रयोग गर्नेहरु १००० मा तीन जना अतिरिक्त मुटुका रोगी फेला परे, चारमा पेटका समस्याहरु देखिए। अध्ययनले हजारमा ८ जनामा मुटुको समस्या प्रष्ट देखाएको छ। |
Subscribe to:
Post Comments (Atom)
Post a Comment