0

प्रेमिकामाथी शुक्राणु चोरीको आरोप

 अमेरिकाका एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकामाथी आफ्नो शुक्राणु चोरी गरेको आरोप लगाएका छन् । अमेरिकी मिडियाका अनुसार लेन हार्डिन नामका व्यक्तिले आफ्नी पूर्व प्रेमिका गर्भवती हुनुको पछाडि आफ्नो शुक्राणु चोरी भएको आरोप लगाएका हुन् । यस विषयमा हार्डिनले स्थानीय एक क्लिनिकमाथी मुद्दा समेत दायर गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले जनाएको छ ।
हार्डिनले ‘टेक्सास एन्ड्रोलोजी सर्भिस’ नामक क्लिनिकले उनको स्वीकृति बिना नै उनको शुक्राणु रहेको बोतल उनकी प्रेमिका टेवी देवललाई दिएको जिकिर गरेका छन् ।
पीडित हार्डिनका वकिलले प्रेमिका देवलले हार्डिनको शुक्राणुलाई ‘फर्टिलिटी क्लिनिक’मा गर्भाधारणको लागि प्रयोग गरेको दाबी गरेको जनाइएको छ ।
यस विषयमा अहिलेसम्म उक्त क्लिनिकले भने कुनै प्रतिक्रिया नजाएको बताइएको छ । अहिले हार्डिनकी पूर्व प्रेमिकाको बच्चा दुई वर्षका भएका छन् भने हार्डिनले उक्त बच्चाको पालन पोषणका लागि रकम दिनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरिएको छ ।
हार्डिनले स्थानीय एक टेलिभिन कार्यक्रममा यस विषयमा जानकारी भएपछि आफूलाई रुन मन लागेको बताएको जनाइएको छ ।
अमेरिकामा यस्तो घटना यो नै पहिलो भने होइन । सन् २०११ मा पनि टेक्सासमा यस्तै मामला बाहिर आएको थियो । त्यतिबेला पनि एक युवकले आफ्नी पूर्व प्रेमिका विरुद्ध गर्भवती हुनका लागि बिना अनुमति आफ्नो शुक्राणु चोरी गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

Post a Comment

 
Top