भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफमा उनले यस्तो स्वीकारोक्ति गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् ।
शर्माले संसारको जुनसुकै कुनाबाट प्रयोग गर्नसकिने विद्युतीय माध्यम इन्टरनेटमा सजिलै उपलब्ध सामाजिक सन्जालमा लेखेकै भरमा आफ्ना नागरिकलाई देश निकालासम्मकै कदम उठाउन कतारी सरकारलाई औपचारिक आग्रह गरेकी थिइन् । त्यसबारे उनले नेपालको परराष्ट्र मन्त्रालयलाई पूर्व जानकारीसमेत गराएकी थिइनन् ।
मन्त्रालयले सोधेको स्पष्टिकरणमा पूर्व जानकारी किन नगराएको भनेरसमेत सोधेकोमा उनको जवाफी पत्रमा त्यसबारे केही उल्लेख छैन । राजदुत शर्माले जवाफी पत्रमा भेटवालद्धारा सामाजिक सन्जालमा पोष्ट गरिएका ‘आपत्तिजनकु वाक्यहरु पनि संलग्न गरेकी छिन् । ‘वर्षौंदेखि आफ्नै देशका शासक प्रशासकबाट ठगिंदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्,’ एउटा वाक्य यस्तो छ । अन्य वाक्यमा नेपालीको शीर झुकेको, नेपाली मजदुरले आत्मदाहसमेत गरेको रालगायतका प्रसंग छन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरु शर्माको जवाफ पढ्दा उनले भेटवाललाई व्यक्तिगत रिसइवीका कारण कतारबाट निकाला गराउन खोजेको प्रष्ट बुझिने उल्लेख गर्छन् । ‘सामाजिक सन्जालमा मानिसले जिम्मवार ढंगले आफ्नो मनमा लागेको कुरा लेख्न सक्छ । त्यसमाथि उनले सामाजिक सन्जालमा लेखेको भनेर उल्लेख गरिएका वाक्यहरु पढेर कोही आत्मदाहका लागि प्रेरित हुने भन्ने तर्क पनि हावादारी छ,’ उनीहरु भन्छन् ।

Post a Comment