0
पुकार्ने गरेका भाका अनि छन्दछन्द याद छन् ।।
रसिला मुस्कानहरु उनका मन्दमन्द याद छन् ।।

मिलन अभूतपूर्व हुन्थ्यो अनि साथ नि गजबको,
सन्तुष्ट भै चिम्लेका आँखा बन्दबन्द याद छन् ।।

प्रतिकुलतामा कहिल्यै सुवास छर्दैन त समयले,
अभावमा पिल्सिंदाका अझै गन्धगन्ध याद छन् ।।

केही जिजीविसाका लागि केही अभिरुचीका लागि,
विच्किएर गरिने विवादका व्दन्दव्दन्द याद छन् ।।

विवेक अपांग थिएन अपितू सबै ज्ञात पनि छैन,
अविस्मरणीय छटाहरु पनि धुन्धधुन्ध याद छन् ।।

Post a Comment

 
Top