मध्य राति सपनी मा मेरी आमा रोको देखें !
आँसु झार्दै एकनास्ले मेरो तस्बिर छोको देखें !!
पुर्णिमा को चाँद सरि जग्मगाउँदो मुहार थ्यो !
जग्मगाको चाँदनीलाई त्यै आँसुले धोको देखें !!
मेरो साटो, घाँस दाउरा,गर्ने घरमा कोई नहुँदा !
पिंढी छेउको आँगनीमा घोप्टिएको डोको देखें !!
बर्षात हुँदा चुहिने त्यो आँधी चले ढल्मलाउँने !
झुपडी लाई गिज्याउँदै छिमेकी को पोको देखें !!
समयको चक्र सँगै शिखर खोज्दै हराउँदा म !
घरमा रित्तो भकारी भो कठै उनि भोको देखे !!

Post a Comment