Latest News

0
बलात्कार पीडित किशोरी अस्पतालमा
1499842241_67591c00f2_m
 २६ साउन । 
    भिनाजु नाता पर्ने युवकबाट बलात्कृत एक किशोरी क्षेत्रीय अस्पतालको शय्यामा छटपटाइरहेकी छन् ।
साउन २२ गते मंगलबार फुपुकी छोरी (दिदी) को घर कोहलपुर जाने क्रममा बलात्कृत भएकी १५ वर्षीया किशोरी अस्पतालको शय्यामा छिनछिनमा बेहोस् हुने र अत्तालिने गरेकी छिन् ।
दिदीले फोनबाट नेपालगञ्ज घुमाउँछु आऊ भनेपछि ससुराली आएका भिनाजु चन्द्रनाथ योगीसँगै कोहलपुर जान लागेकी पोखरीकाँडाकी किशोरीलाई सोतखोलाको जंगलमा योगीले बलात्कार गरेका थिए ।
मोटरसाइकलमा भिनाजुसँगै गएकी किशोरीलाई सोतखोलामा मोटरसाइकल रोकेर जंगलमा लगेर बलात्कार गरेका थिए । ‘मोटराइकलमा चढेदेखिनै भिनाजुले अस्लिल शब्दहरु बोल्न थालेका थिए’ पीडित किशोरीले भनिन्,– ‘सोतखोलामा पुगेपछि मोटरसाइकल रोकेर जवर्जस्ती हात समाउँदै जंगलमा लिएर गएर इज्जत लुटे ।’ उनले बाटोमा अश्लिल शब्द बोल्न थालेपछि आफू कोहलपुर नजाने भन्दै झर्न खोजेपनि भिनाजुले झर्न नदिएको बताइन् ।
अभियुक्त योगी फरार छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top