आधा आकाश ढाकेका छौँ
भगवती बस्नेत
आधा आकाश ढाकेका छौँ सचेत भइ उठौँ नारी
कुसंस्कार र कुरीतिको बिरुद्दमा जुटौँ नारी
समता र समानताको खोजी आफैँ अधिकार
कैदी जस्तो बाँच्ने हैन जन्जीरबाट छुटौँ नारी
ताल जस्तो जम्ने होइन नदी जस्तै बग्दै बग्दै
अनावृर्ष्टि खडेरीमा मूल भइ फुटौ नारी
हिड्दै जाँदा यात्रातिर बाटो छेक्लान काँडाहरु
नडराई काँडाबीच फुल्ने अवसर लुटौ नारी
फुल्न नदिई मानवता मार्छन भने सम्बेदना
शोषण गर्ने सामान्तिलाई एकएक गर्दै चुटौ नारी
बल्खु-१४, काठमान्डौ । हाल – इजरायल

Post a Comment