२ करोड धरौटी नबुझाएपछि ‘डन’ परशुराम जेल चलान
बस्नेतले भने–अन्याय भयो, सर्वोच्च जान्छु
२७ जेठ, विशेष अदालतले गुण्डागर्दी गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका ‘डन’ परशुराम भनिने कृष्ण बस्नेतसँग २ करोड धरौटी मागेको छ । अदालतले मागेको धरौटी बुझाउन नसकेपछि बस्नेतलाई जगन्नाथ देवल जेल चलान गरिएको छ ।
अदालत परिषरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले आफूले साधारण तारेखमा रिहा हुने अपेक्षा गरेको भएपछि धरौटी मागेपछि आफूलाई अन्याय भएको बताए । उनले विशेषको आदेशविरुद्ध सर्वोच्च अदालत जाने बताए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले परशुरामसहितका ५ डनविरुद्ध जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । एमाले नेता केपी ओली निकट युवा संघका नेता बस्नेतविरुद्ध विभागले ११ करोड ६१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ विगो दावी गरिएको छ । साथै परशुराम र उनकी श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको रकम, शेयर, सवारी साधान र घरजग्गा जफत गर्न माग गरिएको छ ।
फोरम लोकतान्त्रिकका नेता समेत रहेका डन गणेश लामा, दिपक मनाङ्गे र अभिषेक गिरी फरार छन् भने चक्रे मिलन लागू औषधको मुद्दामा डिल्लीबजार कारागारमा छन् ।
Post a Comment