0

लुकि छिपी बिवाह बन्धनमा बाँहिएका पति–पत्नि ७ बर्ष पछि आफ्नै दाजु बहिनी भएको खुलासाimages (1)

लुकि छिपी गर्ने प्रेमले कहिले काँहि ज्यादै ठुलो झट्का दिदोँ रहेको छ । हालै चिनमा भएको यो घटनाले पनि यसलाई प्रमाणीत गर्छ । चिनको ग्वांगझुमा लुकि छिपी बिवाह बन्धनमा बाँहिएका पति–पत्नि आफ्नै दाजु बहिनी भएको खुलेको छ ।
ग्वांगझु प्रान्तका ली जियांग र सने वेन बिवाह बन्धनमा बाँधिदा ज्यादै खुशि थिए । यी दुईको भेट सन् २००७ मा युनिभर्सिटीको एक समारोहमा भएको थियो । सोहि भेटमा दुईले एक अर्कालाई मन पराएका थिए । ई चाईना सिटिजका अनुसार दुई बर्षको प्रेम सम्बन्ध पछि यी दुईले सन् २००९ मा गुपचुप घरका लाई थाहै नदिई बिवाह गरे । तर बिवाह कुरा भने यीनले कहिल्यै कसैसँग खुलाएनन् ।
२०१२ को अन्त्य तिर लि ले आफ्ना पितासँग आफुलाई एउटी केटि मन पराएको र उसँग बिहे गर्ने चाहेको बताए । छोरोले यस्तो बताएपछि उनको परिवार केटिसँग भेट्न राजी भयो । तर सन (केटि) लाई देख्ने बित्तिकै लि का पिताको होस हवास उड्यो ।
किनकी सन उनकै छोरी थिईन । खबरमा बताईए अनुसार लि का पिता र सनकी आमा बिच युवा उमेर प्रेम सम्बन्ध थियो । सोहि प्रेम आलापमा सनको जन्म भएको थियो । आफ्नै छोरी भएको थाहा भएपछि लि का पिताले सो बिवाह अस्वीकार गरिदिए ।
हाल लि अदालतको ढोका ढक्ढक्याउँदै छन । हेरौ अदालतले लि र सन बिचको सम्बन्धलाई पति–पत्नि भन्छ कि दाजु–बहिनी ।

Post a Comment

 
Top