0

टाइसन गे र पावेल डोपिङ टेष्टमा असफल

३१ असार,  अमेरिकी धावक टाइसन गे र जमैकाका असाफा पावेल डोपिङ टेष्टमा असफल भएका छन् । टाइसन १ सय मिटर दौडमा विश्वका दोस्रो तिव्रगतिका धावक हुन ।
tyson gay n asafa powell
गत मे मा लिइएको ए नमूनाको परीक्षणमा प्रतिवन्धित पदार्थका लागि पोजेटिभ पाइएको अमेरिकी एन्टी डोपिङ एजेन्सीले बताएको छ । उनी बी नमूनाको नतिजाको पर्खाइमा छन् । यद्यपि उनले आगामी महिना मस्कोमा हुने एथलेटिक्सको विश्व च्याम्पियनबाट नाम फिर्ता लिएका छन् ।
आफूले विश्वास गरेकाबाटै धोका भएको बताएका उनले कसले धोका दियो भन्ने केही खुलाएनन् । आगामी दिनमा आफू फेरि दौडिन सफल हुने विश्वास व्यक्त गरेका उनले आफूलाई हुने सजाय स्वीकार गर्ने बताए । २०११ म एक अपरेशनपछि झण्डै एक वर्ष दौडमा भाग नलिएका उनको प्रदर्शन यो वर्ष भने सानदार थियो ।
यस्तै १ सय मिटरका पूर्व विश्व कीर्तिमानी धावक असाफाले भने गत जूनमा जमैकैन च्याम्पियनसिपका क्रममा प्रतिवन्धित औषधी सेवन गरेको पाइएको छ। उनले भने जानेर नियम उल्लंघन गर्ने औषधी सेवन गरेको अस्वीकार गरेको छन् ।
२००८ मा उसेन्ट बोल्टले १ सय मिटरमा नयाँ कीर्तिमान बनाउनु पूर्व यो विश्व रेकर्ड असाफाको नाममा थियो । अहिले पनि विश्वका तिव्रगतिका चार धावकमा एक हुन् । उनी २००८ को बेइजिङ ओलम्पिकको ४ सय मिटर रिले दौडमा स्वर्ण जित्ने टोलीमा थिए । यस वर्ष १ सय मिटर दौड ९.८८ सेकेन्डमा पूरा गरेका उनले अब विश्व च्याम्पियनमा भाग लिन असफल भएका छन् ।
जमैकका अर्का धावक शिरोन सिन्पसन पनि डोपिङ टेष्टमा असफल भएका छन् । उनले गत वर्ष भएको लण्डन ओलम्पिकको ४x४०० मिटर दौडमा रजत पदक जितेका थिए ।

Post a Comment

 
Top