एक महिलाले नागरिकता निकाल्दै, विहे गर्दै अँश माग्दै कस्तो अचम्मको धन्दा?
साउन ०३,
एक महिलाले नाम परिवर्तन गरेर तीनवटासम्म नागरिकता लिएको खुलेको छ । विवाह भइसकेकी तीन महिलाले नाम र थर परिवर्तन गरी अविवाहिता भउको नागरिकता निकालेर पुनः विवाह गरेकी छिन् । उनले विवाह गर्दै अंश माग्ने गरेकी छिन् ।
दिमाग-७ की छोरी तारा भनिने हरिकला झाँक्रीले दुईवटा नाममा नागरिकता निकालेकी हुन् । उनले २ जेठ ०६४ मा पल्लकोट १ का लिबहादुर झाँक्रीको श्रीमतीका रुपमा ४११०१७/६५७१११ नम्बरको नागरिकता बनाएकी थिइन् । उनले त्यसपछि ६ कात्तिक ०६५ मा अविवाहिताका रुपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी ८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेको छ ।
उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरक फरक रहेको छ । हरिकला नामको पहिलो नागरिकतामा जन्ममिति २७ चैत ०४० उल्लेख छ । गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा २७ चैत ०३८ उल्लेख छ । डेढ बर्षको अवधिमा गुल्मी जिल्ला प्रशासनबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर छ । नागरिकता बनाउने प्रयोग गरेका कागजपत्र पनि उनले फरक फरक उल्लेख गरेकी छन् ।
पहिलो श्रीमानको मृत्यु भएपछि सम्पूर्ण जग्गा आफ्नो नाममा सारी दोस्रो श्रीमानको काठमाण्डौंमा रहेको जग्गा पनि आफ्नो नाममा नामसारी गराइदिन माग गरेपछि बढेको विवादका कारण उनीसँग तीनवटा नागरिकता रहेको खुलासा भएको हो ।

Post a Comment