मन्दिर चैत्य गुम्बा भत्काउने बिचारमा छु...
र भव्य अनाथालय बनाउने बिचारमा छु ||
ऊ बारम्बार मलाई मार्ने धम्की दिरहन्छ...
म मृत्युलाई नै बिष चखाउने बिचारमा छु ||
देशले बलिदान माग्यो भने फेरी पनि यहाँ...
चिहानका शहिदहरु ब्युताउने बिचारमा छु ||
कसरी गर्छन् दुई मुटु प्रेम एक आपसमा ...
बुझ्नुछ प्रिय तिम्लाई मुटु चढाउने बिचारमा छु ||
जब निर्दोषले न्याय पाउदैन न्यायलय भित्र ...
के अर्थ कानुनको किताब जलाउने बिचारमा छु ||
धर्ती छाडी मरेर स्वर्ग जानु पर्दैन कोही...
छिट्टै स्वर्गलाई धर्तीमै सराउने बिचारमा छु ||
वियोगी प्रेम
Top
Post a Comment