अन्धकार र महिलाहरुको यौन जीवन
लण्डनमा गरिएको एक अनलाइन सर्भेक्षणबाट अन्धकारमा यौन क्रिया मन पराउनुको रहस्य खुलेको छ। ८०० महिलामा गरिएको सर्भेक्षणमा ६० प्रतिशत महिलाले अंधेरोमा गरिने यौन कार्य मन पराएका थिए । यसको कारणका लागि जुन तर्क प्रस्तुत भएको छ निकै हैरानीपूर्ण छ। यी ६० प्रतिशत महिलाले अंधेरोमा गरिने सेक्स यस कारण मन पराएका थिए कि आफ्नो नराम्रो फिगर आफ्नो यौन साथीले ठिकसंग नदेखोस्। यो सर्भेमा पाका महिलाहरुलाई पनि सामेल गराइएको थियो।
सर्भेक्षणमा ७३ प्रतिशत महिलाले बढी वजन बढेका कारण भरपुर यौन आनन्द लिन नपाएको बताएका थिए । जबकि ६९ प्रतिशत महिलाको विचारमा बढ्दो उमेरसंगै यौन चाहना समाप्त हुंदै जान्छ । यो उमेरमा यौन चाहना भए पनि अंधेरोमा यौन सम्पर्क गर्नुलाई उनीहरुले मन पराउने गर्दछन्।
सर्भेक्षणमा केही महिलाले उपयुक्त यौन जीवन बिताउन चाहनेले मियमित व्यायम गर्नुपर्ने सल्लाहसमेत दिएका छन्। बढीभन्दा बढी पोषक तत्व खानु, कोलेस्टोल र ब्लड सुगर नियन्त्रणमा राख्नु पनि सुखद यौन जीवनका लागि महत्वपूर्ण सावित हुने गर्दछ ।
Post a Comment