उपत्यकामा मात्रै तीन सयतेस्रो लिंगी यौनकर्मी
राती करबि साढे१० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तैसिँगारिएको समूह बटुवाहरूसँग उत्तेजकहाउभाउ देखाइरहेको थियो। कुनै पुरुषनजिक देख्नासाथ कहिलेआँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्कहाँसेर हातले इसारा गर्न भ्याउँथ्यो।सुलुत्त परेको अग्लो ज्यानकी एकयुवती कोही पुरुषआफ्नो छेउमा आउनासाथै कम्मर मर्काएरनाच्दै नजिकिन खोज्थिन्।घरीघरी प्रहरीको गस्ती भ्यानहुइँकिँदा यो समूह त्यहीँ कतैबिलाउँथ्यो र छिनमै उस्तै दृश्यदोहोरिन्थ्यो। प्रहरी रत्यो समूहको लुकामारी चल्थ्यो। ग्राहकपट्याउन सफल हुनेहरूयस्तो तामझाममा नभुली ट्याक्सीमा बसेरकतै बतासिन्थे।गार्डेन अफ डि्रम -स्वप्न बगैँचा)नजिकैको सडक क्षेत्र हरेक रात यसैगरी रंगीला बन्छ। राती १०बजेपछि ग्राहक खोज्दैसडकमा तेस्रो लिंगी यौनकर्मीहरू छपक्कैहुन्छन् यहाँ। केशरमहलस्थितशिक्षा मन्त्रालयको पुरानो भवनदेखि कर्मचारी सञ्चयकोषभवनसम्मको सडक किनारामा उनीहरूखुलमखुला मोलमोलाइगररिहेका भेटिन्छन्।२ साउनको सवा १० बजेतिरचितवनकी किरण विक, २२, स्वप्नबगैँचाअगाडि रेलिङ्मा अडेस लागेरआवतजावतगर्नेहरूप्रति चनाखो आँखा लगाएरउभिरहेकी थिइन्। छिनमै एकजना टिनेजरले किरणसँग साउती मारे।सम्भवतः कुरा मिलेन र उनी फनक्कअर्कोतिर फर्किन्। भन्छिन्,”यस्ता केटाहरू धेरैजसो जिस्क्याउनमात्रै आउँछन्, नजिक परेर कस्ता होलान्भनेर छुन खोज्छन्। अनि, जान्छन्।”
Post a Comment