0

गल्ति लेख्नेलाई सुद्ध र सहि लेख्न सिकाउने कलम

तपाईं केहि कुरा लेख्दा कतिको सुद्ध र सहि लेख्नु हुन्छ । यदि लेख्नुहुन्न भने तपाइँको लागि खुशीको खबर छ किनकि एउटा त्यस्तो कलम निर्माण भएको छ जसले तपाईंले लेखेको गल्ति आँफै करेक्ट गरिदिन्छ . अथवा भनौ की त्यो कलमले तपाइँलाई गल्ती गर्न नै दिने छैन ।  जर्मनीको एक कम्पनी लर्नस्टिफ्ट यूजीले यस्तो कलमको विकास गरेको छ जसले तपाइँले लेखेको कुरा गलत भएको खण्डमा जाँचेर गलत भएको जनाउ दिन्छ ।
यो कलमले कापी वा कागजमा लेख्दा यसमा रहेको सेन्सरले हातको चाल साथै अक्षरहरुको आकारको पहिचान गरेर लेखेका शब्दहरु सही भए नभएको पत्ता लगाएर लेख्ने व्यक्तिले कुनै शब्द तथा बाक्य गलत लेखेको खण्डमा यसले भाइब्रेसनको माध्यमबाट जनाउ दिने जनाइएको छ । वाइफाइ सुविधायुक्त यो कलम स्मार्टफोनmajing-pen6419 तथा कम्प्युटरमा जोडेर लेखेका सामग्रीलाई डकुमेन्ट फाइल तथा पीडीएफको रुपमा तयार पार्न सकिन्छ ।

Post a Comment

 
Top