जेलभित्र मोबाइल छिराउँदै गर्दा विरालो पक्राउ
रुसको एउटा जेलका सुरक्षाकर्मी त्यतिबेला हैरान भए जब उनीहरुले एउटा बिरालोले जेलभित्र प्रतिबन्धित सामाज लैजाने प्रयास गरिरहेको अवस्थामा फेला पारे ।
रुसको उत्तरी राज्य कोमीको जेल सेवाले आफ्नो वेभसाइटमा विरालोलाई राजधानी सिकटिफकारको जेलको कोलनी नम्बर–१ मा मे ३१ का दिन हिरासतमा लिएको उल्लेख गरेको छ। रुसको निजी क्षेत्रको समाचार समिति इन्टरफ्याक्सका अनुसार जेलका सुरक्षाकर्मी जतिबेला गस्तीमा थिए तब उनीहरुले एउटा विरालो जेलको दिवार नाघ्ने प्रयास गरिहेको थियो । यो देखेपछि सुरक्षाकर्मीलाई नियन्त्रणमा लिए ।
सुरक्षाकर्मीले कालो र सेतो रङ्गको विरालोको ढाडमा टेप लगाएर दुई मोबाइल फोन, त्यसको ब्याट्री र चार्जर बाँधेको अवस्थामा फेला पारे ।
कोमी राज्इ जेल सेवाले आफ्नो वेभसाइटमा यो विरालोको तस्वीर पनि सार्वजनिक गरेको छ । तस्वीरमा एक सुरक्षाकर्मीले विरालोको गर्धनमा समातेको देखाइएको छ । विरालोको ढाडमा मोबाइल बाँधिएको छ । जेल प्रशासनका अनुसार प्रतिबन्धित वस्तु जेलभित्र लैजाने कयौ प्रयास यसअघि पनि विफल भइसकेको छ। तर, विरालोले सामान ओसारेको यो घटनाले सबैलाई आश्चर्यमा पारेको छ ।
जेल इतिहासमा यस्तो घटना कहिल्यै नभएको अधिकारीहरुको भनाइ छ । जेल निर्देशालयले पछिल्लो समय देखिएको कैदीको कल्पनाशीलता देखेर अचम्ममा परेको जनाएको छ। यसअघि यसरी नै भर्जिन मैरीको एउता प्रतिमामा लुकाएर लगिँदै गरेको मोबाइल फोन, सिमकार्ड र मेमोरी कार्ड बरामद गरिएको थियो ।

Post a Comment