0

सडक बालबालिकाको पीडामा आधारित ‘दीप’ गीति सङ्ग्रह विमोचित


 आमाबाबुको मायाबाट टाढिएका सडक बालबालिकाको पीडालाई समेटेर तयार पारिएको गीति सङ्ग्रह ‘दीप’को आज विमोचन गरिएको छ ।
गायक दीपक अछामी ‘एसी’ले सङ्ग्रह बिक्रीमार्फत आएका सम्पूर्ण रकम सडक बालबालिकाको उत्थानमा लगाउने जानकारी दिनुभएको छ ।
सानै उमेरमा आमाबाबुको मायाबाट वन्चित अछामीले सडक बालबालिकाको पीडालाई समेटेर गीत तयार पार्नुभएको हो । उक्त सङ्ग्रहमा छ वटा श्रव्यदृष्यसहितका रचना समेटिएको छ ।
गीति सङ्ग्रहको विमोचन राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानले गर्नुभएको थियो । हाल नेपालका विभिन्न सहरमा पाँच हजार बालबालिका सडक रहेको बताइन्छ ।

Post a Comment

 
Top