0

रणविरसँगको तस्विर सार्वजनिक पछि क्याट्रिनालाई दिपिकाको सल्लाह

दिपिका पादुकोणे (बाँया) र सार्वजनिक भएको कैट्रिना कैफ (दाँया) । 
 २५ साउन। भारतिय चलचित्र उद्योगमा रमाईरहेका र स्टारडमले छोपिएका कलाकारहरुको व्यक्तिगत फोटोहरु संचार माध्यममा सार्वजनिक हुँदा हुने तनावबाट अधिकांश कलाकार क्रोधित हुने गरेका छन्। त्यसैक्रममा भारतिय चलचित्र उद्योगकी ‘शिला’ क्याट्रिना कैफको व्यक्तिगत फोटो सार्वजनिक भएपछि उनले सार्वजनिक रुपमा नै आक्रोस पोखेकी छिन्। उनले सार्वजनिक रुपमा मिडियालाई आफ्नो व्यक्तिगत जिवनमा चासो देखाएकोमा खेद व्यक्त गरेकी छिन्।
कैफको भारतिय चलचित्रका स्टार रणविर कपुरसँग स्पेनको समुन्द्री तटमा बिताएका समयका फोटोहरु सार्वजनिक भएका थिए। उक्त फोटोहरुमा रणविर कपुर अर्धनग्न छन भने कैट्रिना बिकिनीमा देखिएकी छिन्। उनीहरुको उक्त फोटो सार्वजनिक भएपछी कैट्रिना र रणविर प्रेममा रहेको कुरा विश्वले थाहा पाएको थियो। दुवैले आफ्नै मुखले केही नभनेपनी तस्विरले प्रष्ट बोलेको छ।
कैट्रिनाले सार्वजनिक रुपमा खेद व्यक्त गर्दै गर्दा रणविरकी पुर्व प्रेमिका तथा बलिउड स्टार दिपीका पादुकोणेले प्रतिकृया दिन भ्याएकी छिन्। उनले कैट्रिनालाई बैलैमा ध्यान दिएमा यस्तो झमेलामा नपर्ने भनेर सुझाव दिएकी छिन्। दिपिकाले अगाडि भनिन, ‘सार्वजनिक जिवन ब्यतित गर्नेहरुले आफ्नो कृयाकलापमा ध्यान दिएमा यस्तो अवस्था सृजना नहुने र कसैले फोटो खिच्यो भनेर हल्ला गरिरहन नपर्ने हुन्छ।’
उनले अगाडी भनिन, ‘मसँग यस्तो कहिल्यै भएन र म जहिल्यै यस्तो हुनसक्छ भनेर सतर्क रहन्थे ।’ सार्वजनिक जिवन ब्यतीत गर्नेहरुले यस्ता कुरामा ध्यान दिनु पर्ने पनि दिपीकाले बताईन्।

Post a Comment

 
Top