सुरेश पौडेल काठमाडौं, २८ साउन । शीर्षक बेग्लै भएको भए फरक पर्दैनथ्यो होला तर भारत प्रवर्द्धन गर्ने उद्देश्य बोकेको ‘मेरा इन्डिया’ बोलको एक हिन्दी गीतको भिडियोमा नेपालको माछापुच्छ्रे हिमाल प्रयोग गरिएको छ। डिस्कभरी र एनिमल प्लानेट च्यानलका हिन्दी संस्करणमा यो गीत हिजोआज दिनहुँ धेरैपटक बज्ने गरेको छ।भारतको ६७ औं स्वतन्त्रता दिवसका सन्दर्भमा भारतीय वन्यजन्तु तथा प्राकृतिक भूविविधता प्रवर्द्धनका लागि एनिमल प्लानेटको हिन्दी च्यानलबाट १५ अगस्टदेखि प्रसारणको तयारीमा रहेको ‘ये मेरा इन्डिया’ नामक कार्यक्रमका लागि तयार गरिएको तीन मिनेटको उक्त म्युजिक भिडियोमा झन्डै तीन सेकेन्डसम्म माछापुच्छ्रे हिमाल देखाइएको छ।यसबारे पर्यटन मन्त्रालयमा बुझ्दा मन्त्रालयका लागि यो नै प्रथम सूचना भएको र यो परराष्ट्र मन्त्रालयको सरोकारको विषय भएको एक अधिकारीले बताए। परराष्ट्र पनि यसबारे हालसम्म अनभिज्ञ नै रहेको प्रवक्ता दीपक धितालले बताए। अब नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत सोधखोज गरी आवश्यक जानकारी र कदम चाल्ने उनको भनाइ थियो।
Recent Posts
- स्वास्थ्य स्वयमसेविकालाई मोवाइलबिनाको सिमः टोक्नु न बोक्नु28 Aug 20170
२ भदौ, डोटी । आदर्श गाउँपालिका-३ (साबिकको दलकालिकास्थान गाबिस-२ ऐली)की हरिना बिक महिला स्वास्थ्य स्वयंसेबिका भएको १८ बर्ष भयो । हरिनाले तीन बर्ष पह...Read more »
- कन्चनपुरमा युवक मृत फेला28 Aug 20170
१२ भदौ, कन्चनपुर। कञ्चनपुर पुनर्वास नगरपालिका-९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन ...Read more »
- महिलाका पुरुष डाक्टर ! जसले ३६ हजारलाई नयाँ जीवन दिए28 Aug 20170
११ भदौ, काठमाडौं । त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिने संख्यामा थिए । पुरुषप्रधान समाज रुढीवादी मान्यतामै अडिग थियो । महिलाले पुर...Read more »
- ६ देशमा श्रम कन्सुलर र सहचारी नियुक्त, कसले कहाँ पाए जिम्मेवारी ?27 Aug 20170
११ भदौ, काठमाडौं । सरकारले एकैपटक ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक...Read more »
- ‘दुई नम्बर प्रदेश पर्यटकका लागि राम्रो गन्तव्य'20 Jun 20170
दुई नम्बर प्रदेश यतिबेला निकै...Read more »
- बाजुरामा सेनाको जहाज दुर्घटना, क्याप्टेनको घटनास्थलमै मृत्यु [भिडियोसहित]30 May 20170
जेष्ठ १६, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी क...Read more »
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.