1

जेलमा बिर्सिएका विद्यार्थीलाई ३९ करोड क्षतिपूर्ति

 १७ साउन । अमेरिकाको क्यालिफोर्नियाका एक विद्यार्थी जेलमा बिर्सिएपछि अमेरिकी सरकारले उनलाई करिब ३९ करोड रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ । यहाँको लागूऔषधसम्बन्धी निकाय (डीईए) ले सान डियागोका ड्यानिल चोङलाई पाँच दिनसम्म जेलमा भुलेपछि उनकी वकिलले यति ठूलो रकम क्षतिपूर्ति माग गरेकी हुन् । ‘यो अविश्वनीय र कल्पनै गर्न नसकिने खालको गल्ती हो,’ उनकी वकिल जुलिया युले भनिन् । 

२५ वर्षीय चोङले आफूलाई जिउँदो राख्न जेलमा आफ्नै पिसाब खानुपरेको र आफ्नो मृत्यु निश्चित ठानेर आफ्नी आमालाई पत्रसमेत लेखेको बताइएको छ । तर, उनलाई जेलमा राखेको पाँच दिनपछि अधिकारीहरूले उनलाई गम्भीर अवस्था फेला पारे । चोङलाई गएको २१ अप्रिलको बिहान पक्राउ गरिएको थियो । ‘इस्ट्यासी’ भनिने एमडीएम नामको लागूऔषध वितरण गरिने आशंका एउटा घरमा छापा मार्दा चोङ गिरफ्तारमा परेका थिए । डीईएले त्यहाँबाट इस्ट्यासीका १८ हजार गोली, गाँजा, नसा लाग्ने च्याउ र केही बन्दुकसहित नौजनालाई समातेको थियो ।

२५ अप्रिलमा एक अधिकारीले चोङलाई राखिएको कोठा खोलेपछि मात्र त्यहाँ हतकडी लगाइएको अवस्थामा उनी भेटिएका थिए । हिरासतमा रहँदा कसैले उनी भित्र रहेको चाल नपाएपछि उनले आफ्नो मृत्यु स्विकारिसकेका थिए भने उनको चस्माको काँचको टुक्राले ‘सरी मम’ भन्दै आफ्नी आमासँग बिदासमेत मागिसकेका थिए । पाँच दिनमा उनको शरीरको तौल १५ पाउन्डले कम भएको थियो ।

‘उनी निकै बलिया छन्,’ युले भनिन्, ‘यस्तो गल्ती नदोहोरियोस् भन्न डीईएले जेलका सबै कोठामा दैनिक निरीक्षण गर्ने व्यवस्था गर्नुपर्छ ।’ डीईएको सान डियागो कार्यालयकी प्रवक्ताले यो घटनाबारे केही बोल्न चाहिनन् ।

Post a Comment

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

 
Top