0
उमेर ढल्केपछिको गर्भावस्थामा जटिलता
उमेर ढल्केपछिको गर्भावस्थामा बढी समस्या स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूको विश्वव्यापी संस्था (फिगो) का अनुसार कुनै पनि महिला ३छ वर्षपछि पहिलो पटक गर्भवती भएकी छिन् भने त्यस्तो गर्भलाई जोखिमपूर्ण मान्नुपर्छ । यस्तो परिस्थितिमा गर्भ राम्रो नै हुन्छ भन्ने निश्चित छैन । ढिलो गरी विवाह गर्नाले वा विवाह गरे पनि केही वर्ष बच्चा नपाउने योजना बनाउनाले वा अन्य विविध कारणले गर्भधारण ढिलो हुन सक्छ । तुलनात्मकरूपमा शहरी क्षेत्रमा ढिलो विवाह गर्ने चलनले यस्तो समस्या बढ्दो छ ।
उमेर ढल्केपछिको गर्भावस्थामा गर्भ तुहिने, उच्च रक्तचापको समस्या बढी देखिने, व्यथा नलाग्दै साल छुट्टिने, पाठेघरमा मासु पलाउने, बढ्दो उमेरसँगै मधुमेह, मुटुको समस्या देखा पर्ने, समयमै व्यथा नलागी महिना नाघ्ने, गर्भेशिशुको वृद्धि कम हुने सम्भावना बढी हुन्छ । त्यस्तै महिना नपुग्दै व्यथा लाग्ने, प्रसवको क्रममा सुत्केरी व्यथा लामो हुने, आमा तथा गर्भेशिशुलाई सकस हुने, शल्यक्रियाजन्य उपचार बढ्ता चाहिने, सुत्केरीपछि साल अड्किने सम्भावना पनि बढी हुन्छ । सुत्केरीपश्चात् शल्यक्रियाजन्य उपचारका जटिलता थपिने, आमाको दूध उत्पादनमा खराबी आई स्तनपान सफल नहुने, सुत्केरीपछिको समयमा उच्च ज्वरो आउने तथा संक्रमण हुने सम्भावना पनि उत्तिकै बढी हुन्छ ।
यसको अलावा उमेर ढल्केकी गर्भवती महिलामा रोगव्याधि लाग्ने तथा मातृमृत्यु हुने सम्भावना तुलनात्मकरूपमा बढी नै हुन्छ । महिना नपुगी प्रसव हुने कारणले कम तौलको बच्चा जन्मिने, वंशाणु अंशमा गडबडी आई जन्मजातरूपमा शारीरिक विकलाड्ड देखा पर्ने पनि बढ्ता सम्भावना हुन्छ । यसका साथै उमेर ढल्केकी महिलामा गरिने शल्यक्रियाजन्य उपचारका कारण नवजात शिशुको मृत्यु हुने सम्भावना त्यत्तिकै बढी हुन्छ ।
गर्भावस्था तथा प्रसवका क्रममा महिला तथा शिशुमा देखा पर्न सक्ने जटिलताका कारण उमेर ढल्केकी महिलाको गर्भवती अवस्थालाई उच्च जोखिम मानिन्छ । अनुभवी विशेषज्ञ डाक्टरको निगरानीमा रही नियमितरूपमा गर्भवती जाँच र ल्याब परीक्षण गराउनुपर्छ । यस्तो खालकी महिलाको सुत्केरी स्वास्थ्यकर्मीकै निगरानीमा अस्पतालमै गराउनुपर्छ । सुत्केरीपछिको समयमा पनि थप हेरचाह पुर्याउनुपर्छ ।
धेरै बच्चा पाएपछि गर्भावस्थामा हुन सक्ने समस्या सानो परिवारको अवधारणाअनुसार एक वा दुई मात्र बच्चा पाउनु राम्रो हुन्छ । शहरी क्षेत्र तथा शिक्षित दम्पतीहरूमाझ कमै बच्चा पाउने चलन भए पनि ग्रामीण तथा दुर्गम भेगमा चेतनाको कमी, स्वास्थ्य सेवाको अभाव, इच्छाशक्तिको कमी तथा छोरा नै पाउनुपर्ने लोकाचारका कारण बढी बच्चा पाउने चलन अहिले पनि छ । कुनै पनि महिलाले चार वा बढी बच्चा (जीवित) पाइसकेकी छिन् भने पनि यसलाई जोखिमपूर्ण मानिन्छ ।
अस्पतालमा गर्भावस्था तथा सुत्केरीका कारण हुने महिलाको मृत्युको करिब १० प्रतिशत तथा मातृमृत्युमध्ये एक तिहाइ कारण बढी बच्चा पाउनुसँग सम्बन्धित छ । त्यसैले पनि बढी बच्चा पाइसकेकी गर्भवती महिलाको हेरचाहमा बढी ध्यान पुर्याउनुपर्छ ।
बढी बच्चा पाइसकेकी महिलाको गर्भावस्थामा गर्भ तुहिने, बच्चाको बसाइ उल्टो वा गलत हुने, जुम्ल्याहा वा तिम्ल्याहा बच्चा हुन सक्ने, साल गलत ठाउँमा बस्ने समस्या आउन सक्छ । रक्तअल्पता, उच्च रक्तचाप, मुटुको क्षमतामा गडबडी, मलद्वार एवम् पिँडौलामा नसा फुल्ने, महिना नपुग्दै व्यथा लाग्ने समस्या आउन सक्छ ।
यसै गरी यस्ता महिलामा प्रसवको क्रममा गर्भेशिशुको गलत बसाइका कारण नाल पहिला निस्कने, गर्भको संख्यासँगै तुलनात्मकरूपमा गर्भेशिशुको तौल बढ्दै जाने, योनिद्वार हुँदै प्रसव हुने सम्भावना कम हुने, प्रसव व्यथा कष्टकर हुने, शल्यक्रियाजन्य उपचार चाहिने, प्रसवपछि अधिक रक्तश्राव हुने तथा बेहोस हुने समस्या आउन सक्छ । कमजोर शारीरिक अवस्था, रक्तअल्पता, प्रसव व्यथासँगै पाठेघर च्यातिएको पत्ता लाग्न नसकेर बेहोस हुने सम्भावना हुन्छ । सुत्केरीपछि पनि पाठेघर राम्ररी नखुम्चिने, स्तनपान सफल नहुने, पाठेघर तथा योनिद्वारको संक्रमण बढ्ने, उच्च ज्वरो आउने पनि हुनसक्छ ।

Post a Comment

Top