0
अमेरिकामा पनि कर छलिने रहेछ 
 
सबैलाई सपनाको देश अमेरिका । अमेरिका प्रवेश गरेपछि र खान बस्नका लागि कमाउन परेपछि मात्रै यहा“को वास्तविकता थाहा हुने रहेछ । यहा“ नआईकन र संघर्ष नगरिकन अमेरिकामा कसरी बस्ने भन्ने थाहा नहुने रहेछ । हो,कठिन काम गरेर कमाएको पैसा नेपालीमा साट्दा राम्रै आम्दानी देखिने रहेछ । तर यहा“का लागि नेपालीहरुको कमाई गरिवीको रेखामुनीकै आम्दानी हो । अमेरिकामा शैक्षिक प्रमाणपत्र लिने र व्यापार गर्न सक्नेका लागि धेरै राम्रो अवसर छ । शैक्षिक प्रमाणपत्र लिनका लागि पढ्ने समय र काम गर्ने समयको तालमेल मिलाउनै कठिन छ । कलेज पढिरहेका साथीहरु दुई, तीन दिनमा दुई चार घन्टा सुतेर काम र पढाईको तालमेल मिलाउ“छन् । व्यापार सुरु गर्नका लागि कम्तिमा एक लाख अमेरिकी डलर चाहिने रहेछ । सानै काम गर्न पनि ५० हजार अमेरिकी डलर चाहिने रहेछ । यो नेपाली रुपैया“मा ५० लाख देखि एक करोड रुपैया“ हुन्छ । व्यापार गर्नेहरुले कर जहा“ पनि छल्दा रहेछन् । नेपालमा मात्रै उद्यमी व्यापारीले कर छल्छन भन्ने लाग्थ्यो मलाई । तर यहा“ पनि कर छल्नु सामान्य विषय नै रहेछ । कामदारलाई हायर एण्ड फायरको नीति अपनाईएको छ । कामदारलाई कम पैसा दिने प्रचलन विश्वभरि जस्तै यहा“ पनि रहेछ । कर छल्नु र कामदारलाई कम पैसा दिनु र पु“जी बनाउनु अन्यत्रको जस्तै यहा“को पनि विजनेश रहेछ । तर कामदारले सरकारी निकायमा उजुरी गर्न खोजे यहा“का विजनेश म्यान धेरै डराउ“दा रहेछन् । यसले राज्यको उपस्थिति पनि देखाउ“छ । व्यापार गर्नेले कुनै सरकारी अधिकारीलाई र गुण्डालाई पाल्न पर्ने अवस्था रहेनछ । नियम अनुसार काम गरे पुग्यो । नियम अनुसार काम नगरे विजनेश बन्द गरिदिने नीति राज्यले लिएको रहेछ । वास्तवमा कानुनको शासन भएको मुलुक हुनाले नै यसले प्रगति गरेको रहेछ ।
पढन र व्यापार गर्न नसक्नेका लागि अमेरिका बा“च्नका लागि पनि धेरै परिश्रम गर्नुपर्ने देश रहेछ । केही वर्षदुख गरेर कलेजको शिक्षा वा व्यापार सुरु गर्ने केही नेपाली पनि भेटिए । यीनीहरु अहिले खुशी छन् । कलेज पढन नसक्ने र व्यापार गर्न नसक्ने धेरै नेपाली धेरै ‘गलेका’ भेटिए ।

Post a Comment

 
Top