चुनाव भाँड्नेले शुरु गरे, उ. का. = काट , म. का. = काट
‘के छ यार इन्द्र हाल खबर ?’
‘के हुने यार, झण्डै मरेको । बचेर आइयो नी अनेक नाटक गरेर ।’
‘के भो र यार त्यस्तो ?’ मैले फेरि जिज्ञासा राखें ।
माओवादी जनयुद्द काल चरमोत्कर्षमा पुगेका बेला संसदिय निर्वाचन भयो । त्यो भेट संसदिय निर्वाचन सक्किनानासाथ भएको थियो । मान्छे तह लगाउने, ठटाउने, छिमल्ने धम्कि आउने त बिगबिगिनै थियो । कर्मचारीहरु गाउँ जान डराउँथे । देश भरिका अधिक्रितहरुलाई कहिँ न कहिँ मतदान अधिक्रित बनाएर वा अन्य कुनै चुनावी अनुगमनमा पठाउने निति सरकारको थियो । निर्वाचनमा गाउँ गाउँ, हरेक निर्वचन क्षेत्रमा कर्मचारी खटिनुपर्ने भो । तर माओवादीको कारवाहीमा परिएला भन्ने डरले अनेक सोर्स फोर्स लगाएर, बिरामी भएको नाटक रचेर उनीहरु निर्वाचन क्षेत्रमा नजाने बहाना बनाउँथे ।
कर्मचारीको संख्या नपुग्ने भएपछि सरकारले खटाएको ठाउँमा अनिवार्यरुपले जानै पर्ने । नगए कारवाहे गर्ने उर्दी जारि गरेको थियो । अनेक नाटक गर्दा र सोर्स लगाउँदापनि मेरा मित्र ईन्द्र प्रसाद अधिकारी गाउँ नगै नहुनेमा परे । जानुपर्ने भो पश्चिमको ढोरपाटन शिकार आरक्षको छेउछाउ । निर्वाचान क्षेत्र पैदलमै जानु पर्ने रहेछ ? पोखराबाट बाटो लागे । तर एक हो कि दुई दिन हिँडेपछि साँझ एउटा घरमा बास बस्न पसेछन् । पारिपट्टी भितामा लेखिएको रहेछ,
उ. का. = काट
नपाए
म. का. = काट
अरुले उनले बुझेनन् । तर नयाँ नौलो ठाउँ । माओवादीको बिगबिगि छ भन्ने थाहै थियो । ‘काट’ भन्ने शब्दमा उनका आँखा परे । डर लाग्ने नै भयो काट्ने कुरो लेखिएको देखेपछि । अनि सोधेछन् ‘हैन यो के लेख्या हो
उ का = काट
नपाए
म का = काट भनेर ?
बास बसेको ठाउँकाले भनेछन् ‘सर ह्याँ त डेन्जरनै छ नी । ह्याँ चुनावमा सकभर कसैलाई उम्मेदवार बन्नै नदिने माओवादी निति हो । जबरजस्ति उठेमा पाएसम्म त्यहि उम्मेदवारलाई काट्ने निति हो । त्यसैले उ का = उम्मेदवार काट भनेका हुन् । उम्मेदवारलाई काट्न नसके जसरिपनि मतदान बिथोल्ने निति हो । मतदान गराउने मुख्य मान्छे त मतदान अधिक्रित हो । त्यसैले उम्मेदवार नपाएमा शामान्ति सत्ता टिकाउन मतदान गराउन आउने मतदान अधिक्रितलाई काट्ने निति हो । त्यसैले यस्तो नारा लेखेका हुन् सर । ‘
राम राम, लौ ज्यान जाने भो भनेर उनको त सातो गैहाल्यो । त्यहाँबाट माथि जाने त उनको हिम्मतै चलेन । नगएपनि जागिर चट हुन्छ । कसो गर्ने ? अनि उनले खबर छोड्ने रहेछन् ‘हेर्नुस् हामी त कर्मचारी हौं । चुनाव स्थानिय मानिसलाई चाहिने हो । चाहिन्न भने जे गर्नुस् । हामी त नदेख्या जस्तो गर्दिम्छम । हामीपनि बच्नु परो क्यारे । बाक्सा फाल्नुस् कि मान्छे हुत्याउनुस् हाम्लाई केहि गर्दिन भएन ।’ यस्तो अक्किल अपनाएछन् । कम्सेकम यो मतदान अधिक्रित माओवादी बिरोधी होइन भनेर गाउँमा सन्देश दिनु पर्यो । गाउँमा त्यसो भनेपछि सबैतिर त्यहि छरियो । तैपनि क्याहो क्याहो भन्ने डर त बाँकिनै रह्यो । अनि उनले सुनाए ‘जानि जानि चक्कु वा पत्तीले अलि अलि काट्थ्यौ गोडाको कतै र घाईते भए हिँड्न नसक्ने भन्ने कागज गराउँथ्यौं डाक्टरकोमा गएर ।’
‘दुख्थेन आफ्नो गोडा आफैंले काट्दा ?’ मैले सोधेको थिएँ । उनी भन्थे ‘अब घाँटीनै रेटिन भन्दा त आँखा चिम्म गरेर भएपनि गोडा काट्नै सजिलो भो नी । कमसेकम ज्यान त जोगियो ।’ हाहाहाहाहाहाहाहा असाध्यै हँसाए उनले ।
अहिले फेरि नेकपा-माओवादी लगायत केहि दल मिलेर चुनाव बहिस्कार गर्दै छन् । सरकार जसरिपनि चुनाव गराउने भन्छ । चार दल धरमरमा छन् । तर रुन्चे बोलीमा चुनाव हुन्छ पनि भन्छन् । त्यहि चार दलका केहि नेता भने हुन्न चुनाव पनि भन्छन् । सरकार र चार दलबिच अनेक मतैक्यता भएपनि चुनाव भड्काउने नेकपा-माओवादीको चुनाव भड्काउने अभियान भने तिब्र छ । कतै उम्मेदवारलाई रुखमा बाँधेको पेन्टिङ र पोस्टर गरेका छन् । घर घरका भित्तामा यस्ता पोष्टर टाँस्न थालेका छन् । आजै मैले चितवनका केहि मित्रहरुलाई सम्पर्क गर्दापनि अब त्यहि उ. का. = उमेदवार काट ।
नपाए
म. का. = मतदान अधिक्रित काट ‘ नारा लेख्न लागेको बताए । उनीहरुले सकभर उम्मेदवारलाईनै आक्रमण गर्ने । नपाए चुनाव गराउन जाने कर्मचारीमाथि भएपनि आक्रमण गरेर चुनाव बिथोल्ने योजना बनाएका रहेछन् । यो योजना अहिले झण्डै गाउँ गाउँमै पुर्याइसकेका रहेछन् । आक्रमण कसरि गर्ने । कसरि बिथोल्ने । कसरि प्रचार गर्नेलाइ लघार्ने । उम्मेदवारलाई कसरि ताक्ने । चुनाव बिथोलेर आफु कसरि सुरक्षित रहने । यस्ता अक्किल पनि सिक्दै र सिकाउँदै रहेछन् ।
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
ReplyDelete2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: