0

नपुंसकता ? के खाने ? के नखाने ?

हालै गरिएको एक अध्ययनले बदलिँदो जीवनशैली तथा खानपानको गलत बानी नपुंसकता हुने मुख्य कारण बताएको छ। त्यसका अतिरिक्त मधुमेह, प्यारालाइसिस, हार्मोनको असन्तुलन, अल्कोहल बढी सेवन गर्नु पनि नपुंसकताको प्रमुख कारण हो। विशेषज्ञहरूका अनुसार निकोटिन, एन्टी
डिप्रेस, स्लिपिङ ट्याबलेट आदि सेवन गर्दा पनि नपुंसकताको सम्भावना हुन्छ।

के खाने ?

सी फुड, मासु, अण्डा, दूध, ओखर, काजु, बदाम एवं अन्न आदि प्रशस्त जिंक भएका खानेकुरा खानुपर्छ। विशेषज्ञहरूका अनुसार जिंक प्रजनन् क्षमता बढाउन सहयोगी हुन्छ। यो पुरुषको यौन स्वाथ्यका लागि बढी आवश्यक छ।

के नखाने ?

सेचुरेटेड फ्याटयुक्त खानेकुरा एवं अल्कोहल खानुहुँदैन। चिकित्सकको सल्लाहबिना निकोटिन वा कुनै पनि औषधि सेवन गर्नुहुँदैन।

Post a Comment

 
Top