कविताः प्रधानमंत्री टेक्सी ड्राइभर ?
हुने कुरा त हुन्छन् नै, यो संसार ब्रमाण्डमा !
नहुने कुरा पनि हुँदा रहेछन्, कति यथार्थमा !!
कुनै देशको प्रधानमंत्री, टेक्सी चलाउँछ त्यो,
मुलुकवासी जनतालाई, सवारी गराउँछ त्यो,
नर्वेली प्रधानमंत्री, येल्स स्टोल्टनवर्गले गरे यो,
जून महिनाको एक दिनभर, टेक्सी चलाए सो !!
आश्चर्य चकित यो साँचै नै, ती नर्वेली जनता,
ड्राइभर भेट्ने त्यो, भाग्यमानी वा देख्ने रमिता,
बिश्व मिडीयामा छायो, चर्चा नेपालमा पनि,
नर्वेका प्रधानमंत्रीले अनौठो, सो कार्य गरे भनि !!
ड्राइभरको ड्रेस कालो गगल्समा, उनी सजिए !
यात्रुसंग प्रत्यक्ष भलाकुसारी, खातिर नजिकिए !!
देशको यथार्थ परिवेश अनि, जनता के भन्छन् ?
सरकार राज्यबाट उनीहरु, साँचै के चाहन्छन् ?
बुझ्ने उद्देश्य थियो, यही खातिर भयो यो सव,
जनभावना पहिचान र कदरको, नयाँ अनुभव !!
धेरैका विचार सुने रे, कतिले ठट्टा पनि गरे रे,
कतिले ड्राइभिंग कला, कमजोर भएको भने रे,
कतिले भनेछन् अनुहार, प्रधानमंत्रीको जस्तो,
राजीनामा गरी ड्राइभर बन्यौ, भन्न कस्तोकस्तो !!
कतिलाई यथार्थ लुकाउन, नसकी सत्य बोले रे,
एक मिडियाको सहकार्यमा, त्यो भएको खोले रे,
रामले दूतबाट यो गर्दा, दाम्पत्य बन्यो दयनीय,
धन्य येल्स, तिमी स्वयं यो गरी, बन्यौ सह्रानीय !!
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान्
हालः मैतीदेवी काठमाडौं

Post a Comment