0

 भू.पू सैनिक गोर्खाल्याण्डको निम्ति छातीमा गोली थाप्न अनि तक्मा फर्काउन तयार

 देशको सुरक्षा गर्दे आफ्नो आधा भन्दा बेसी जीवन बिताएर आएका भू.पू सैनिकहरुले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति छातीमा गोली थाप्न पनि त्यार रहेको बताउदैं देशको सिमाना रक्षा गर्दा सरकारबाट पाएका सम्मान तक्मा(मेडल) पनि मोर्चा अध्यक्षको आज्ञा पाए फर्काउन त्यार रहेको निर्णय मोर्चा भू.पू. सैनिक मङपु शाखाले हिजको सभामा लिएको छ | हिज भारतीय गोर्खा भू.पू सैनिक मोर्चा मङपु शाखाको आकस्मिक सभा क्याप्टन बी. ब्लोनको अध्यक्षतामा सम्पन्न भयो | सभामा पाकिस्तानी हमलामा परी ज्यान गुमाउने भारतीय सैनिकहरूको निम्ति दुई मिनटको मौन धारण गर्दे श्रदान्जली अर्पण गरियो | सभामा प्रशासनले जी.एल.पी.हरुलाई व्यर्थैमा पक्राऊ गरेको घोर भत्सर्ना जनाउदै बिनासर्त रिहाई गरिनु पर्ने भू.पू सैनिकले मांग रकेको छ | यदी यसो नभए भू.पू सैनिक मोर्चा सडकमा उत्रिन त्यार रहने जानकारी दिएको छ | सभालाई सम्बोधन गर्दे हवल्दार पेमा.वांगदी लामाले सम्पूर्ण पहाड.तराई,डुवर्सका जनता राजनैतिक दल एक भएको बेला सैनिक मोर्चा पनि एक भई सडकमा उत्रेर गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाई अझ सश्क्त पार्नु पर्ने विचार प्रकट गरे | आन्दोलन अवधी हाम्रो पैत्रिक धरोहरहरु एवं बनजंगललाई पनि नष्ट गर्नु नहुने विचार टी.बी.लेप्चाले राख्दै तेस्रो चरणको गोर्खाल्याण्डको आन्दोलन सफल बनाउन फेरि पनि छातीमा गोली थाप्न भू.पू.सैनिक त्यार रहेको कुरो बताए | सभामा केप्टन् पी.के.राई, सुबेदार बी.बी.गुरुङ,कमल राई ,हवल्दार एल.बी.राई,डी.बी.राई,एम.पी.राई,राम.बा.शेर्पा,पी.बी.छेत्री,विजय थापा आदि उपस्थित रहेका थिए |

Post a Comment

 
Top