0

गणेश लामा जेल जाने नजाने निर्णय हुँदै!गणेश लामा

गणेश लामा
 सम्पत्ति शुद्धिकरणको अभियोग लागेका गुण्डा नाइके गणेश लामा विशेष अदालतमा हाजिर भएका छन्। बिशेष अदालतले दिएको म्याद नघाएर बुधबार अदालत पुगेका लामाको बयान भइरहेको छ। बयान पछि आजै थुनछेक बहश हुने विशेष अदालतका रजिष्टार धीरवहादुर चन्दले जानकारी दिनुभयो। विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे, मोहनरमण भट्टराई र भुपेन्द्रपसाद राईको संयुक्त इजलासमा लामाको थुनछेक बहश हुनेछ।
दुवै पक्षका कानुन व्यवसायीको बहसपछि लामालाई धरौटीमा रिहा गर्ने वा थुनामा पठाउने निर्णय हुने रजिष्टार चन्दले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लामा लगायत अन्य पाँच जना गुण्डा नाइके बिरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्धा दर्ता गरेको थियो। लामालाई २७ करोड १ लाख ६१ हजार विगो असुल उपर हुनुपर्ने माग गर्दै विभागले मुद्धा दायर गरेको थियो। लामा मधशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य रहेका छन्।
यसअघी अबैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा चलाइएका गुन्डा नाइके पर्शुराम बस्नेत विशेष अदालतले मागेको धरौटी रकम २ करोड बुझाएर केहि दिन जेल बसेर रीहा भएका थिए। जेलमा रहेका चक्रे मिलन बिशेष अदालतले मागेको धरौटी नबुझाइ जेलबाटै मुद्धा लडिरहेका छन्। लामा अदालत पुग्ने तेस्रो गुण्डा नाइके हुन्। गुण्डा नाइके दिपक मनाङगे र अभिषेक गिरी अझै अदालत उपस्थित भएका छैनन्।

Post a Comment

 
Top