विभु अधिकारी,बारा
४ साउन
छिमेकी जिल्ला पर्साको मुसौली ६ बाट तीन बोरा गाँजा र एक थान पेस्तौल सहित श्यामबाबुसाहलाई राति १ बजे पक्राउ गरेर ल्याएको विरोधमा छोड्नुपर्ने माग राख्दै सात वटा ट्रयाक्टरमा आएका करिव एक सय जनाले बाराको पथलैया स्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रवाहिनी र प्रहरी चौकी घेराउ गर्दै नारा जुलुस गरेकाछन् ।
राजनैतिक चलखेलको कारण श्यामबाबुको घरमा गाँजा राखेर फसाएकोले छुटाउन आएको घेराउ गर्न आएकी मुसौलीकी सीमादेवीले बताईन् ।
उनीहरुका अनुसार मधेशी जन अधिकार फोरम नेपालका स्थानीय नेताले व्यक्तिगत रिसिईवीका कारण प्रहरीको सहयोगमा श्यामबाबुलाई फसाएको हो ।
प्रहरी प्रयोग गरेर मान्छे फसाउन खोजेको ले छोड्नुपर्ने छोटेलाल यादवले बताए ।फसाउन चलखेल गर्नेलाई पपनि कार्वाही गर्नु पर्ने माग यादवले राखे ।
े पक्राउ परेका आरोपी श्यामबाबुसाहलाई पर्सा जिल्ला प्रहरी कार्यालय वीरगञ्जमा जिम्मा लगाउन सशस्त्र रुद्रवाहिनीले प्रहरी जीपमा लैजान खोज्दा घेराउ गर्न आएका मुसौलीका स्थानीयले
मुख्यालय गेटमा नै नारा जुलुस गर्दै घेराउ गरेपछि जीप मुख्यालय नै फर्काउन बाध्य भएकोथियो ।
मधेशी जन अधिकार फोरमका स्थानीय नेता ले आफ्नो नेतालाई फसाएको विन्दिया देवीले बताईन् ।
आरोपको छानविन गर्ने काम पर्सा प्रहरीको भएकोले श्यामबाबुलाई छोड्न नमिल्ने रुद्रवाहिनीका प्रमुख सशस्त्र नायब महानिरिक्षक महावीर गुरुङ्गल फोनबाट बताए ।
पछि प्रहरी फोर्स सहित आरोपी श्यामबाबुलाई पर्सा प्रहरीकहाँ बुझाउन वीरगञ्ज लगेपछि मुसौलीवासीपनि वीरगञ्ज तर्फ लागेकाथिए ।
त्यसैगरी बाराको अमलेखगञ्जमा पनि असई मोहन यादवले धम्की र कुटपिटबाट त्रसित बनाएको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय नारा जुलुस सहित घेराउ गरेकाछन् ।
े कुटपिटबाट घाईते भएका स्थानीय अमर खड्काले असई यादवले मदिरा पिएर आफ्नो विना गल्ती पनि एक घण्टासम्म कुटपिट गरेको बताए ।
अमर निर्दोष भएको बताउदाँ बाठो भएको होस् भन्दै आफूलाई पनि कुटपिट गरेको अर्का घाईते रोशन श्रेष्ठले बताए ।
जुलुसको नेतृत्व गरेका पूर्व गाविस अध्यक्ष भरत घलेले आफूले जागिर खाएको भए १० वटा फुली लगाउन सक्ने क्षमता भएको दावी गरेपनि प्रहरी प्रशासनमा त्यस्तो पदको व्यवस्था गरेकोछैन ।
घलेले भने–प्रहरीले शान्ति सुरक्षाभन्दा गुण्डा गिरी गर्न थालेकोले हटाउन पर्ने बताउँदै जनताको नोकर भएको बताए । उनले आवेगमा आएर पूर्व राजा ज्ञानेन्द्रलाई पनि अश्लिल शब्द प्रयोग गर्न हिच्किचाएनन् ।
उनलेभने–न्याय दिन नसक्ने असईलाई त के कुरा साला ज्ञानेन्द्रलाइ समेत भगाएको दावी गरे ।
असई यादवको काम शान्ति सुरक्ष भन्दा पैसा कमाउन तर्फ केन्द्रित भएको स्थानीयको आरोप थियो ।
रक्सी बनाउने,तेल ट्याङ्कर,काठ तस्करसङ्ग रकम असुल्न अरुलाई कुटपिट गर्दै हिडेको स्थानीय केन्द्र गुरुङ्गले बताए ।
प््राहरीले आधिकारिक रुपमा बोल्न चाहेन । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक जयराम कुईकेलले एक हप्ता भित्र निर्णय गर्ने जानकारी दिएपछि घेराउ कार्य बन्दभएको थियो ।
Post a Comment