परिवार नियोजनका साधनको माग बढ्दै
नेशनल युनिभर्सिटी अफ सिंगापुरका अनुसन्धानकर्ताहरुको टोलीले १५ देखि ४९ वर्ष उमेर समूहका महिलामा परिवार नियोजनका साधनको प्रयोग बारेमा अनुसन्धान गरेको थियो । १९४ भन्दा बढी देशमा विगत दुई दशक यता परिवार नियोजनका साधन प्रयोगसम्बन्धी तथ्यांक उनीहरुले मूल्यांकन गरेका थिए । जसअनुसार सन् १९९० देखि २०१० सम्म १५ देखि ४९ वर्ष उमेर समूहका महिलामा परिवार नियोजनका साधनको प्रयोग दर ५३ प्रतिशतबाट बढेर ६३ प्रतिशत पुगेको छ । सोही साधनमा पहुँच नहुनेको दर १५ बाट घटेर १२ पुगेको देखिन्छ ।
विश्वमा सन् २०१० मा परिवार नियोजनका साधनको माग लगभग ९० करोड थियो र सन् २०१५ मा त्यो बढेर ९६ करोड २० लाख हुने अनुमान गरिएको छ । यसमा मुख्यरुपमा जनसंख्या वृद्धि नै कारक हुनेछ ।
विश्वमा परिवार नियोजनका साधन प्रयोगमा वृद्धि सबैभन्दा बढी दक्षिण एसिया तथा पूर्वी, उत्तरी र मध्य अफ्रिकामा भएको छ । तथापि अप्रिकाका दुई क्षेत्रमा सन् २०१० मा परिवार नियोजनका साधनको प्रयोग कम देखिएको छ । जहाँ २० प्रतिशतभन्दा कम विवाहित महिलाले परिवार नियोजनका साधन अपनाए । सन् २०१० मा मध्य, पूर्वी र पश्चिमी अप्रिकामा १४ करोड ६० लाख विवाहित महिलासँग परिवार नियोजनका कुनै पनि साधन पहुँच थिएन ।
Post a Comment