0

नेपाली पहिचानका लागि अमेरिकी सडक महोत्सवमा सहभागिता
1017092_10201268466067284_2048353354_n
 २१ साउन ।
     क्यालिफोनिर्याका लागि नेपाली पर्यटन दूत अनिल पाण्डे र मदरल्याण्ड नेपाल परिबार शनिबार र आइतबार सनफ्रान्सिस्कोमा नेपालको कला, संस्कृति र भेषभुषा झल्काउने सडक महोत्सवमा सक्रिय रह्यो ।
एक जापानी संस्थाले आयोजना गरेको सडक महोत्सवमा नेपाली लोक सांगीतिक कार्यक्रमका साथ नेपाली परिबार महोत्सवमा सहभागी भएको हो ।
‘पर्यटन बोर्डले मलाई यस क्षेत्रका लागि पर्यट प्रवद्र्धन प्रतिनिधि तोकेका कारणले मलाई कार्यक्रम गर्न सहज भयो, विगत वर्षहरुमा पनि यस्ता कार्यक्रम नगरेको होइन, तर सरकारको प्रतिनिधिका रुपमा काम गर्दा भिन्न अनुभव सँगाल्न पाइयो’ नेपाललाई चिनाउने पर्चा हातमा लिएर पाहुनाहरुलाई वितरण गर्न व्यस्त पाण्डेले भने ।972102_10201268468107335_1097501143_n
पर्यटन बोर्डले नेपालको परिचय दिने र नेपाल आउन विदेशी पर्यटकलाई आमन्त्रण गर्ने व्यहोराका साथ तयार पारेको पर्चा हातमा लिएका पाको उमेरका एक अमेरिकीले प्रतिक्रिया जनाए, ‘अब मेरो जीवनको नयाँ लक्ष्य थपियो, म एक पटक नेपाल नगई मर्दिनँ’ ।
नेपाली सडक महोत्सव निहोनमाची सडक किनारमा आयोजना गरिएको थियो । त्यहाँ तयार पारिएको मञ्चमा बहुपक्षीय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरियो । हवाई, जापानी र अन्य मुलुकका सांगीतिक प्रस्तुति पनि समावेश गरिएको सो महोत्सवमा शनिबार बिहान ११ बजेदेखि मानिसको भीड लागेको थियो ।
563005_10201268463907230_822937636_nचिनिया सिंह नृत्य अर्थात वेस्ट कोस्ट लायन डान्सबाट प्रारम्भ भएको कार्यक्रममा बेन आहन, नेपाली लोक नृत्य, हवाई नृत्य, फिलिपिनो नृत्य, उकुलेनीलगायतका सांगीतिक कार्यक्रममा सहभागी रमाएका थिए ।

Post a Comment

 
Top