Latest News

0

बलात्कार प्रयास असफल भएपछि भीरबाट धकेलियो
 बाबुआमा भेटेर घर फर्कंदै गरेकी चेलीलाई माइती गाउँमा बलात्कार प्रयास भएको छ। बलात्कार प्रयास असफल भएपछि मार्ने प्रयास गरिएको भन्दै पीडित प्रहरी शरणमा पुगेकी छन्। घाँटीमा नीलडाम लिएर पीडितले प्रहरी गुहारेपछि आरोपी ज्यामिरे–६ का ३६ वर्षीय एकेन्द्र भनिने सुरज गिरी पक्राउ परेका छन्।

पश्चिमी भेगको दुवाचौर–३ की २९ वर्षीया तामाङ थरकी महिलालाई शुक्रबार बलात्कार प्रयास असफल भएपछि गिरीले मार्न खोजेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार ज्यामिरे–६ रातामाटास्थित सालको जंगलमा गरिएको बलात्कार प्रयास असफल भएपछि गिरीले उनको साथमा बोकेको नगद १ लाख रुपैयाँ र गरगहना लुटेर भीरबाट धकेलिदिएको पीडितले बताएकी छन्। 


'घाँटीमा नीलडाम लिएर थरथरी काँम्दै पीडित आइपुगेकी थिइन्,' कार्यालयका मुद्दा हेर्ने अधिकृत सई राम पौडेलले नागरिकसँग भने। राति साढे नौ बजे आरोपित गिरीलाई नियन्त्रणमा लिएर गाउँलेले प्रहरीको जिम्मा लगाएका थिए। उनलाई जवरजस्ति करणी उद्योगमा मुद्दा चलाइएको पौडेलले बताए। 


प्रहरीका अनुसार छिमेकीलाई ऋण तिर्न नसकेपछि रकम सापट माग्न उनी ज्यामिरे–६ स्थित माइती आएकी थिइन्। बाबुले सापटी दिएको १ लाख रुपैयाँ नगद बोकेर घर फर्कदै गर्दा रातामाटा जंगलमा बाटो ढुकेर बसेका गिरीले लछार्दै जंगल भित्र लगेर बलात्कार प्रयास गरे। प्रतिवाद गरेपछि बलात्कार प्रयास सफल हुन नसकेको पीडितको भनाइ उद्धृत गर्दै सई पौडेलले भने, 'उनको घाँटीमा दुई हातले निचोरिएको नीलडाम छ।' लछारपछार र झम्टाझम्टीपछि साथमा रहेको नगद १ लाख र गरगहना हात पारी भीरबाट धकेलेर गिरी भागेको तामाङले प्रहरी बयानमा उल्लेख गरेकी छन्।


धकेलेपछि लडेर जंगलमा अड्किएकी उनलाई गाउँलले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए। एकै गाउँमा हुर्केका तामाङ र गिरी बालसखा हुन्। अनुसन्धानमा मेलम्ची प्रहरीको हिरासतमा रहेका तामाङले घटना स्वीकारेका छन्। 'यौन सम्पर्क राख्न नसकेपछि धकेलेर लडाएर भागेको हुँ,' उनले प्रहरीको प्रारम्भिक बयानमा स्वीकारेका छन्। तामाङले नगद र गहना भने नलुटेको दाबी गरेका छन्। पीडितले माइतीबाट रकम बोकेर हिँडेको पाइएकाले यस सम्बन्धमा पनि छानबिन भइरहेको इन्सपेक्टर सुदीपराज पाठकले बताए।

केही वर्षअघि दुवाचौरमा बिहे गरेकी तामाङ परिवारले छिमेकीलाई ऋण तिर्नु थियो। बाबुले सापटी दिए ब्याज तिर्न नपर्ने भएकाले अघिल्लो रात मात्र उनी माइती आएकी थिइन्। 

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top